Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: गगन थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न गएको र थापाले पूर्वराजा शाहको खुट्टा ढोगेको सन्देश दिन खोजिएको छ ।
तथ्य: तस्बिरमा देखिएका व्यक्ति गगन थापा नै हुन् भन्ने दाबी कुनैपनि तथ्य प्रमाणबाट पुष्टि हुन सकेन । वडादशैँ २०७५ को सन्दर्भमा खिचिएको तस्बिरलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग जोडिएको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा गगन थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न गएको र थापाले पूर्वराजा शाहको खुट्टा ढोगेको सन्देश दिन खोजिएको छ ।
Gyanendrakafle नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा तस्बिर जोडिएको छ । उक्त तस्बिरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई देख्न सकिन्छ । साथै एक व्यक्तिले ज्ञानेन्द्र शाहको खुट्टा ढोगेका छन् । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘गगन कुमार थापाले राजालाई भेट्न जाँदा ।’
प्रस्तुत दाबीसहितको सामग्रीको वास्तविकता सत्य हो त ? के तस्बिरमा देखिएका व्यक्ति नेपाली कांग्रेसका महामन्त्री गगन थापा हुन् ? तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजतन्त्र र पूर्वराजा ज्ञानेन्द्र शाह विरोधी नेताका रुपमा परिचित छन् । यही सन्दर्भमा गगन थापाले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको अभिव्यक्ति दिएका छन् ।
मंसिर (२०८०) ९ गते गुल्मीमा आयोजित नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै गगन थापाले भनेका थिए– ‘राजा ल्याउने बेमौसमी ढोल पिट्न खोजिएको छ, राजा फालिएको राजाकै व्यवहारका कारण हो । पछाडि फर्कनु मूर्खता हुन्छ ।’
यही सन्दर्भमा माथि उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त पोस्टमा गगन थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न गएको र थापाले पूर्वराजा शाहको खुट्टा ढोगेको सन्देश दिन खोजिएको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले तस्बिरको मूल सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि हामीले दाबीसहितको भिडियोमा जोडिएको तस्बिरलाई गुगल लेन्समा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप केही मिल्दा तस्बिर फेला परेका छन् ।
Spotlightnepal नामक संचार माध्यमले एउटा तस्बिरसँगै समाचार पोस्ट गरेको छ । १९ अक्टोबर २०१८ मा पोस्ट गरिएको उक्त समाचारमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाएको जानकारी दिइएको छ । यस समाचारसँगै पोस्ट गरिएको तस्बिर र माथि उल्लेखित दाबीसहितको तस्बिर एउटै सन्दर्भको जस्तो देखिन्छ ।
साथै गुगल लेन्समा सर्च गर्दा दाबीसहितको तस्बिरसँग मिल्दाजुल्दा अन्य स्रोत पनि फेला परेका छन् । Twitter :NoNext_Question, Facebook : shrestha मा पोस्ट गरिएका तस्बिर र माथि उल्लेखि दाबीसहितको सामाग्रीमा जोडिएको तस्बिरमा केही महत्वपूर्ण मिल्दाजुल्दा चिन्हहरु छन् ।
फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने वडादशैँ २०२५ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका थिए र सोही सन्दर्भको एउटा तस्बिर दाबीसहितको सामग्रीमा देख्न सकिन्छ । यसलाई थप पुष्टि गर्न हामीले युट्युबमा ‘Dashain Tika 2018’ ‘Nirmal Niwas’ ‘Gyanendra shah’ लगायतका वाक्यांश सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Everest Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । १९ अम्टोबर २०१८ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ- ‘पूर्व राजाद्वारा सर्वसाधारणलाई टीका, हजारौंको भीड ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा टीका लगाइदिने परम्परालाई अगाडि बढाउँदै वडादशैँ २०७५ को अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका थिए । सोही सन्दर्भको एउटा तस्बिरलाई कांग्रेसका महामन्त्री गगन थापासँग जोडिएको छ । तर, तस्बिरमा देखिएका व्यक्ति गगन थापा नै हुन् भन्ने दाबी कुनैपनि तथ्य प्रमाणबाट पुष्टि हुन सकेन ।
वास्तविकता पत्ता लगाउन हामीले प्रतिनिधि सभा सदस्यसमेत रहेका गगन थापाको सचिवालयमा सम्पर्क गर्यौँ । सामाजिक संजालमा पोस्ट गरिएको दाबी भ्रामक रहेको र गगन थापा कुनैपनि दशैँमा पूर्वराजालाई भेट्न नगएको थापाको सचिवालयले न्युजचेकरलाई दियो ।
गगन थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न गएको र थापाले पूर्वराजा शाहको खुट्टा ढोगेको सन्देश दिन खोजिएको पोस्ट भ्रामक छ । तस्बिरमा देखिएका व्यक्ति गगन थापा नै हुन् भन्ने दाबी कुनैपनि तथ्य प्रमाणबाट पुष्टि हुन सकेन । वडादशैँ २०७५ को सन्दर्भमा खिचिएको तस्बिरलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, Everest Nepal
समाचार, onlinekhabar
समाचार, nagariknews
तस्बिर, Spotlightnepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
April 16, 2025
Aakash Chhetri
March 17, 2025
Aakash Chhetri
February 11, 2025