Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाँत र गिजाको घरेलु उपचार सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा फिटकिरी र तोरीको तेलको मिश्रणको प्रयोगले दाँत र गिजामा देखिएका समस्याहरू निको पार्ने दाबी गरिएको छ ।
डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा फिटकिरीको दृश्य जोडिएको छ । उक्त सामग्रीको थमनेलमा दन्तहर्सा, दाँत र गिजाबाट रगत बग्ने, दाँत हल्लिने जस्ता समस्यालाई फिटकिरी र तोरीको तेलको मिश्रणले निको पार्ने दाबी गरिएको छ ।
थमनेलमा लेखिएको छ- ‘दाँत र गिजाबाट रगत बग्ने गरेको छ । दाँत हल्लिने गरेको छ भने फिटकिरी ल्याउनुहोस्, तावामा फुराउनुस् र पिसेर राख्नुस्, थोरै तोरीको तेलमा थोरै फिटकिरीको धुलो राखेर यसले मन्जन गर्नुहोस् । दाँत बलियो हुनुको साथै दन्तहर्साको दोहोलो गर्नेछ । यसले दाँत पनि चम्किलो बनाउनेछ ।’
दाबीसहितको प्रस्तुत सामग्रीमा फिटकिरी र तोरीको तेलको मिश्रणको प्रयोगले दाँत र गिजामा देखिएका समस्याहरू सामधान हुने दाबी गरिएको छ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।
घरेलु उपचारले दाँतमा किरा लागेको, गिजाको रोग, सास गन्हाउने, दाँत कमजोर भएको, दाँत भाँचिएको , गिजा खिइएको, जराको संक्रमण लगायतका दाँत र गिजा सम्बन्धि सामान्य समस्याहरू निको हुन सक्छन् ।
फिटकिरीको पाउडरमा तोरीको तेल मिसाएर गिजा र दाँतको घरेलु उपचार गर्ने गरिन्छ । तर, यस्तो घरेलु उपचारले दाँत र गिजाको समस्यालाई पूर्ण रूपमा निको पार्न सक्ने कुनै प्रमाण भेटिँदैन । यद्यपि प्राकृतिक उपचारहरूले गिजा र दाँतको स्वास्थ्यमा सुधार हुन सक्ने प्रमाणहरूमा उल्लेख छ ।
दाबीसहितको सामग्रीका विषयमा हामी डा. पूजा भारद्वाज, बीडीएससँग परामर्श गर्यौँ । डा. पूजा भारद्वाज भन्छिन्-
‘दाँत र गिजाको समस्याका धेरै कारणहरू हुन सक्छन् भनेर हामीले बुझ्नुपर्छ । अन्तर्निहित समस्यालाई दबाएर र चिकित्सा परामर्श नखोज्दा क्षति हुन सक्छ । फिटकिरी वा नुनको प्रयोग गरेर गरिने उपचार सामान्य घरेलु उपचार हुन् र यसले विभिन्न स्तरकाे दुखाइ कम गर्न सक्छ । तर यी चिकित्सा विज्ञानबाट प्रमाणित उपचार होइनन् । अर्कोतर्फ तोरीको तेलले दाँत र गिजाको सबै समस्या निको पार्न सक्दैन । प्रभावकारी उपचारका लागि सधैँ पेशेवर दन्त चिकित्सकसँग सल्लाह गर्नुहोस् ।’
सोही दाबीका विषयमा हामीले डा. आशना पिल्लई, बीडीएससँग पनि परामर्श गरेका छौँ । डा. आशना पिल्लई भन्छिन्, ‘दाँतको समस्याका लागि घरेलु उपचार सम्बन्धि धेरै दावीहरू भेटिन्छन्, जसबाट धेरै साइड इफेक्टहरूको खतरा हुनसक्छ । लामो समयदेखि पिउने पानीलाई शुद्ध गर्न फिटकिरीको प्रयोग हुँदै आएको छ । तर, दाँत र गिजाको समस्याबाट छुटकारा पाउन यसको प्रयोगलाई समर्थन गर्न सकिँदैन ।
फिटकिरी र तोरीको तेलको मिश्रणले दाँत र गिजाको सबै समस्या निको पार्न पार्न सक्दैन । यस घरेलु उपचारहरूले गिजा र दाँतमा हुने दुखाईलाई केही मात्रमा कम गर्नसक्ने प्रमाणहरूमा उल्लेख छ । तर, साइड इफेक्टका कारण चिकित्सकहरू यस उपचारलाई सिफारित गर्दैनन् ।
Oil pulling and importance of traditional medicine in oral health maintenance
Herbal remedies for the treatment of periodontal disease–a patent review
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025
Newschecker And THIP Media
April 18, 2025