Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दुबोको रस सेवन गर्दा बच्चाको उचाइ बढ्ने दाबी ।
तथ्य: स्वस्थ जीवनशैली, राम्रो पोषण, पर्याप्त निद्रा र चिकित्सा मार्गदर्शन नै बच्चाको उचाइ वृद्धि गर्ने वास्तविक उपाय हो ।
बच्चाको उचाइ समस्यासँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा दुबोको रस सेवन गर्दा बच्चाको उचाइ बढ्ने दाबी गरिएको छ ।
puja g.c नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा दुबोको दृश्य जोडिएको छ । साथै उक्त सामग्रीमा जोडिएको आजावमा भनिएको छ- ‘बच्चाको हाइट बढेन भने, यो हो दुबो । यहाँहरुलाई मैले दुबोको लहरो देखाइरहेको छु र यो दुबोको लहरोलाई पिस्नुहोस् र १० ग्रामदेखि २० ग्राम दुबो लिने पिसेर रस निकाल्ने र दुधमा उमालेर खुवाइदिनुोस् बच्चाको हाइट बढ्छ ।’
के दुबो घाँसको सेवनले बालबालिकाको उचाइ वृद्धि हुन्छ त ? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दुबो घाँस (Cynodon dactylon) को सेवनले बालबालिकाको उचाइ वृद्धिसँग कुनै प्रमाणित सम्बन्ध छैन । दुबोलाई ज्वरोको लागि परम्परागत उपचारमा प्रयोग गरिन्छ, यसलाई उचाइ बढाउनको लागि प्रयोग गरिँदैन । मानव उचाइ धेरै हदसम्म आनुवंशिकी र शरीरको वृद्धि हार्मोनको उत्पादनमा निर्भर हुन्छ ।
बच्चाको उचाइलाई प्रायः आनुवंशिकी, त्यसपछि पोषण र समग्र स्वास्थ्य अवस्थाले निर्धारण गर्दछ । बच्चा कति अग्लो हुन्छ भन्ने कुरा मुख्यतया आमाबाबुको उचाइले निर्धारण गर्छ । बच्चाको बढ्दो उमेरमा पोषणले प्रमुख सहयोगी भूमिका खेल्छ । विशेष गरी प्रोटीन, क्याल्सियम, जिंक, फलाम र भिटामिन डी यसमा महत्वपूर्ण छ । साथै शारीरिक गतिविधिले पनि यसमा महत्व राख्छ ।
रोग, तनाव र हार्मोनल समस्याहरूले पनि बच्चाको उचाइलाई असर गर्न सक्छ । यद्यपी, कुनैपनि घाँसले बच्चाको उचाईंलाई बढाउँदैन ।
यस विषयमा हामीले बैंगलोरको क्लिनिक लिभिङ प्लसकी वरिष्ठ पोषणविद् मानसी बन्दुनीसँग कुराकानी गर्यौँ । उनी भन्छिन्,’अग्लो हुने चाहना आमाबाबु, किशोरकिशोरी वा ३० वर्ष उमेर पुगेका वयस्कहरूका लागि सामान्य हो । तर यो बुझ्नु महत्त्वपूर्ण छ कि उचाइ प्रायः आनुवंशिकी र जीवनको सुरुवातमा व्यक्तिले पाउने पोषणको प्रकारबाट प्रभावित हुन्छ । ती वर्षहरूमा मानसिक स्वास्थ्यले पनि वृद्धिलाई असर गर्न सक्छ । प्रस्तुत दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।’
बच्चाको उचाइ बढाउन हर्बल उपचारमा भरपर्दा वास्तविक समाधानहरूमा ढिलाइ हुन सक्छ । यदि तपाईं आफ्नो बच्चाको उचाई वृद्धिको बारेमा चिन्तित हुनुहुन्छ भने पहिलो चरण भनेको बाल रोग विशेषज्ञसँग परामर्श गर्नु हो । बच्चालाई दुबो सेवन गराउनु उत्तम उपाय होइन ।
दुबोको रस खुवाउँदा बच्चाको उचाइ बढ्छ भन्ने विश्वासलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन । दुबो घाँस बच्चाको उचाइ बढाउने चमत्कारी जडीबुटी होइन । स्वस्थ जीवनशैली, राम्रो पोषण, पर्याप्त निद्रा र चिकित्सा मार्गदर्शन नै बच्चाको उचाइ वृद्धि गर्ने वास्तविक उपाय हो ।
रिसर्च लेख, frontiersin.org
(This article is published in collaboration withTHIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025
Newschecker And THIP Media
April 18, 2025