Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

    दाबी: बझाङ केन्द्रबिन्दु बनाएर ६.३ स्केलको भूकम्प, विचरा कति मान्छेहरु मरे होलान् । (भिडियो)
    तथ्य: २०७२ सालमा महाभूकम्प गएका बेला काठमाडौँस्थित बसन्तपुरमा देखिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
असाेज १६ (२०८०) गते बझाङ जिल्लास्थित चैनपुर वरिपरि केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गयो, जसको धक्का भारतको दिल्लीसम्म महसुस गरियो । उक्त भूकम्पका परकम्पहरू मंगलबार दिनभर महसुस गरिएको हो । भूकम्पका कारण एक महिला बेपत्ता भएकी छन् भने बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् ।
पश्चिम नेपालमा भूकम्प गएको यही सन्दर्भमा केन्द्रीत रहेर सामाजिक संजालमा केही भिडियोहरु फैलिन थालेका छन् । raj_bha_rati नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भूकम्प गएको र मानिसहरुबीच भागदौड मच्चिएको देखिन्छ ।
साथै उक्त भिडियोमा भूकम्पका कारण घरहरु भत्किएको दृश्य पनि देख्न सकिन्छ । प्रस्तुत दृश्यसहितको भिडियोको थमनेलमा लेखिएको छ,‘बझाङ केन्द्रबिन्दु बनाएर ६.३ स्केलको भूकम्प, विचरा कति मान्छेहरु मरे होलान् ।’
पोस्ट गरिएको २४ घण्टा नबित्दै प्रस्तुत दाबीसहितको भिडियोमा ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त भिडियोलाई सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के पुष्टि हुन्छ भने सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको उक्त भिडियो सामग्री आगामी दिनमा झनै व्यापक तरिकाले फैलिनसक्छ ।

एकातिर मानिसहरु चिच्याइरहेको रोइरहेको र अर्कोतिर घरहरु भत्किएको दृश्य देखिने भिडियो अत्यन्तै भयानक छ । साथै घरहरु भत्किएको दृश्य र मानिसको निधन भएको संकेत गरिएको उक्त भिडियोको संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले यो तथ्यजाँच गरेका छौँ ।
भिडियोमा उल्लेखित बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी सत्य छ । तर, सोही जानकारीसँगै जोडिएको भयानक दृश्य बझाङको हो कि होइन त ? कुन सन्दर्भमा उक्त भिडियो खिचिएको थियो ? भन्ने विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँच सुरु गर्यौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले भिडियोलाई पुन: एकपटक राम्रोसँग नियाल्यौँ । उक्त भिडियो बझाङको नहुनसक्ने अनुमान गरेपछि हामीले युट्युबमा ‘Earthquake’ ‘Kathmandu’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Earthquakes युट्युब च्यानलमा एउटा भिडियो फेला पर्यो ।
एक वर्षअघि अर्थात् ५ अप्रिल २०२२ मा पोस्ट गरिएको उक्त भिडियोमा भूकम्पका विभिन्न फरक-फरक दृश्यहरु जोडिएको देखिन्छ । भिडियोको शिर्षक छ- ‘Magnitude 7.8 Earthquake in Nepal April 25, 2015 Compilation’ । यस भिडियोको सुरुवाती दृश्य र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको दृश्य एकै छ ।
बझाङ जिल्लामा भूकम्प गएको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो एक वर्ष पहिले नै युट्युबमा पोस्ट गरिएको पाइयो । उक्त भिडियोसँग अन्य भिडियो पनि देख्न सकिन्छ । साथै प्रस्तुत भिडियोको मूल स्रोत अझै खुल्न सकेन र यही कारण हामीले जाँचलाई अगाडि बढायौँ ।
फेला परेका तथ्यका आधारमा हामीले ‘Earthquake 2015’ ‘House Collapse’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Selten Video नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । आठ वर्षअघि अर्थात् २१ मे २०१५ मा पोस्ट गरिएको उक्त भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा एउटै दृश्य देख्न सकिन्छ । भिडियोमा उक्त भिडियो काठमाडौँस्थित वसन्तपुरमा खिचिएको जानकारी दिइएको छ । उक्त भिडियोको शीर्षक राखिएको छ- ‘Building collapse in Basantapur, Nepal Earthquake 2015’ ।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने २०७२ सालमा महाभूकम्प गएका बेला काठमाडौँस्थित बसन्तपुरमा देखिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको छ । २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाई महाभूकम्प गएको थियो । उक्त महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कयौँ मानिसहरूले ज्यान गुमाएका थिए ।
महाभूकम्पका कारण काठमाडौँ उपत्यकामा अवस्थित विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए, जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । सोही भूकम्पका कारण बसन्तपुरका पूराना घर भत्किएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोडिएको पाइयो ।
बझाङ जिल्ला भूकम्प गएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोले भ्रामक सन्देश दिएको छ । २०७२ सालमा महाभूकम्प गएका बेला काठमाडौँस्थित बसन्तपुरमा देखिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
    समाचार, Ekantipur 
    भिडियो, Earthquakes 
    भिडियो, Selten Video
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
February 25, 2025

Aakash Chhetri
January 7, 2025

Aakash Chhetri
January 1, 2025