Sunday, May 11, 2025

Fact Check

Fact check: के घरेलु उपचारले मात्रै छालामुनि देखापर्ने गाँठागुठीहरु हट्छन्? 

banner_image

Claim

image

Fact

image

दाबी: कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुने दाबी ।
तथ्य: ताप थेरापीले छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुले समर्थन गर्दैनन् ।

छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्याका विषयमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुने दाबी गरिएको छ ।

Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा अ‍डियो जोडिएको छ । सोही अडियोमा भनिएको छ- ‘तपाईंको कसैको बोसो जमेर गाँठागुठी भएको छ र यसको अप्रेसन गरेर बोसो फाल्ने मनस्थितिमा हुनुहुन्छ भने तपाईंहरुलाई राम्रो टिप्स हेर्नुस् है । यो कागतीको पात पाँच-सातवटा टिपेर ल्याउनुहोस्, त्यसपछि तपाईंले शिबजीलाई जढाउने धतुरो आदी लिनुहोला । अनि त्यसमा जाइफल लिनुस् आदि र एक टुक्रा अदुवा लिनुस्, यसलाई कुटेर भकभक पानीमा पकाउनुस्, मनतातो पानी, तपाईंले सहनसक्ने भएपछि तपाईंले सफा कपडा त्यहाँ चोपेर सेक्ने गर्नुस् दश-पन्ध्र मिनेट दिनमा सक्ने गर्नुस्, २१ दिन सकेर हेर्नुस् ।’ 

तथ्यजाँच/प्रमाणीकरण

कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुले समर्थन गर्दैनन् ।   

फ्याट कोशिकाहरू मिलेर बनेको ट्युमर (गाँठागुठीहरु) लाई लिपोमा भनिन्छ । छालामुनि देखापर्ने  यी गाँठागुठीहरु सामान्यतया नरम र पीडारहित हुन्छन् । लिपोमा मटरको आकारदेखि ठुला गाँठासम्म हुन सक्छन् । हानिरहित यी गाँठागुठीहरुले कहिलेकाहीँ असुविधा वा कस्मेटिक समस्या निम्त्याउन सक्छन् ।

लिपोमा बोसो कोशिकाहरूको बाक्लो संग्रहबाट बनेको हुन्छ, जुन रेशायुक्त तन्तुभित्र समेटिएको हुन्छ । यी अन्तर्निहित फ्याट कोशिकाहरूलाई असर गर्न वा तिनीहरूको वरिपरि रहेको रेशायुक्त क्याप्सुललाई परिवर्तन गर्नको ताप थेरापी मात्रै पर्याप्त हुँदैन । 

तापले सेक्दा छालामा देखिएका गाँठागुठीहरुको आकारमा परिवर्तन आउँछ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले समर्थन गर्दैन । उद्यपी ताप थेरापीले शरीरको एक विशेष क्षेत्रमा गर्मी गराउने र दुखाइ कम गर्नसक्छ ।

लिपोमा समस्याको उपचारमा आधुनिक चिकित्सामा प्रारम्भिकरुपमा यस्ता  विधि प्रयोग गरिन्छ- 

अवलोकन (Observation): लिपोमाले अन्य असुविधा वा स्वास्थ्य समस्याहरू निम्त्याएको छैन भने यसलाई उपचार नगरी छोडिन्छ र समयसँगै निगरानी गरिन्छ ।

सर्जिकल (Surgical Removal): लिपोमाको लागि सबैभन्दा प्रभावकारी उपचार, विशेष गरी यदि यसले असुविधा निम्त्याउँछ वा कस्मेटिक विगार गरेको छ भने सर्जिकल निष्कासन गरिन्छ । 

लिपोसक्शन (Liposuction): केही अवस्थामा, लिपोसक्शनले लिपोमा भित्रको बोसो हटाउन प्रयोग गर्न सकिन्छ, यद्यपि यसले फाइब्रस क्याप्सूललाई ​​पूर्ण रूपमा हटाउन सक्दैन ।

दाबीसहितको सामग्रीका विषयमा महाराष्ट्रको ला डेन्सिटे हेयर, स्किन र लेजर क्लिनिकका फेसियल प्लास्टिक सर्जन डा. वसीम बशीर पठान लिपोमालाई सामान्यतया उपचारको आवश्यकता नपर्ने बताउँछन् । उनी भन्छन्- ‘जबसम्म तिनीहरूले समस्याहरू देखा पार्दैनन् । तबसम्म यसको उपचार गर्न पर्दैन । लिपोमासलाई हटाउने सबैभन्दा प्रभावकारी तरिका शल्य चिकित्सा हो, किनकि अन्य उपचारहरू तिनीहरूको पुनरावृत्ति रोक्नको लागि प्रभावकारी नहुन सक्छ । तसर्थ, सर्जिकल हस्तक्षेप सामान्यतया निश्चित उपचारको लागि सिफारिस गरिन्छ ।’

निष्कर्ष

कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुले समर्थन गर्दैनन् । लिपोमासलाई हटाउने सबैभन्दा प्रभावकारी तरिका शल्य चिकित्सा हो ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov, 2023 Aug 8
स्वास्थ्य जानकारी, healthdirect.gov.au


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage