Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ‘तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प’ लेखेर भिडियो पोस्ट गरिएको छ ।
तथ्य: २०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा शक्तिशाली भूकम्प गएको थियो । सोही सन्दर्भको भिडियोलाई भ्रामक तरिकाले तिब्बत भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
चीनको तिब्बतमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्पमा गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार तिब्बतको डिङ्ग्री काउन्टी नामक क्षेत्रमा स्थानीय समय बिहानको ९:०५ बजे भूकम्प गएको हो । उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।
सोही भूकम्प गएको केही घण्टापछि नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा भिडियो फैलिएको छ । उक्त भिडियो Nepal Samacharpatra संचार माध्यमको फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । पोस्ट गरिएको दुई घण्टामै भिडियोलाई लाखौँ फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् ।
सामाजिक संजालमा फैलिरहेको भिडियोमा भिडियोमा भूकम्पले घरलाई क्षति गरेको र मानिसहरु त्रसित भएको दृश्य देख्न सकिन्छ । भिडियोको क्याप्सनमा लेखिएको छ- ‘तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प’
सोही भिडियो Ramailo Nepal नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । तिब्बत भूकम्पसँग जोडिएको यो भिडियो पनि सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
के नेपालमा फैलाइएको भिडियो के चीनको तिब्बतमा केन्द्रबिन्दु भएर गएको भूकम्पसँग सम्बन्धित छ त? भिडियोको वास्तविकता पत्ता लागाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले भिडियोबाट केही स्क्रिनसट लियौँ । सक्रिनस्ट तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेल सर्च गर्दा केही समाचार भिडियोहरु फेला परे । जसमध्ये cbc_chant एक्स ह्वान्डलमा पोस्ट गरिएको भिडियो हाम्रो नजरमा पर्यो ।
२७ डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोको एउटा दृश्य र दाबीसहितको भिडियोबीच समानता देखिन्छ । फेला परेको भिडियोको क्याप्सनमा जापानी भाषामा केही लेखिएको छ । ती वाक्यांशहरुलाई अंग्रेजी भाषामा अनुवाद गर्दा २०२४ को सम्झना रिपोर्ट तयार पारिएको देखियो । उक्त रिपोर्टमा भूकम्पको भिडियोदेखि भ्याक्सिन समस्याको बारेमा उल्लेख गरिएको छ ।
फेला परेको नतिजाका आधारमा हामीले ‘Earthquake Footage Japan’ वाक्यांशलाई युट्युबमा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप 11Alive युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो भेटियो । ५ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियो न तिब्बतको भूकम्पसँग सम्बन्धित छ, न तिब्बत चिनसँग ।
२०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यो समय भूकम्पसँगै जापानमा सुनामीको प्रभाव देखिएको थियो । सोही क्रममा खिचिएको भिडियोलाई तिब्बतको भूकम्पसँग जोडेर फैलाइएको देखिन्छ ।
चिनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प भएको जानकारीसहित सामाजिक संजालमा फैलाइएको भिडियो जापानको हो । एक वर्षअघि अर्थात् २०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा शक्तिशाली भूकम्प गएको थियो । सोही सन्दर्भको भिडियोलाई भ्रामक तरिकाले तिब्बत भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो, 11Alive
भिडियो, cbc_chant
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
February 25, 2025
Aakash Chhetri
January 1, 2025
Aakash Chhetri
November 9, 2023