Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
नदीमा खसेको घरको भिडियो सामाजिक संजालमा फैलिररहेको छ। भिडियोमा एक व्यक्तले ‘सवै भाग..सवै भाग…’ भनिरहेका छन्। घर छेवैको नदीमा बाढी आएको देखिन्छ। नदीको छेउमा सडक छ र सडकको छेउमा एउटा घर छ। नदीमा आएको बाढीले कटान गरेका कारण घर नदीतिर भत्किएको भिडियोमा देख्न सकिन्छ।
भिडियोको थमनेलमा बाढीका कारण घर खोलातिर खसेको लेखिउको छ। बताइएको छ। त्यस्तै यो घटना नेपालमा घटेको संज्ञा दिनेगरी थमनेल राखिएको छ। हाइलाइट गरिएको थमनेलमा लेखिएको छ,‘फ्लोड इन नेपाल।’
सुनिल रावत नामक टिकटक प्रयोगकर्ताले यो भिडियो मंगलबार पोस्ट गरेको देखिन्छ। २४ घण्टा नबित्दै यो पोस्टमा २४ हजार प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ सयले सेयर गरिसकेका छन्। त्यसै पोस्टमा कमेन्ट गर्नेको संख्या करिब डेढ सय छ।
पछिल्लो तीन दिनदेखि नेपालका अधिकांश ठाउँमा ठूलो वर्षा भइरहेको छ। यो बेमौसमी वर्षाका कारण नेपालमा बाढी, पहिरो, डुबान कटान भइरहेको छ। जसका कारण यहाँ धनजनको क्षतिसमेत भएको छ।
त्यसैले भिडियोमा देखिएको दृश्य पनि यही वर्षाका कारण भएको क्षतिजस्तो देखिन्छ। त्यसमाथि भिडियोमा सुनिएको नेपाली भाषाको आवाजलेसमेत यो घटना नेपालकै हो भन्ने लाग्छ। यो घर नदीतिर ढलिरहेको दृश्य नेपालको हो कि होइन भनेर हामीले तथ्यजाँच गर्यौँ।
सामाजिक संजालमा नेपालको जस्तै गरेर देखाइएको भिडियो नेपालको भने होइन। यो भिडियो भारतको केरला राज्यको हो। चर्चित भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले अक्टोबर १८ मा पोस्ट गरेको सामग्री अनुसार केरलाको कोट्टायम जिल्लामा भारी वर्षाका कारण यो क्षति भएको हो। दुई तले घर एक नदीको किनारमा रहेको र अविरल वर्षाका कारण बाढी र पहिरो गएपछि उक्त घर भत्किएको उक्त सामग्रीमार्फत जानकारी दिइएको छ।
भिडियोमा सुनिएको नेपाली भाषाको आजाव पनि यो भिडियोमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ। यहाँ प्रयोग गरिएको आवाज सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पस्दा रेकर्ड गरिएको हो। सुदिप श्रेष्ठ नामक टिकटक प्रयोगकर्ताको पोस्टमा यो आवाजको सक्कल भेटिन्छ।
हेर्नुहोस् गार्जियन न्युजले पोस्ट गरेको भिडियो-
नेपालसँग जोडिएको यो भिडियो नेपालको होइन। यसमा प्रयोग गरिएको नेपाली भाषाको आवाज पनि भ्रामक अर्थ दिने खालले प्रयोग गरिएको छ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
August 14, 2023
Aakash Chhetri
July 17, 2023
Aakash Chhetri
June 29, 2022