Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दुर्गा प्रसाईं तीन लाख धरौटीमा रिहा भएको जानकारी सामाजिक संजालमा फैलियो ।
तथ्य: पुरानो घटनासँग सम्बन्धित भिडियो क्लीपलाई भ्रामक दाबीसहित वर्तामान समायमा पोस्ट गरिएको पाइयो ।
दुर्गा प्रसाईंसँग सम्बन्धित दाबीसहितका सामग्री सामाजिक संजालमा फैलिरहेका छन् । उक्त सामग्रीमा प्रसाईं तीन लाख धरौटीमा रिहा भएको जानकारी दिइएको छ ।
Vishnu Basnet नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा दुर्गा प्रसाईं संचार माध्यम समक्ष बोलिरहेको क्लीप जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘Good News साथी हो, तीन लाख धरौटीमा छुटे दुर्गा Duega ।’
१० जुलाई २०८२ (तीन दिनअघि) पोस्ट गरिएको दाबीसहितको भिडियोमा ३६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा ११ सयभन्दा बढी प्रतिक्रिया आएको भिडियो क्लीपलाई करिब १० हजार टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
प्रस्तुत दाबी पछिल्लो समय सामाजिक संजालमा द्रुत गतिमा फैलिहरेको छ । के दुर्गा प्रसाईं न्यायिक हिरासतबाट रिहा भएका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दुर्गा प्रसाईं नेपालका विवादास्पद मेडिकल व्यवसायी र राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको नेतृत्व गर्ने व्यक्ति हुन् । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा उनलाई भारतको असमबाट २८ चैत २०८१ मा पक्राउ गरिएको र काठमाडौं ल्याइएको थियो ।
त्यस्तै २०८२ जेठ २९ गते मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका केही आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता (यो सामग्री तयार पार्दासम्म) प्रसाईं डिल्लीबजार कारागारमा न्यायिक हिरासतमा छन् ।
यही सन्दर्भमा प्रसाईं तीन लाख धरौटीमा छुटेको दाबी सामाजिक संजालमा फैलाइएको छ । दाबीकै आधारमा हामीले ‘दुर्गा प्रसाईं’ ‘तीन लाख धरौटी’ ‘रिहा’ लगायतका वाक्यांशलाई जाँच गर्यौँ । जाँचको नतिजास्वरुप nayapatrikadaily.com र ratopati.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचारहरु फेला परे ।
२०८१ पौष २५ गते प्रकाशित समाचार अनुसार दुर्गा प्रसाईं संगठित रूपमा आपराधिक लाभ लिएको कसुरको मुद्दामा तीन लाख धरौटी तिरेर रिहा भएका थिए । विवरण र जानकारी उस्तै भएपनि यो समाचार प्रसाईं पछिल्लो पटक पक्राउ पर्दाको होइन । तीनकुनेको हिंसात्मक घटनाअघि पनि प्रसाईं विभिन्न मुद्दामा पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
जाँचको क्रममा फेला परेको जानकारी र दाबीसहितको सामग्रीबीच थप भिन्नता पत्ता लगाउन हामीले प्रसाईं देखिने भिडियो क्वीपतिर ध्यान केन्द्रीत गर्यौँ । उक्त क्लीपलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्दा केही नतिजाहरु फेला परे ।
NepalPukar Online Tv नामक युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो र वर्तमान समयमा पोस्ट गरिएको भिडियो क्लीपबीच समानता देख्न सकिन्छ । यो भिडियो ९ जनवरी २०२५ मा पोस्ट गरिएको छ, यसै मितिमा दुर्गा प्रसाईं संगठित रूपमा आपराधिक लाभ लिएको कसुरको मुद्दामा तीन लाख धरौटी तिरेर रिहा भएका थिए ।
थप जाँचका क्रममा nepal.pukar टिकटक आइडीमा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो । फेला परेको भिडियो र दुर्गा प्रसाईं रिहा भएको दाबीसहित सामाजिक संजालमा फैलाइएको क्लीप दुरुस्तै मिलेको छ ।
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने दुर्गा प्रसाईंसँग सम्बन्धित पुरानो समाचार क्लीपलाई भ्रामक दाबीसहित वर्तमान समयमा पोस्ट गरिएको छ ।
दुर्गा प्रसाईंको तीन लाख धरौटीमा छुटेको भन्दै पोस्ट गरिएको भिडियो क्लीपले भ्रामक सन्देश दिएको छ । उक्त दाबी पुरानो घटनासँग सम्बन्धित रहेको पुष्टि भएको छ । सामाजिक संजालमा फैलाइएको भिडियो क्लीप २०८१ पुस २५ गते संगठित अपराधको मुद्दामा दुर्गा प्रसाईं धरौटीमा रिहा भएको घटनासँग जोडिएको हो । हाल प्रसाईं काठमाडौंको डिल्लीबजार कारागारमा न्यायिक हिरासतमा छन् ।
भिडियो, NepalPukar Online Tv
समाचार, nayapatrikadaily.com
समाचार, ratopati.com