Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भन्दै रोएको दाबी, भिडियोसमेत ।
तथ्य: उक्त भिडियो २०७६ साउनमा तत्कालीन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्ने क्रममा पुराना स्मृतिहरू सम्झँदै भावुक भएको समयको हो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रोइरहेको दृश्य हालसालै सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोसँगै नेता नेपाल ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भन्दै रोएको दाबी गरिएको छ ।
Shahadeb_Basnet नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई देख्न सकिन्छ । उक्त दृश्यमा नेता नेपाल भावुक बनेका छन् ।
८ जनवरी २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सन र थमनेलमा लेखिएको छ- ‘पार्टी फुटाएर जीवनको ठुलो भुल भयो भन्दै रोइरहेका छन् मा.कु.ने धुन्दुकारी भनेर गाली सुनेर पिर परेको बिचरा ।’

के पूर्वप्रधानमन्त्री नेपाल ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भन्दै रोएका हुन् त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भावुक बनेको दृश्यबाट केही स्क्रिनसट लियौँ । साथै ‘माधवकुमार नेपाल रोए’ ‘माधवकुमार नेपाल भावुक’ जुस्ता वाक्यांशको जाँच गर्यौँ । जाँचको नतिजास्वरुप ‘संसदीय समितिमा बोल्दाबोल्दै रोए योगेश, माधव नेपाल पनि भावुक’ शिर्षकको समाचार फेला पर्यो ।
१९ साउन २०७६ मा प्रकाशि गते प्रकाशित समाचारमा तत्कालीन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएको र समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक बनेको जानकारी दिइएको छ ।
२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भएको थियो । यही क्रममा नेपाल पनि भावुक भएका थिए ।
थप जाँचका क्रममा हामीले भिडियोको वास्तविक दृश्य पत्ता लगाउन कोशिस गर्यौँ । नतिजास्वरुप Setopati मा पोस्ट गरिएको भिडियो फेला पर्यो । ४ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘बोल्दाबोल्दै रोए योगेश, माधव नेपाल पनि बने भावुक’
प्रस्तुत भिडियो २०७६ साउनमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा खिचिएको थियो, तर यो सन्दर्भ पार्टी फुटाउने वा ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भन्ने दाबीसँग मेल खाँदैन ।
२०७६ साउनमा तत्कालीन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि पहिलो पटक संसदीय समितिमा बोल्दै भावुक बनेका थिए । पुराना दिनहरुको स्मृति बनाउँदै गर्दा भट्टराईको गला अवरुद्ध भएपछि नेता माधवकुमार नेपाल पनि भावुक बनेका थिए । रोएका बेला नेता नेपालले ‘पार्टी फुट’ सम्बन्धी कुनै प्रत्यक्ष वाक्यांश वा ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भनेका थिएनन् । दुबै नेताले एकअर्कासँग सम्बन्धित व्यक्तिगत मनोभाव व्यक्त गरेका थिए ।
उक्त पुरानो घटनालाई हालैको राजनीतिक घटना सँग जोडेर गलत तरिकाले फैलाइएको हो । भिडियो पुरानो र वास्तविक हो, तर सन्दर्भ र अर्थ भने गलत भ्रामक छ ।
दाबीसहितको भिडियो वास्तविक भए पनि त्यसको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित हालको राजनीतिक घटनासँग जोडेर पोस्ट गरिएको पाइयो । उक्त दृश्य २०७६ साउनमा तत्कालीन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्ने क्रममा पुराना स्मृतिहरू सम्झँदै भावुक भएको समयको हो । तर, उक्त भिडियोमा पार्टी फुटाउने सन्दर्भ, ‘पार्टी फुटाएर ठूलो भूल भयो’ भन्ने अभिव्यक्ति वा त्यससँग मिल्ने कुनै प्रत्यक्ष टिप्पणी छैन ।
भिडियो रिपोर्ट, Setopati.com
समाचार, onlinekhabar.com
भिडियो रिपोर्ट,Mountain TV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]