Sunday, June 1, 2025
नेपाली

Fact Check

दुईवटा सन्दर्भ जोडेर तयार पारियो निर्वाचन केन्द्रीत भ्रामक सामग्री, धमलाको कार्यक्रममा के भएको हो ?

Written By Aakash Chhetri
Nov 3, 2022
banner_image

सामाजिक संजालमा हालसालै निर्वाचनसँग सम्बन्धित एउटा भिडियोसहितको सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा कुनै आकस्मिक हलचल भएको देखिन्छ । 

यो भिडियोसँगै अडियो पनि सुनिएको छ, जसमा ‘संविधानका विषयमा स्थिर हुन नसक्ने नेता’बारे कटाक्ष गरिएको छ । Arjun Panthi (Arghakhanchi ) नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा ‘धमलाको चुनावी कार्यक्रममा हानाहान’ भएको दाबी गरिएको छ । 

दाबीसहितको सामग्रीमा एउटा थमनेल राखिएको छ र उक्त थमनेलमा लेखिएको छ – ‘कालो झण्डा देखाउँदै नारा लगाए, नागरिकता विधेयक र एमसिसीको मतियार भन्दै । धमलाजीको चुनावी कार्यक्रममा हानाहान भयो ।’

त्यस्तै भिडियोसँगै अडियोमा पनि सुनिएको छ । उक्त अडियोमा एक पुरुष आवाजमा भनिएको छ – ‘संसद् विघटन गरेका बेला केपी ओलीलाई साथ दिने तपाईं, त्यसैले संविधानको विषयमा स्थिर हुन नसक्ने नेता ।’ 

एक साताअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा करिब १ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सात प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरेको देखिन्छ ।

निर्वाचनको मुखामा ‘चुनावी कार्यक्रममा हानाहान’ भन्दै फैलाइएको उक्त दाबीसहितको सामग्रीमा फैलावट व्यापक नभएपनि यसमा रहेको दाबी संवेदनशील रहेको छ । त्यस्तैले प्रस्तुत दृश्य र दाबीबारे हामीले हामीले जाँच गर्ने जमर्को गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हाम्रो सामुन्ने छ । नेपालका राजनीतिक दल र यसका नेताहरु चुनावी अभियानमा जुटिसकेकको देखिन्छन् । यही क्रममा राजनीतिक दलका शीर्ष नेताहरुले मतदाता समक्ष आफ्ना एजेन्डा राखेर धेरैभन्दा धेरै मत प्राप्त गर्नतिर लागेका छन् ।

यही सन्दर्भमा सामाजिक संजालमा पोस्ट गरिएको उल्लेखित सामग्रीमा ‘चुनावी कार्यक्रममा हानाहान’ भएको दाबी गरिएको छ । यति मात्र होइन, उक्त कार्यक्रममा कालो झण्डा देखाउँदै नारा लगाइएको र नागरिकता विधेयक र एमसिसीको मतियार भनिएकोसमेत दाबी गरिएको छ ।  

जाँचको सुरुवाती चरणमा हामीले दाबीसहितको सामग्रीमा जोडिएको अडियोको बास्तविकता पत्ता लगाउने काम गर्‍यौँ । यसका लागि धमला (संचारकर्मी ऋषी धमला) का पछिल्ला कार्यक्रमहरु नियाल्यौँ । किनकि दाबीसहितको सामग्रीमा ‘धमला चुनाबी कार्यक्रम’ भन्ने वाक्यांश प्रयोग गरिएको छ । 

पछिल्लो समय एउटा निर्वाचन केन्द्रीत टेलिभिजन कार्यक्रमको अंश सामाजिक संजालमा फैलिएको पाइयो । नेपालका परिचित संचारकर्मी ऋषी धमनाद्वारा संचालित उक्त चुनावी कार्यक्रम चितवनको क्षेत्र नम्बर २ मा खिचिएको हो । यस क्षेत्रमा नेपाली कांग्रेसबाट उमेश श्रेष्ठ र नेकपा एमालेबाट  कृष्णभक्त पोखरेल मुख्य प्रतिष्प्रर्धीका रुपमा देखा परेका छन् । 

धमलाद्वारा संचालित उक्त कार्यक्रममा Prime Times HD युट्युब च्यानलमा पोस्ट गरिएको छ । दुबै उम्मेदवारबीच डिवेट भइरहेको देख्न छ । ५६ मिनेट लामो उक्त डिवेटमा अडियन्सबाट पनि प्रश्न लिइएको देखिन्छ । युट्युबमा फेला परेको उक्त कार्यक्रममा ४२ मिनेटमा एकजना युवकले नेकपा एमालेका कृष्णभक्त पोखरेललाई प्रश्न गर्छन् । 

सोही प्रश्नको एउटा अंशको अडियो नैं माथि दाबीसहितको सामग्रीमा राखिएको छ । युवकको प्रश्नपछि एउटा भिड आक्रोशित भएकोसमेत कार्यक्रममा देखिएको छ । तर, सुरक्षाकर्मीले सबैलाई सान्त बनाएपछि क्षणभरमै कार्यक्रम पुन: सुचारु भएको दृष्य पनि सोही भिडियोमा देखिएको छ । 

तर, दाबीसहितको सामग्रीमा जोडिएको दृश्य भने यस कार्यक्रमको होइन् । त्यस्तै दाबीसहितको सामग्रीमा लेखिएजस्तो यस कार्यक्रमा कालो झण्डा देखाइएको पनि छैन र नागरिकता विधेयक र एमसिसीको मतियार भन्दै नारा पनि लगाइएको देखिएको छैन । 

यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको भिडियो फरक सन्दर्भको हो । यही कारण हामीले वास्तविकता पत्ता लगाउन ‘कालो झण्डा’, ‘नागरिकता विधेयक’, ‘एमसिसीको मतियार नारा’ लगायतका किवर्ड सर्च गर्यौँ ।  

सर्चको नतिजास्वरुमा हामीले नेपाली संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पार्‍यौँ । ९ श्रावण २०७९ मा प्रकाशित उक्त समाचारको शीर्षक छ- ‘प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा ‘एमसीसीको मतियार देउवा मुर्दावाद’ भनेपछि…’

समाचार अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा ३ जना युवाले नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी गरेका थिए। उनीहरूले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं लगायतका नारा लगाएको समाचारमा उल्लेख छ। 

प्रस्तुत समाचारमा उल्लेखित समाचारका आधारमा हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको खोजीमा लग्यौँ । ‘प्रधानमन्त्री देउवा’ ‘नाराबाजी’ लगायतका किवर्ड युट्युबमा सर्च गर्‍यौँ । फलस्वरुप हामीले एउटा भिडियो भेट्टायौँ । ३ महिनाअघि Setopati नामक युट्युब च्यानलमा पोस्ट गरिएको यही भिडियोको अंश नै माथि दाबीसहितको सामग्रीमा जोडिएको छ । 

हामीले फेला पारेका प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको अडियो र भिडियो फरक-फरक सन्दर्भका हुन् । यही कारण दाबीसहितको सामग्रीमा राखिएको थमनेल पनि भ्रामक बनेको छ ।  

निष्कर्ष

‘धमलाको चुनावी कार्यक्रम’मा हानाहान भएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । कालो झण्डा देखाइएको तथा नागरिकता विधेयक र एमसिसीको मतियार भन्दै नारा लगाइएको सन्दर्भ पनि उक्त सामग्रीमा भ्रामक बनेको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Prime Times HD

Setopat

Nagariknews


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

865

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.