Wednesday, May 14, 2025

Fact Check

Fact Check: एनसेल प्रकरणसँग जोडियो झडपको दृश्य, यो हो भिडियोको मूल सन्दर्भ  

Written By Aakash Chhetri
Dec 28, 2023
banner_image

Claim

image

Fact

image

दाबी: एनसेल प्रकरणविरुद्धमा जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबी गरिएको छ ।
तथ्य: पूरानो र फरक सन्दर्भको भिडियोलाई एनसेल प्रकरणसँग जोडेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।

एनसेल प्रकरणसँग सम्बन्धित दाबीसहितको भिडियो सामग्री फेला परेको छ । उक्त भिडियो सामग्रीमा एनसेल प्रकरणविरुद्धमा जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबी गरिएको छ ।

Nepal_55 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भयानक सडक आन्दोलनको दृश्य देख्न सकिन्छ  । उक्त भिडियोमा प्रहरी र आन्दोलनकारीबीच सडकमै झडप भइरहेको छ । 

त्यस्तै भिडियोमा प्रहरीको तर्फबाट अश्रृग्यास, लाठी र आन्दोलनकारीको तर्फबाट ढुंगामुडा प्रहार भइरहेको देखिन्छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘एनसेल काण्डविरुद्धमा निक्ल्यो जुलुस, भ्रष्टचारीलाई कारबाही गर भन्दै आन्दोलन सुरु ।’

सामाजिक संजालमा फेला परेको दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको वास्तविक सन्दर्भ को हो ? के यो भिडियो एनसेल प्रकरणसँग जोडिएको छ त ? प्रस्तुत प्रश्नका उत्तर खोज्दै हामीले यो तथ्यजाँच गरेका छाैँ ।

तथ्यजाँच/प्रमाणीकरण

एनसेल आजियटाले मंसिर १५ (२०८०) मा  नेपालको दूरसञ्चार नियामक एवं प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई जानकारी नै नदिई आफ्नो ८० प्रतिशत सेयर बेचेको थियो । यही प्रकरणको खुलासा भएपछि कानुनी रूपमा पूर्वस्वीकृति नलिई सेयर स्वामित्व खरिद–बिक्री हुँदा उच्च पदस्थहरुले ‘सेटिङ’ गरेको दाबी केही व्यक्तिहरुले गरिरहेका छन् ।

एनसेल प्रकरणमाथि सरकार तथा सराेकारवाला निकायहरुले छानविन गरिरहेको सन्दर्भमा माथि उल्लेखित भिडियो सामग्री पोस्ट गरिएको छ । उक्त भिडियोमा भयानक सडक आन्दोलनको दृश्य देख्न सकिन्छ र एनसेल प्रकरणविरुद्धमा जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबी गरिएको छ ।

तथ्यजाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोलाई राम्ररी नियाल्यौँ । भिडियोमा Euro News लेखिएको एउटा लोगो देख्न सकिन्छ । उक्त लोगोलाई हामीले युट्युबमा सर्दा गर्दा Euronews नामक युट्युब च्यानल फेला पर्‍यो ।

फेला परेको च्यानलमा एक महिनाअघि अर्थात् २३ नोभेम्बर २०२३ मा एउटा भिडियो पोस्ट गरिएको देखिन्छ । उक्त भिडियोको शीर्षक छ- ‘Clashes in Nepal: crowd faces Riot Police in Kathmandu demanding restoration of the monarchy’

युट्युबमा फेला परेको प्रस्तुत भिडियो त्यही भिडियोको मूल अंश हो, जसलाई माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको छ । फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने एनसेल प्रकरणविरुद्धमा जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो फरक सन्दर्भको हो । 

गत मंसिर (२०८०) ७ गते काठमाडौँ उपत्यकामा दुईवटा छुट्टाछुट्टै सडक प्रदर्शन भएका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन बल्खुमा र नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको प्रदर्शन तीनकुनेमा आयोजना गरिएको थियो । 

दुर्गा प्रसाईंले नेतृत्व गरेका प्रदर्शनकारीहरु सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरी भीड नियन्त्रण गरिएको थियो । 

भीड बल्खु सडकबाट कुलेश्वर-kकालीमाटीतर्फ जान खोजेपछि सुरक्षार्थ तैनाथ प्रहरीले १ सय ५७ सेल अश्रुग्यास, ५ राउन्ड रबरका गोली, वाटर क्याननका दुई वटा गाडीबाट पानीका फोहरा प्रहार गरी भीडलाई रोकेको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेका प्रदर्शनकारीहरु र प्रहरीबीच भएको झडपको दृश्यलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष

एनसेल प्रकरणविरुद्धमा सडकमा आक्रमक जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबी भ्रामक छ । फरक सन्दर्भको भिडियोलाई एनसेल प्रकरणसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, epaper.ekantipur
भिडियो, Euronews  


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage