Sunday, May 11, 2025

Fact Check

फेसबुकमा फैलियो केपी शर्मा ओलीको फोटो, ‘पाइन्टमै पिसाब गरेको’ दाबी

Written By Aakash Chhetri
Nov 22, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजाल फेसबुकमा तस्बिरसहितको एउटा पोस्ट भेटिएको छ, उक्त तस्बिरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन् । तस्बिरमा ओली सहयोगीहरूको आडमा उभिएका छन् र ओलीले टाउको झुकाएर भुँइतिर हेरेको देखिन्छ । 

Dipak Raj Joshi नामक फेसबुक आइडीमा पोस्ट तस्बिरसहितको स्ट्याटसमा केपी शर्मा ओलीले ‘पाइन्टमै पिसाब गरेको’ दाबी गरिएको छ । तस्बिरसहित पोस्ट गरिएको स्ट्याटसमा लेखिएको छ- ‘एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पाइन्टमा पिसाब गरेका छन् । उहाँ मृगौला पीडित हुनुहुन्छ र कार्यक्रम हरुको चापले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको बुझिएको छ ।’  

प्रस्तुत दाबीसहितको सामग्री पोस्ट भएकै दिन सोही तस्बिर अर्का फेसबुक प्रयोगकर्ताले पनि पोस्ट गरे । Shyam Paudel नामक फेसबुक आइडीमा एक घण्टापछि पोस्ट गरिएको स्ट्याटसमा पनि माथिकै दाबी दोहोर्‍याइएको छ । तस्बिरको माथिपट्टी लेखिएको छ – ‘एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पाइन्टमा पिसाब गरेका छन् ।’

पोस्ट गरिएको एक सातामै प्रस्तुत दाबीसहितको सामग्रीलाई २२ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले ‘लाइक’ गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्रीमा साढे ५ सयभन्दा बढीले प्रतिक्रिया दिइसकेका छन् भने उक्त सामग्रीलाई सेयर गर्ने फेसबुक प्रयोगकर्ताको संख्या साढे २ सयभन्दा बढी रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विषय र  दाबीसहितको सामग्रीको फैलावट व्यापक रहेको देखियो । यही कारण यसको फैवालटको अनुमान लगाउन हामीले फेसबुकमा ‌’ओली पाइन्टमा पिसाब’ किवर्ड सर्च गर्‍यौँ । फलस्वरुप सोही तस्बिर र दाबीसहितको वाक्यांश प्रयोग गरिएका अन्य पोस्टहरु पनि फेला पार्‍यौँ ।

सर्चका क्रममा फेला पारिएका सामग्री हेर्दा के प्रस्ट हुन्छ भने केपी शर्मा ओलीले ‘पाइन्टमै पिसाब गरेको’ भन्ने दाबी सामाजिक संजालमा फैलिसकेको छ । के साँच्चै केपी शर्मा ओलीले पाइन्टमै पिसाब गरेका हुन् ? सामाजिक संजालमा फैलाइएको तस्बिर कुन सन्दर्भमा खिचिएको हो ? यही विषयमा हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

केपी शर्मा ओलीले ‘पाइन्टमै पिसाब गरेको’ भन्ने दाबीमा केन्द्रीत रहेर हामीले तथ्यजाँच थाल्यौँ । सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलाइएको तस्बिरको वास्तविकता पत्ता लगाउने जमर्को गर्‍यौँ । जसको लागि हामीले केपी ओलीको स्वास्थ्य र अस्पतालसँग सम्बन्धित केही घटनाहरूका किवर्ड तयार पार्‍यौँ । जसबाट के जानकारी पाइयो भने केपी ‌ओलीले मृगौला प्रत्यारोपण गराएपछि डिस्चार्ज हुँदा लगाएको ज्याकेट र उक्त दाबीसहितको तस्बिरमा देखिएको ज्याकेटको रंग एउटै हो ।

केपी शर्मा ओलीको पछिल्लो मृगौला प्रत्यारोपण हुँदा उनी प्रधानमन्त्री थिए र यही तथ्यलाई आधार बनाएर हामीले ‘प्रधानमन्त्री डस्चार्ज’ किवर्डलाई गुगल सर्च गर्‍यौँ । गुगल सर्चको नतिजास्वरुप हामीले एउटा तस्बिर फेला पार्‍यौँ । करिब ३ वर्षअघि अर्थात् २०७६ फाल्गुन ३० गते Radiokantipur (रेडियो कान्तिपुर) मा प्रकाशित समाचारसँगै राखिएको उक्त तस्बिरमा केपी शर्मा ओलीले आफ्ना पितालाई ढोगिरहेको दृश्य देखिन सकिन्छ ।  

सोही समाचारमा प्रकाशित तस्बिरलाई हामीले गुगलमा रिवर्स इमेज सर्च गर्‍यौँ । जसको तरिणामस्वरुप थुप्रै नतिजाहरू भेटिए । ती नतिजामध्य सबैभन्दा माथि khabarhub ले प्रकाशन गरेको तस्बिर देखिन्छ । उक्त समाचारमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली घर फर्किएको जानकारी दिइएको छ ।

 काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाईंपछि डिस्चार्ज भएको विषयमा उक्त समाचर केन्द्रीत छ। प्रस्तुत समाचारमा राखिएको फोटोको क्याप्सनमा लेखिएको छ- ‘प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज लिएर बालुवाटार आइपुगेपछि बुवासँग आशीर्वाद लिए ।’ 

यसबाट के प्रस्ट हुन्छ भने सामाजिक संजालमा केपी शर्मा ओलीले पाइन्टमै पिसाब गरेको दाबीसहितको सामग्रीमा राखिएको तस्बिर फरक सन्दर्भको हो । यसरी अस्पतालबाट डिस्चार्ज भएर बुवासँग आशीर्वाद लिएको तस्बिरलाई भ्रामक अर्थ दिनेगरी सामाजिक संजालमा फैलाइएको छ । 

निष्कर्ष

केपी शर्मा ओलीले पाइन्टमै पिसाब फेरेको दाबी गर्ने पोस्ट भ्रामक छ । किनकि त्यहाँ राखिएको तस्बिर करिब ३ वर्ष पहिले फरक सन्दर्भमा खिचिएको हो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएर ओलीले बुवासँग आशीर्वाद लिएको तस्बिरलाई अहिले सामाजिक संजालमा ‘पाइन्टमै पिसाब गरेको’ दाबीसहित भ्रामक तरिकाले फैलाइएको पाइएको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Radiokantipur

khabarhub


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage