Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी : मान्त्रको जप गर्नाले पिनास तथा माइग्रेन निको हुने हुन्छ ।
तथ्य : ध्यान वा जपले माइग्रेनलाई रोक्न वा निको पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण भेटिँदैनन् । ध्यानले दुखाइ सुधार गर्न सक्छ र आवश्यक परे औषधिको खुराक लिनुपर्छ ।
सामाजिक संजालमा स्वास्थ्य सम्बन्धी एउटा जानकारीमूलक सामग्री फेला परेको छ । उक्त सामग्रीमा मान्त्रको जप गर्नाले पिनास तथा माइग्रेन निको हुने दाबी गरिएको छ ।
Aryalbadree नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एकजना व्यक्तिले उक्त दाबी गरेका छन् । भिडियोसहितको सामग्रीमा देखिएका व्यक्तिले एउटा मन्त्र पनि बाचन गरेका छन् । ती व्यक्तिले बाचन गरेको मन्त्र नै पिनास तथा आइग्रेनको उपचार रहेको दाबी गरिएको छ ।

ध्यान वा जपले माइग्रेनलाई रोक्न वा निको पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण भेटिँदैन । यद्यपि, ध्यानले जीवनको गुणस्तर सुधार गर्न माइग्रेनको दुखाइ कम गर्न भने सक्छ ।
माइग्रेन भनेको लगातार टाउको दुख्नु हो, जसले सामान्यतया टाउकोको एक छेउमा असर गर्नुका साथै वाकवाकी र विचलित तुल्याउँछ । नेशनल हेल्थ सर्भिस (एनएचएस) वेबसाइटले माइग्रेन हुनुका कारणहरूबारे जानकारी दिएको छ । माइग्रेनका कारणहरूमा हार्मोनल, भावनात्मक, शारीरिक, आहार, वातावरणीय र औषधीय कारकहरू हरेका छन् ।
मानिसका गतिविधिहरूले माइग्रेन दुखाइको गम्भीरतालाई कम गर्न सक्ने प्रकाशित प्रमाणले देखाएको छ । तर, मानिसका गतिविधिहरुले मात्र माइग्रेनलाई पूर्ण रूपमा निको पार्न सक्दैन । ध्यानसँगै मानिसले गर्ने अन्य मानसिक अभ्यासहरूले तनाव कम गर्छ, दुखाइ सहनशीलता सुधार गर्छ, टाउको दुखाइको आवृत्ति घटाउँछ, लक्षणहरूको तीव्रता कम गर्दछ र औषधि प्रयोग कम गर्नुका साथै जीवनको गुणस्तर सुधार गर्ने अनुसन्धान पत्रहरूले देखाएका छन् ।
अमेरिकन माइग्रेन फाउन्डेसन नामक वेबसाइटले तनावका कारण भएको माइग्रेनलाई मध्यस्थताले रोक्न सक्ने बताएको छ । साथै अर्को अनुसन्धान पेपरले माइग्रेन फ्रिक्वेन्सी सुधार गर्न माइन्डफुलनेसमा आधारित तनाव कम गर्ने गतिनिधिको धेरै भूमिका नखेल्ने देखाउँछ । यद्यपि, यसले असक्षमता, जीवनको गुणस्तर, आत्म-प्रभावकारिता, दुखाइ र अवसाद नियन्त्रणमा सकारात्मक भूमिका खेलेको छ ।
हामीले यस विषयमा डा.कश्यप दक्षिणीको राय माग्यौँ । उनले भने,’तनाव र चिन्ताले माइग्रेन टाउको दुखाइ ट्रिगर गर्दछ । साथै ध्यानले दुखाइ सुधार गर्न सक्छ र टाउको दुखाइ कम गर्न आवश्यक औषधिको खुराक लिनुपर्छ ।’
अर्कोतर्फ सोही विषयमा न्यूरोलोजिस्ट डा.पवन राज भन्छन्-‘माइग्रेन एक बहुआयामिक र जटिल रोग हो र आनुवंशिक, वातावरणीय, तनाव र कमोरबिड अवस्था लगायत माइग्रेनका धेरै कारकहरू हुन्छन् ।
त्यस्तै हिरानंदानी अस्पतालकी कन्सल्टेन्ट जनरल मेडिसिन डा.सुजाता चक्रवर्तीले भनिन्,‘बिहानको खाजा खानु वास्तवमा हानिकारक नै हुन सक्छ र यसले मधुमेह, तौल बढ्ने, एसिड रिफ्लक्स र माइग्रेनको जोखिम बढाउन सक्छ । यसले उत्पादकता पनि घटाउँछ किनकि रातभर उपवास बसेपछि हाइपोग्लाइसेमिया हुन्छ, जसले गर्दा एकाग्रता कम हुन्छ, डर लाग्ने आदि हुन्छ ।’
माइग्रेन एक स्वास्थ्य समस्या हो, जसलाई उचित चिकित्सा उपचार चाहिन्छ । कुनैपनि व्यक्तिलाई जब डाक्टरले माइग्रेन भएको शंका गर्छन्, उनीहरूले मस्तिष्कको क्रस-सेक्शनल अवस्था बुझ्न र त्यस अवस्थाको निदान गर्न एमआरआई वा सीटी स्क्यान गर्दछन् । त्यसपछि डाक्टरहरूले खवस्था हेरेर दुखाइको गम्भीरता कम गर्न औषधिहरू सिफारिस गर्ने गर्दछन् ।
ध्यान वा जपले माइग्रेनलाई रोक्न वा निको पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण भेटिँदैनन् । ध्यानले दुखाइ सुधार गर्न सक्छ र आवश्यक परे औषधिको खुराक लिनुपर्छ ।
Nhs.uk
Link.springer.com
Americanmigrainefoundation.org
Jamanetwork.com
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025