Tuesday, December 10, 2024
HomeFact Checkकाठमाडौँमा फेरि भूकम्प गएको दाबी, ५ महिना पूरानो अडियो ७ वर्ष पूरानो...

काठमाडौँमा फेरि भूकम्प गएको दाबी, ५ महिना पूरानो अडियो ७ वर्ष पूरानो भिडियो

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

काठमाडौँमा भूकम्प गएको दाबीसहित सामाजिक संजालमा एउटा सामग्री फैलाइएको छ । भयान काठमाडौँमा फेरि भूकम्प गएको दाबी उक्त सामग्रीमा देख्न सकिन्छ ।  

Lalbabu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भूकम्पको कम्पनका कारण जमिनमा हलचल भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीको थमनेलमा काठमाडौँमा फेरि भूकम्प गएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘काठमाडौँमा आज फेरि भूकम्प, हाम्रो नेपालमा के भइराछ ?’

दाबीसहितको सामग्रीमा समाचारशैलीको एउटा अडियोसमेत सुन्न सकिन्छ । उक्त अडियोमा थमनेलमा लेखिएभन्दा थोरै फरक सूचना दिइएको छ । अडियोमा भनिएको छ– ‘काठमाडौँमा आज बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू भएको भूकम्पको मापन ५ दशमलभ ३ म्याग्निच्युड ।’ 

पोस्ट गरिएको २४ घण्टा नपुग्दै दाबीसहितको सामग्रीमा करिब १ लाख टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ६ सयभन्दा बढी प्रतिक्रिया आएको प्रस्तुत सामग्रीलाई १३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।

तथ्यजाँच/प्रमाणीकरण

नेपालको सुदूरपश्चिममा मंगलबार (२०७९ माघ १०) भूकम्पको शक्तिशाली झड्का महसुस गरियो । ५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको झड्काले बाजुरा जिल्लामा धनजनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार बाजुराका १३ वटा घरमा पूर्ण क्षति भएको छ भने ३५ भन्दा बढी घरमा क्षति पुगेको छ । यो भूकम्पका कारण एक जनाको मृत्युसमेत भएको छ । 

भूकम्प गएको यही सन्दर्भमा हामीले माथि उल्लेखित दाबीसहितको सामाग्री फेला पार्‍यौँ । सामाजिक संजालमा फैलाइएको सामग्रीमा मूलत: राजधानीमा ठुलै भूकम्प गएको दाबी छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा पनि ठूलै हलचल भएको दृश्य देख्न सकिन्छ । अर्कोतर्फ सामग्रीमा एउटा समाचारको अडियोसमेत सुन्न सकिन्छ । उक्त समाचारमा नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू भएर ५ दशमलभ ३ म्याग्नेच्युटको भूकम्प गएको दाबी गरिएको छ ।

भिडियोमा देखिने भूकम्पको डरलाग्दो हलचल र अडियोमा सुनिएको समाचारले भूकम्पले ठूलै क्षति भएको संकेत गर्दछ । यही कारण हामीले दाबीसहितको सामग्रीमाथि जाँच गर्ने जमर्को गरेका छौँ । दाबीसहितको सामग्रीमाथि जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले समाचारशैलीमा वाचन गरिएको अडियोको मूल स्रोतबारे खोजविन गर्‍यौँ ।

प्रस्तुत सामग्रीमा रहेको अडियोको ‘ओर्जिनल साउन्ड’मा गएर हेर्दा News24 टेलिभिजनको लोगोसहितको समाचार अंश फेला पर्‍यौँ । उक्त अडियोसहितको समाचार अंश ६ अगस्ट २०२२ मा टिकटकमा पोस्ट भएको देखिन्छ । यही आधारमा हामीले News24 Nepal मा ५ महिनाअघि पोस्ट गरिएका समाचार बुलेटिनहरू जाँच गर्न थाल्यौँ । 

जाँचकै क्रममा ६ अगस्ट २०२२ मा पोस्ट गरिएको समाचार बुलेटिन फेला पर्‍यो । उक्त समाचारमा नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू बनाएर ५ दशमलभ ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिइएको छ ।   

फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि दाबीसहितको सामग्रीमा जोडिएको अडियो ५ महिनाअघि गएको भूकम्पसँग सम्बन्धित छ र उक्त समाचार पनि ५ महिनाअघि नै तयार पारिएको थियो । अब बाँकि रह्यो, भूकम्पपछि जमिन हल्लिएको दृश्य ।  के दाबीसहितको सामग्रीमा जोडिएको भूकम्पको उक्त डरलाग्दो दृश्य र अडियोमा सुनिने सूचना एउटै सन्दर्भका हुन् त ?

प्रस्तुत प्रश्नको जवाफ खोज्न हामीले अर्को जाँच सुरु गर्‍यौँ । यसका लागि हामीले सबैभन्दा पहिले ‘earthquake nepal live footage’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । यस किवर्डले फेला पारेका फुटेजहरूलाई नियाल्ने क्रममा हामीले ७ वर्षअघि पोस्ट गरिएको एउटा दृश्य फेला पार्‍यौँ ।

१ जुन २०१५ मा TheEventRecorder युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Nepal Earthquake – Visible Lateral Ground Movement.’ सात वर्षअघि पोस्ट गरिएको यो भिडियो फेला परेपछि यसलाई हामीले दाबीसहितको सामग्रीमा जोडिएको दृश्यसँग जोडेर हेर्‍यौँ । यस जाँचबाट के प्रष्ट हुन्छ भने भने दाबीसहितको सामग्रीमा देखिएको दृश्य र सात वर्षअघि युट्युबमा पोस्ट गरिएको दृश्य हो ।  

माथि दाबीसहित सामाजिक संजालमा फैलाइको सामग्री पूर्णत: भ्रामक देखिएको छ । ५ महिनाअघि सार्वजनिक गरिएको समाचारको अडियो र सात वर्ष पूरानो भूकम्पको दृश्यलाई एक आपसमा जोडेर सामाजिक संजालमा पोस्ट गरिएको फेला परेका तथ्यले पुष्टि गरेका छन् । 

निष्कर्ष

काठमाडौँमा फेरि भूकम्प गएको भन्ने सनसनीपूर्ण दाबी भ्रामक छ ।  सात वर्षअघि खिचिएको भूकम्पको भयानक दृश्यसँग पूरानो समाचार जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । दुई फरक सन्दर्भका भिडियो र अडियो जोडेर सनसनीपूर्ण ढंगले भ्रामक दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको हो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

Bbc

News24 Nepal

TheEventRecorder

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version