दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाए ।
तथ्य: पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाएको दाबी भ्रामक छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । भिडियोसहितको उक्त सामग्रीमा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाएको दाबी गरिएको छ ।
Gyanendra shahi नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो देख्न सकिन्छ, जसमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई देख्न सकिन्छ । भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष मानिसहरूले शिर झुकाइरहेका छन् ।
प्रस्तुत सामग्रीको थमनेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वराजा समक्ष शिर झुकाएको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘राजाको पावर देखाए, प्रचण्डले शिर झुकाए, राजाको जित भयो ।’
एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीमा दुई सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वराजा समक्ष शिर झुकाएको दाबी गरिएको उक्त सामग्रीलाई ७३ भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको छ ।
दाबीसहितको सामग्री पोस्ट गरिएको एक दिनमै उक्त सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । यो फैलावटका आधारमा आगामी दिनमा उक्त सामग्रीको फैलावट व्यापक हुनसक्ने अनुमान गर्न सकिन्छ ।
नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिनै व्यक्ति हुन्, जसले राजतन्त्र विरुद्धको आन्दोलनमा अग्रपंक्ति रहेर तत्कालीन राजा ज्ञानेन्द्र शाहको विरोध गरेका थिए । नेपालको शासन-सत्ता राजाबाट जनताको हातमा आएको दिन अर्थात् गणतन्त्र दिवसको सेरोफेरोमा सामाजिक संजालमा फैलाइएको उक्त दाबी अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले यस सामग्रीको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पछिल्लाे समय पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनी नेपालको पश्चिमी भू-भागको दौडाहामा रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशिर झुकाएको दाबी गरिएको सामग्री सामाजिक संजालमा फैलिएको छ ।
प्रस्तुत दाबीसहितको सामग्री जाँचका क्रममा हामीले सबैभन्दा पहिले भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौ । यसका लागि भिडियोलाई पुन: एक पटक नियाल्यौँ । भिडियोको एक कुनामा ‘दर्शन खबरु लेखिएको लोगोसमेत देख्न सकिन्छ । सोही लोगोलाई आधार बनाएर हामीले युट्युमा ‘Darshan Khabar’ सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप Darshan Khabar नामक युट्युब च्यानल फेला पर्यो । उक्त युट्युब च्यानलमा पोस्ट गरिएका भिडियो नियाल्ने क्रममा सबैभन्दा पछिल्लो समय पोस्ट गरिएको भिडियोमा हाम्रो नजर पुग्यो । तीन दिनअघि अर्थात् २७ मे २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत जिल्लामा पुगेको जानकारी दिइएको छ ।
फेला परेको प्रस्तुत भिडियोलाई हामीले सरसर्ती हेर्यौँ, यसबाट पुष्टि भयो भने यही भिडियोको एउटा अंशलाई काटेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । भिडियोको सुरुवाती अंशलाई छाँटकाँटगरी थमनेल जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो स्रोत फेला परेपछि हामी थप प्रमाण जुटाउन अगाडि बढ्यौँ । यसका लागि हामीले गुगलमा ‘पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत’ वाक्यांश गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप onlinekhabar प्रकाशित समाचार फेला पर्यो । तर, सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सुर्खेत पुगेको कुनै प्रमाण फेला परेन ।
फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाएको दाबी भ्रामक छ । किनकि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाएका छैनन् ।
निष्कर्ष
पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर झुकाएको दाबी भ्रामक छ । पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष अन्य सर्वसाधारणले शिर झुकाएपनि प्रचण्डले शिर झुकाएको दाबी पुष्टि हुँदैन । पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत पुगेको भिडियोमा भ्रामक थमनेल राखेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]