Tuesday, May 13, 2025

Fact Check

Fact Check: क्रिष्टियानो रोनाल्डोले जाजरकोट भूकम्प पीडितलाई ७ मिलियल डलर सहयोग गरेका हुन्? पढ्नुहोस् वास्तविकता

Written By Aakash Chhetri
Nov 9, 2023
banner_image

Claim

image

Fact

image

दाबी: जाजरकोट भूकम्प पीडितका लागि क्रिष्टियानो रोनाल्डोले ७ मिलियल डलर सहयोग गरेका छन् । 
तथ्य: पूराना र फरक सन्दर्भका समाचारलाई आधार बनाउँदै भ्रमपूर्ण दाबी सामाजिक संजालमा फैलाइएको पाइयो । 

जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर भूकम्प गएपछि सामाजिक संजालमा विभिन्न खालका दाबीहरू फैलिरहेका छन् । यही क्रममा विश्वप्रशिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोसँग जोडिएका केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । उक्त सामग्रीमा जाजरकोट भूकम्प पीडितका लागि रोनाल्डोले ७ मिलियल डलर सहयोग गरेको दाबी गरिएको छ ।

Sandeep Sunuwar Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा क्रिष्टियानो रोनाल्डोको तस्बिर देख्न सकिन्छ । साथै उक्त सामग्रीमा एउटा समाचार लिंक पनि राखिएको छ र समाचारको शिर्षकमा रोनाल्डोले नेपाललाई ७ मिलियन डलर सहयोग गरेको जानकारी दिइएको छ ।

प्रस्तुत दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ- ‘रोनाल्डोले नेपाल भूकम्प गएको पश्चिमको लागि ७ मिलियन हाल्देको त देख्नै भयो होला, साथीहरू रोनाल्डो भनेको एउटा सच्चा खेलाडी हो र रोनाल्डोको हेटरहरुले हेर नेपाललाई कति माया गर्छ रोनाल्डोले । आइ लभ यु आइडल ।’

तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ४५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १६ सयभन्दा बढी प्रतिक्रिया आइसकेको उक्त भिडियोलाई करिब ४ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

प्रस्तुत तथ्यांकबाट के प्रष्ट हुन्छ भने जाजरकोट भूकम्प र क्रिष्टियानो रोनाल्डोसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । आगामी दिनमा झनै व्यापकरुपमा फैलिनसक्ने यो दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियोसहितको सामग्रीमा जाजरकोट भूकम्प पीडितका लागि क्रिष्टियानो रोनाल्डोले ७ मिलियल डलर सहयोग गरेको दाबी गरिएको छ । प्रस्तुत दाबीसँगै एउटा समाचारको शिर्षक पनि देख्न सकिन्छ । उक्त समाचारको शिर्षकमा क्रिष्टियानो रोनाल्डोले नेपाललाई ७० मिलियन डलर सहयोग गरेको जानकारी दिइएको छ । 

प्रस्तुत दाबीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले उक्त समाचारको शिर्षक ‘Cristiano Ronaldo reportedly donates $7 mln to Nepal’ लाई गुगल लेन्समा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप english.alarabiya.net संचार माध्यममा पोस्ट गरिएको समाचार फेला पर्‍यो ।

१० मे २०१५ मा पोस्ट गरिएको प्रस्तुत समाचारमा रोनाल्डोले नेपालमा महाभूकम्पपछि सेभ द चिल्ड्रेनलाई ७ मिलियन डलर सहयोग गरेको जानकारी दिइएको छ । ‘सो फुट’ भनेर चिनिने फ्रान्सेली फुटबल म्यागजितलाई उदृत गर्दै प्रकाशित गरिएको उक्त समाचारमा  त्यो बेला पुष्टि हुन नसकेको पनि जानकारी दिइएको छ । 

२०१५ अप्रिलमा नेपालको गोरखा जिल्लालाई केन्द्रबिन्दू बनाएर महाभूकम्प गएको थियो । उक्त महाभूकम्पका कारण करिब १० हजार मानिसले ज्यान गुमाएका थिए भने २१ हजारभन्दा बढी मानिस घाइते भएका थिए । यही महाभूकम्प गएको सन्दर्भमा क्रिष्टियानो रोनाल्डोले नेपालका लागि सेभ द चिल्ड्रेनलाई ७ मिलियन डलर सहयोग गरेको समाचार प्रकाशित भएको थियो ।

आठ वर्ष पूरानो प्रस्तुत समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर ३ नोभेम्बर २०२३ मा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।  उक्त भूकम्पका कारण जाजरकोट जिल्लामा १०५ र पश्चिम रुकुम जिल्लामा ५२ जनाको ज्यान गुमाएका छन् ।

यही सन्दर्भमा हामीले गुगलमा ‘Nepal Earthquake Victims’ ‘Ronaldo’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । bleacherreport.com, pinkvilla.com लगायतका संचार माध्यममा रोनाल्डोले नेपालका लागि गरेको आर्थिक सहयोगसँग सम्बन्धित सामग्री प्रकाशित गरिएको छ । तर, यी कुनैपनि सामग्री जाजरकोट भूकम्पसँग सम्बन्धित छैनन् । अर्कोतर्फ क्रिष्टियानो रोनाल्डोले जाजरकोट भूकम्प पीडितका लागि ७ मिलियन डलर सहयोग गरेको भन्ने दाबी कुनैपनि तथ्यबाट प्रमाणित भएन । 

निष्कर्ष

विश्वप्रशिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले जाजरकोट भूकम्प पीडितलाई ७ मिलियन डलर सहयोग गरेको भन्ने दाबी भ्रामक छ । पूराना र फरक सन्दर्भका समाचारलाई आधार बनाउँदै भ्रमपूर्ण दाबी सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, english.alarabiya.net 
तथ्यांक, academia.edu
समाचार, bleacherreport.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage