Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ज्वाला संग्रौला जापानमा वेश्यावृतिमा संलग्न रहेको दाबी कान्तिपुर दैनिकको इ-पेपरमा ।
तथ्य: कान्तिपुर दैनिक पत्रिकामा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकको समाचार अहिलेसम्म प्रकाशित भएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ज्वाला संग्रौलासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा ज्वाला संग्रौला जापानमा वेश्यावृतिमा संलग्न रहेको दाबी गरिएको छ ।
Megh__lama_2024_5_31 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा कान्तिपुर लेखिएको एउटा इपेपर जोडिएको छ । साथै उक्त इपेपरमा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ लेखिएको देखिन्छ ।
यही भिडियोमा व्यवसायी दुर्गा प्रसाईंलाई पनि देख्न सकिन्छ । भिडियोमा उनले भनेका छन्- ‘जापानमा वेश्यावृति गर्ने नि कुनै पार्टीका केन्द्रीय सदस्य भएका छन् । जापानमा वेश्यावृति गर्ने, अर्कालाई केटी मालिइदिने, केटालाई केटी मिलाइदिने वेश्यावृति गर्ने जापानमा बसेर । जापानमा अर्कालाई केटी मिलाई दिने अनि आफू पनि वेश्यावृति गर्ने । अनि रातभरी सात जनासँग चढने, त्येले गर्नु नि । अनि फोटो हालेर फेसबुकमा लेख्न जाने भनेर हालिछे ।’
२३ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको सामग्रीमा २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब २ सय प्रतिक्रिया आएको दाबीसहितको भिडियोलाई करिब ३ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
के कान्तिपुर दैनिक पत्रिकामा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकको समाचार प्रकाशित भएको थियो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
६ असोज २०८१ मा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । विद्युतीय कारोबार कसूरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो ।
दुर्गा प्रसाईं पक्राउ परेकै सन्दर्भमा सामाजिक संजालमा उनको अभिव्यक्तिसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त सामग्रीमा कान्तिपुर दैनिक पत्रिकाको इपेपर जस्तो देखिने तस्बिर पनि जोडिएको छ । यही आधारमा हामीले ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकलाई गुगलमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Nepal Press मा प्रकाशित समाचार फेला पर्यो । २२ साउन २०८१ मा पोस्ट गरिएको उक्त समाचारमा भ्रामक जानकारीका आधारमा दुर्गा प्रसाईंले अन्तर्वार्ता दिएको उल्लेख छ । दुर्गा प्रसाईंले एक अन्तर्वार्तामा कसैको नाम नलिइकल ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।
उक्त समाचारमा लेखिएको छ- ‘केही समयअघि कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै एउटा फेक न्यूज भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।’
थप जाँचका क्रममा नेपालको चर्चित ब्लग mysansar मा प्रकाशित सामग्री फेला पर्यो । २८ जुलाई २०२० मा प्रकाशित उक्त सामग्रीमा कान्तिपुर दैनिक पत्रिकाको फ्रन्टपेजको भन्दै सामाजिक संजालमा फैलाइएको इपेपर भ्रामक रहेको पुष्टि गरिएको छ ।
फेला परेका तथ्यका आधारमा २ पुस २०७६ मा प्रकाशित कान्तिपुर दैनिक पत्रिका इपेपर नियाल्यौँ । epaper.ekantipur.com मा फेला परेको इपेपर र दाबीसहित सामाजिक संजालमा फैलाइएको इपेपरमा भिन्नता देखियो ।
२ पुस २०७६ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपरमा एमसीसी ‘नेपालकै पहलमा’ शिर्षकको दोस्रो मुख्य समाचार देखिन्छ । तर, सामाजिक संजालमा फैलिएको इपेपरमा भने ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षक लेखिएको छ ।
आधिकारिक इपेपरमा एमसीसी ‘नेपालकै पहलमा’ शिर्षकको समाचार छापिएको प्रष्ट देखिएकाले सामाजिक संजालमा फैलाइएको इपेपर भ्रामक रहेको देखिन्छ । तस्बिर सम्पादन टुलको प्रयोगबाट कान्तिपुर दैनिक पत्रिकाको इपेपरलाई तोडमोड गरिएको देखिन्छ ।
कान्तिपुर दैनिक पत्रिकामा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकको समाचार अहिलेसम्म प्रकाशित भएको छैन । सम्पादन टुलबाट दैनिक पत्रिकाको इपेपरलाई तोडमोड गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
समाचार, himalkhabar.com
समाचार, Nepal Press
इपेपर, epaper.ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 27, 2024
Aakash Chhetri
January 4, 2024
Aakash Chhetri
October 18, 2023