Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
मनसुनी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रले बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपत्ति व्यहोरिरहेका छन् । त्यस्ता प्राकृतिक विपत्तिका सूचना सामाजिक संजाल प्रयोगकर्ताले तिव्ररुपमा फैलाइरहेकाे देखिन्छ । यही क्रममा सामाजिक संजालमा फैलाइएका केही सामग्री न्युजचेकरको नजरमा परे।
Pinkydas नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा खोलासँगै घरको दृश्य देखिन्छ । उक्त खोलामा पानीको सतह बढेको र छेवैमा रहेका घरहरूलाई पनि प्रभावित पारेका दृश्य भिडियोमा देख्न सकिन्छ । प्रस्तुत सामग्रीको थमनेलमा लेखिएको छ- ‘कोशी नदिको ३६ ढोका खुला, पाल्पा जिल्लाको हालत, २०७९/०/१४ ।’
प्रस्तुत दाबीसहितको सामग्री पोस्ट भएको एक दिनमै उक्त सामग्रीमा करिब साढे २५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या २ सयभन्दा बढी छ । यो तथ्यबाट के प्रस्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट टिकटकमा व्यापक छ ।
त्यस्तै यस्तै दाबी प्रस्तुत गरिएको अर्को सामग्री पनि टिकटकमै भेटिएको छ । AngadPrasadSahani नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा मानवबस्तीमै पसेको भेलले घर नै बगाएको देखिन्छ । सामग्रीको थमनेलमा प्रस्तुत घटना बुटवलको रहेको जानकारी दिइएको छ । थमनेलमा लेखिएको छ– ‘हे भगवान बचाउ बुटवललाई, आज धेरै नोक्सान पुर्याएको छ ।’
प्रस्तुत दाबीसहितको सामग्रीमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त सामग्री सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या एक सयभन्दा बढी छ ।
माथिकै भिडियो राखेर टिकटकमा अर्को फरक दाबीसमेत गरिएको पाइयो । मानवबस्तीमै पसेको भेलले घर नै बगाएको दृश्य देखिने उक्त सामग्रीको थमनेलमा भारतको बिहार डुबानमा परेको दाबी गरिएको छ । rasmeka.karki नामक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘सप्तकोशीको २२ ढोका खोलिएको छ, कोशीमा पानीको बहाव बढिरहेको छ, भारतको बिहार पूरा डुवानमा ।’
प्रस्तुत दाबीसहितको सामग्रीमा करिब ३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त सामग्रीलाई सेयर गर्नेको संख्या ५० भन्दा बढी रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने फरक-फरक दाबीसहितको उक्त भिडियोको फैलावट व्यापक छ ।
दाबीसहितको सामग्रीमा जोडिएको बाढीको भिडियो नेपालकै हो भन्ने दाबीले आम नेपाली सामाजिक संजाल प्रयोगकर्ताको ध्यान खिचेको देखिन्छ । त्यसैले उक्त भिडियोकै आधारमा दाबी पेश गरिएकाले न्युजचेकरले यो जाँचलाई भिडियोको वास्तविकतामा मात्रै केन्द्रीत गरेको छ ।
पहिलो भिडियोमा भिडियोमा घरसँगै खोला देखिन्छ र उक्त खोलामा पानीको सतह बढेको छ । भिडियोको थमनेलमा उक्त दृश्य पाल्पा जिल्लाको रहेको दाबी गरिएको छ । उक्त दाबीको वास्तविकता पत्ता लगाउन हामीले हामीले गुगल रिवर्स इमेज सर्च गरिहेर्यौँ । जसको नतिजा दाबीभन्दा ठिक विपरित निस्कियो ।
भिडियोमा देखिएको स्थान पाल्पा नभइ फ्रान्सको सेन्ट जीन पाइड डे पोर्ट भन्ने गाउँ हो । त्यहाँको निभ नदी त्यस क्षेत्रको सबैभन्दा प्रसिद्ध स्थलहरू मध्ये पर्छ । वर्षा भएपछि उक्त नदिमा पानीको बहाव बढ्ने गर्छ र वरिपरिका घरहरू डुवानमा पर्ने गर्दछन् ।
शुक्रबार, डिसेम्बर १० मा, दक्षिणपश्चिमी फ्रान्सका ठूला क्षेत्रहरू भारी वर्षा र नदीहरू ओभरफ्लोले प्रभावित भएका थिए, जसले गर्दा दर्जनौं बासिन्दाहरूलाई विस्थापित गरियो। १२ घण्टाको अन्तरालमा नदीको उचाइ १ दशमलव ३ मिटर पुगेको थियो । Evolution Crisis नामक युट्युब च्यानमा दाबीसहितको भिडियोसँग मिल्दोजुल्दो भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा देखिएको दृश्य १० डिसेम्बर २०२१ मा भारी वर्षपछि आएको बाढीले गरेको क्षति देखाउँछ ।
त्यस्तै दोस्रो र तेस्रो भिडियोमा एउटै दृश्य देखिएको छ । उक्त भिडियोमा मानवबस्तीमै पसेको भेलले घर नै बगाएको दृश्य देख्न सकिन्छ । टिकटक सामग्रीहरूमा उक्त भिडियो बुटवल र भारतस्थित बिहारको रहेको दाबी गरिएको छ ।
प्रस्तुत भिडियोका केही दृश्यलाई स्क्रिनसटलाई हामीले गुगल रिवर्स इमेज सर्च गरिहेर्यौँ । जसको नतिजास्वरुप Mark Anthony Besario नामक युट्युब च्यानलमा मूल भिडियो पोस्ट गरिएको देखिन्छ । २० डिसेम्बर २०११ मा पोस्ट गरिएको उक्त भिडियो नेपालको भने होइन । उक्त युट्युब च्यानलमा राखिएको विवरण अनुसार उक्त दृश्य फिलिपिन्सको डुमागुएट शहरस्थित नेग्रोस ओरिएन्टल भन्ने ठाउँको हो ।
उल्लेखित तथ्यलाई हेर्ने हो भने माथिका तीनवटै भिडियोमा गरिएका सबै दाबी भ्रामक छन् । दाबीसहितका भिडियोमामा देखिएका दृश्य नेपाल र भारतका होइनन् ।
माथिका टिकटक भिडियोमा प्रयोग गरिएका भिडियोहरू फ्रान्स र फिलिपिन्सका हुन् । तर, ती भिडियोहरूलाई नेपाल र भारतको हो भन्नु भ्रामक छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 6, 2025
Aakash Chhetri
June 3, 2025
Newschecker And THIP Media
May 30, 2025