Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा दोलखा जिल्लामा निकै ठूलो भूकम्प गएको र भूकम्पबाट निकै ठूलो क्षति भएको दाबी गरिएको छ ।
Mahesh Yadav नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको उक्त सामग्रीमा एउटा तस्बिरसमेत जोडिएको छ । उक्त तस्बिरमा बजारकै बिचमा जमिन चिरिएको देखिन्छ । भूकम्पको ठूलो झट्काका कारण मानिसहरूको भागाभाग भएकोसमेत उक्त सामग्रीमा दाबी गरिएको छ । भिडियोको थमनेलमा ‘भर्खरै दोलखामा भूकम्पको ठूलो धक्का’ लेखिएको छ।
त्यस्तै भिडियोमा एउटा समाचार शैलीको अडियो पनि जोडिएको छ । एक दिनअघि (सोमबार) उक्त अडियोमा भनिएको छ– दोलखामा गयो निकै ठूलो भूकम्प, ठूलो क्षति, मान्छेको रुँदै भागाभाग, दोलखा केन्द्र भएर भूकम्पको धक्का ।’
प्रस्तुत दाबीसहितको सामग्री पोस्ट भएको एक दिनमै उक्त दाबीमाथि करिब ३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्री सेयर गर्ने प्रयोगकर्ताको संख्या २० भन्दा बढी पुगिसकेको देखिन्छ । त्यस्तै उक्त दाबीसहितको अडियोबाट ६ वटा अन्य सामग्री पुनर्उत्पादन गरिएको छ ।
पछिल्लो समय मनसुनी वर्षाका कारण नेपालका विभिन्न स्थानहरूमा बढी, पहिरो र डुबान लगायतका सामस्याबाट मानिसहरू आक्रान्त भएका छन् । यही बेला सामाजिक संजालमा ठूलो भूकम्प गएको र त्यसबाट ठूलो क्षति भएको भन्ने दाबीले सामाजिक संजाल प्रयोगकर्ता झन दुखी भएको प्रस्तुत सामग्रीको कमेन्टमा देख्न सकिन्छ । सोही कारण न्युजचेकरले उक्त सामग्रीमाथि तथ्यजाँच गर्ने जमर्को गरेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
प्रस्तुत दाबीसहितको सामग्रीमा एउटा तस्बिर देखाइएको छ । उक्त तस्बिरमा बजारको बिचमै जमिन चिरा परेको देखिन्छ । त्यस्तै सामग्रीमा जोडिएको समाचार शैलीको अडियोले दोलखा जिल्लामा ठूलो भूकम्प गएको र त्यसले धेरै क्षति गरेको दाबी गरिएको छ ।
दाबीसँगै जमिन फाटेको तस्बिर देखिएकाले हामी सबैभन्दा पहिले उक्त तस्बिरको वास्तविकता पत्ता लगाउने काममा जुट्यौँ । गुगल रिवर्स इमेज सर्च गर्दा सजिलै उक्त तस्बिरको वास्तविकता पत्ता लाग्यो । चर्चित संचार माध्यम onlinekhabar ले एउटा समाचारमा उक्त तस्बिर प्रकाशित परेको देखिन्छ । उक्त समाचार अनुसार सो तस्बिर दोलखाको भने होइन ।
यही असार १२ गते प्रकाशित समाचार अनुसार उक्त तस्बिर भारी वर्षाका कारण पोखरा महानगरपालिका-४ मा सडकसहित एक घर भासिएपछि उक्त तस्बिर खिचिएको थियो । प्रस्तुत तथ्यबाट के प्रमाणित हुन्छ भने पोखरामा जमिन भासिँदा खिचिएको उक्त तस्बिरलाई दोलखाको भन्दै भ्रामक रुपमा सामाजिक संजालमा फैलाइएको रहेछ ।
दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिरको वास्तविकता पत्ता लागेपछि हामी सामग्रीमा जोडिएको अडियोको मूल अंश पत्ता लगाउने काममा जुट्यौँ । दाबीसहितको सामग्रीमा एउटा वाटरमार्क देखिन्छ, उक्त वाटरमार्क NEPALI KHABAR TV नामक युट्युब च्यानलको हो । उक्त युट्युब च्यानलमा राखिएका भिडियो हेर्दा ३ जुन २०२२ मा उक्त अडियोसहितको सामग्री पोस्ट गरिएको पाइयो । तर, यो युट्युब च्यानले उक्त सूचनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरेको देखिन्छ । उक्त युट्युब च्यानलले निर्माण गर्ने हरेक सामग्री सनसनीपूर्ण र भ्रामक हुने गरेका छन् । यही क्रममा भूकम्पको दाबीसहितको सामग्री पनि भ्रामक रुपमा प्रयोग गरेको देखिन्छ । सोही सनसनीपूर्ण शीर्षकलाई टिकटक प्रयोगकर्ताले सामाजिक संजालमा फैलाइएको पाइयो ।
अन्त्यमा मूल दाबीको कुरा गर्दा दोलखामा यही असार १८ गते ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र थियो । तर, यस भूकम्पबाट भिडियोमा दाबी गरेजस्तो कुनै क्षति भएको थिएन । पछिल्लो समय नेपालको मध्य भागमा ४.१ को भूकम्प जानु सामान्य जस्तै बनेको छ ।
निष्कर्ष :
दोलखामा ठूलो भूकम्प भन्दै टिकटक भिडियोमा प्रयोग गरिएको तस्बिर पोखराको हो । सनसनीपूर्ण दाबी र गलत तस्बिरको प्रयोगले प्रस्तुत टिकटक सामग्रीलाई भ्रामक बनाएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
February 25, 2025
Aakash Chhetri
February 8, 2023
Aakash Chhetri
January 25, 2023