Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: जाजरकोट केन्द्रविन्दू भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको दाबी र ‘आजको भूकम्पले घर लग्यो २०८२’ वाक्यांश लेखिएको सामग्री ।
तथ्य: भिडियोमा देखाइएको दृश्य हालको होइन, सन् २०१५ को नेपाल महाभूकम्पका बेला काठमाडौंको रामकोटमा खिचिएको पुरानो फुटेज हो ।
भूकम्पसँग जोडिएको एउटा भिडियो क्लीप सामाजिक संजालमा फैलिरहेको छ । उक्त दृश्यसँगै जाजरकोट केन्द्रविन्दू भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको दाबी र ‘आजको भूकम्पले घर लग्यो २०८२’ वाक्यांश लेखिएको छ ।
Suman103bak नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा घर देख्न सकिन्छ, जसमा धुलो उडिरहेको र घर भत्किन लागेको छ । २ नोभेम्बर २०२५ मा पोस्ट गरिएको क्लीपको अडियोमा भनिएको छ-
‘शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । जाजरकोट भूकम्पबाट रुकुम र जाजरकोटमा मात्रै ५० जनाको मृत्यु, आठबिसकोटमा एउटै परिवारका ६ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटमा नलगाडकी उपमेयर सरिता सिंह सहित २० जनाको मृत्यु भएको जानकारी ।’
दाबीसहितको भिडियोलाई ४ हजार २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा दाबीसहितको सामग्री २ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।

के हो त ‘आजको भूकम्पले घर लग्यो २०८२’ लेखिएको भिडियो क्लीपको वास्तविकता? प्रस्तुत दृश्यको जाँच गर्दा अडियो र दृश्य अहिलेको नभई फरक-फरक समयमा गएको भूकम्पसँग सम्बन्धित रहेको पाइयो ।
दाबीसहितको सामग्रीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट जाँच गर्यौँ । उक्त वेबसाइटमा नेपालभित्र केन्द्रविन्दु भएर जाने पछिल्ला भूकम्प सम्बन्धी विवरण उल्लेख छन् ।
केन्द्रको विवरण अनुसार पछिल्लो ६ महिना यता जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छैन । पछिल्लो पटक २१ चैत २०८१ मा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने ‘जाजरकोट केन्द्रविन्दू भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको र ठूलो जनधनको क्षति भएको’ भन्दै केही दिनअघि मात्र पोस्ट गरिएको दाबी गलत छ ।
अर्कोतर्फ हामीले दाबीसहितको विवरणबाट केही वाक्यांश झिकेर जाँच गर्यौँ । जाँचको नतिजास्वरुप ३ नोभेम्बर २०२३ मा बीबीसी नेपाली सेवामा प्रकाशित समाचार फेला पर्यो । उक्त समाचारमा जाजरकोट केन्द्रविन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिइएको छ । भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिँहको पनि ज्यान गएको उल्लेख छ ।

फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने, २०८० कार्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पको जानकारीलाई वर्तमान समयमा एउटा पोस्ट गरिएको छ । यो जानकारीसँगै एउटा घर भत्किएको दृश्य पनि जोडिएको छ ।
प्रस्तुत दृश्यको जाँचका क्रममा हामीले २०१५ को महाभूकम्पसँग सम्बन्धित दृश्य फेला पार्यौँ, जो Sadish Manandhar युट्युब च्यानलमा पोस्ट गरिएको छ । ८ मे २०१५ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘Nepal Earthquake 2015 Building Collapsed in Ramkot’
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने, सन् २०१५ को महाभूकम्पका बेला काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा घर भत्किएको दृश्य खिचिएको थियो । यसअघि पनि न्युजचेकरले सोही दृश्यको तथ्यजाँच गरिसकेको छ ।
यही पुरानो भिडियोमा २०२३ को जाजरकोट भूकम्पको जानकारी जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।
‘आजको भूकम्पले घर लग्यो २०८२’ भनेर प्रस्तुत गरिएको भिडियो क्लीप भ्रामक छ । उक्त भिडियोमा देखाइएको दृश्य हालको होइन, सन् २०१५ को नेपाल महाभूकम्पका बेला काठमाडौंको रामकोटमा खिचिएको पुरानो फुटेज हो । साथै, भिडियोमा सुनिने अडियो २०८० कार्तिक १७ गते (३ नोभेम्बर २०२३) जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पसँग सम्बन्धित पुरानो समाचार विवरण हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, seismonepal.gov.np
भिडियो, Sadish Manandhar
समाचार, www.bbc.com/nepali
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
February 25, 2025
Aakash Chhetri
January 7, 2025

Aakash Chhetri
January 1, 2025