Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग सम्बन्धित एउटा सामग्री पोस्ट भएको छ । उक्त सामग्रीमा केपी शर्मा ओलीको तस्बिर राखिएको छ र तस्बिरमा केही कोटेशन राखिएको छ ।
Nandandhami416 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीलाई ओलीले ‘मेरो हातबाट सरकार चल्न सक्दैन’ भनेको जसरी प्रस्तुत गरिएको छ ।
ओलीको फोटोसँगै राखिएको कोटेशनमा लेखिएको छ – ‘दुई तिहाई बहुमत पाउँदा मैले सरकार चलाउन सकिन । त्यसैले अब मलाई भोट हाल्न पर्दैन । मेरो हातबाट सरकार चल्दैन ।’
दुईदिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई १६ जना प्रयोगकर्ताले सेयर गरिसकेका छन् । निर्वाचनकै मुखमा फैलाइएका यस्ता सूचनाले मतदाताको मनस्थिति प्रभावित पार्नसक्ने भएकाले हामीले प्रस्तुत सामग्रीको जाँच गरेका छौँ ।
हामीले विभिन्न किवर्ड सर्च गर्दा ओलीले ‘मेरो हातबाट सरकार चल्दैन’ भन्ने अभिव्यक्त दिएको पाइएन । त्यसैले माथि उल्लेखित सामाजिक संजालमा फैलाइएको दाबीका विषयमा हामीले फरक तरिकाले जाँच गरेका छौँ ।
हामीले यो जाँच गर्नुअघि नै नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरिसकेको छ । भदौ ११ गते बसेको एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीका रुपमा ओलीलाई नै अघि सारेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जाने निर्णय गरेको हो ।
केपी शर्मा ओलीले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफू र आफ्नो पार्टीबारे के भनिरहेका छन् भन्ने विषय हामीले यहाँ उल्लेख गरेका छौँ । यसका लागि हामीले ओलीको पछिल्लो अन्तर्वार्ताको खोजी गर्यौँ ।
खोजीकै क्रममा दुई दिनअघि अर्थात् अक्टोबर १९ मा Galaxy 4K टिभिको युट्युब च्यानलमा पोस्ट एउटा अन्तर्वार्ता फेला पर्यो। ‘वाम एकतादेखि आमनिर्वाचनसम्मको खुलासा गर्दै केपी ओली’ शीर्षकमा पोस्ट गरिएको उक्त अन्तर्वार्तामा ओलीले आफ्नो षड्यन्त्र गरेर ढालिएको दाबी गरेका छन् ।
कार्यक्रम प्रस्तोता रमेश प्रसाईंको पहिलो प्रश्नमै ओलीले भनेका छन्,‘एक ढंगले स्पष्टता सबैमा आइसकेको छ कि मंसिर ४ गतेपछिको आगामी सरकार को हुन्छ, कस्तो हुन्छ ? सबैले बुझिसकेको छ ।’ त्यस्तै कार्यक्रम प्रस्तोता रमेश प्रसाईंले फेरि प्रश्न गर्छन्- ‘कसको हुन्छ ? कस्तो हुन्छ ?’
जवाफमा ओलीले भनेका छन्-
‘यो नेकपा एमालेको सरकार हुन्छ । एमालेको नेतृत्वमा देशभक्तिपूर्ण लोकतान्त्रिक सरकार, स्थायित्व स्थिरता दिने सरकार, राष्ट्रियताको पक्षधर सरकार र देशमा शान्ति सुव्यवस्था कायम गर्ने सरकार र देशलाई विकासको बाटोमा अगाडि बढाउने सरकार र जनताले भोगिरहेका समस्याहरुलाई सम्बोधन गर्न सक्ने मन भएको, मस्तिष्क भएको एमालेको सरकार बन्छ ।’
प्रस्तुत तथ्यलाई आधार मान्ने हो भने ‘मेरो हातबाट सरकार चल्दैन’ भन्ने कोटेशन भ्रामक रहेको प्रष्ट हुन्छ । ओलीले यस किसिमका कुनै अभिव्यक्ति दिएका छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिरमा राखिएको ‘दुई तिहाई बहुमत पाउँदा मैले सरकार चलाउन सकिन, त्यसैले अब मलाई भोट हाल्न पर्दैन, मेरो हातबाट सरकार चल्दैन’ भन्ने कोटेशनले भ्रामक सन्देश दिएको छ । ओलीले यस्ता खालका कुनै अभिव्यक्ति दिएका छैनन् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 15, 2022
Aakash Chhetri
November 3, 2022
Aakash Chhetri
March 30, 2022