Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: रास्वपा उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेको फेसबुक स्ट्याटस जस्तो देखिने सामग्री, जसमा ‘सिमानाको विषय उठाएर भारतसँग निहुँ खोज्नु मूर्खता हो’, ‘भारत भनेको नेपालको भाग्यविधाता हो’, ‘रास्वपा पूर्णरूपले भारतको हितको लागि वफादार छ’ जस्ता वाक्यांश लेखिएको छ ।
तथ्य: वाग्लेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यस्तो कुनै पनि विचार सार्वजनिक गरेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेको फेसबुक स्ट्याटस जस्तो देखिने सामग्री सामाजिक संजालमा फैलिरहेको छ ।
भारत र चीनले ३ भदौ २०८२ मा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा खोल्ने सहमति गरेका थिए । उक्त सहमतिको विरोध नेपालमा व्यापक रूपमा भइरहेका बेला, डा.वाग्लेको नाममा बनाइएका सामग्रीहरू तीव्र गतिमा भाइरल भएका छन् ।
सामाजिक संजालमा वाग्लेको तस्बिरसहित उनको नाममा ‘सिमानाको विषय उठाएर भारतसँग निहुँ खोज्नु मूर्खता हो’, ‘भारत भनेको नेपालको भाग्यविधाता हो’, ‘रास्वपा पूर्णरूपले भारतको हितको लागि वफादार छ’ जस्ता वाक्यांश जोडेर पोस्ट गरिएको देखिन्छ ।

Neem Chand लगायतका अनेक फेसबुक आइडी र पेजहरुमा पोस्ट गरिएको सामग्रीमा डा.स्वर्णिम वाग्ले तस्बिर देख्न सकिन्छ । वाग्लेको तस्बिरसँगै देखिएको छ-
‘मेरो कुरालाई लिएर सामाजिक संजालमा भारत र नेपाल को सिमानाको विषयमा अनेक भ्रम छर्ने काम भइरहेको छ, सिमानाको कुरा गरेर भारतसँग निहुँ खोज्नु हाम्रो मुर्खता हो, भनेर मैले भन्दा नेपाली मुर्खहरुलाई किन टाको दुःख, भारत भनेको नेपालको भाग्यविधाता नै हो कोही रिजुन पर्दैन, रास्वपा पूर्णरुपले भारतको हितको निम्ति बफादार छ, जस्ले जे भने नि भन्नु !’
डा.स्वर्णिम वाग्लेको फेसबुक स्ट्याटस जस्तो देखिने सामग्रीको जाँच गर्यौँ । तर जाँचका क्रममा वाग्लेको फेसबुक स्ट्याटस जस्तो देखिने सामग्री हामीले भ्रामक रहेको पायौँ ।
भारत र चीनले ३ भदौ २०८२ मा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा खोल्ने सहमति गरेका थिए । उक्त सहमतिको नेपालमा तीव्र विरोध भइरहेको छ । यही बेला रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नाम प्रयोग गरेर विभिन्न दाबीहरू सामाजिक संजाल भाइरल भइरहेका छन् ।

यही सन्दर्भमा २६ अगस्ट २०२५ मा स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक फेसबुक पेज Swarnim Waglé मा एउटा खण्डन भिडियो पोस्ट गरेका छन् । भिडियोमा वाग्लेले आफ्नो बारेमा फेक सामग्री बनाएर सामाजिक संजालमा फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
अर्कोतर्फ १० भदौ २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूभाग भएको प्रष्ट पार्दै सरकारसँग यस विषयमा स्पष्ट र दृढ भूमिका लिन माग गरेको छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अंश हो भन्ने विषयमा रास्वपा हिमालझै अडिग छ। यसमा ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाण निर्विवाद छन्,’ विज्ञप्तिमा उल्लेख छ ।
जाँचका क्रममा डा.स्वर्णिम वाग्ले आफ्नो आधिकारीक फेसबुक पेजमा ‘सिमानाको विषय उठाएर भारतसँग निहुँ खोज्नु मूर्खता हो’, ‘भारत भनेको नेपालको भाग्यविधाता नै हो’, ‘रास्वपा पूर्णरूपले भारतको हितको निम्ति वफादार छ’ भन्ने वाक्यांश र भावसहितको स्ट्याटस लेखेको पाइएइन ।
डा. स्वर्णिम वाग्लेको नाममा बनाइएका फेसबुक स्ट्याटस जस्तो देखिने सामग्री भ्रामक भएको पुष्टि भयो । वाग्लेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यस्तो कुनै पनि विचार सार्वजनिक गरेका छैनन् । बरु, उनले सार्वजनिकरूपमा भिडियो जारी गर्दै आफ्नो नाममा फेक सामग्री बनाइएको भन्दै खण्डन गरेका छन् र जनतालाई भ्रममा नपर्न अपिल गरेका छन् ।
डा. स्वर्णिम वाग्ले फेसबुक पेज, swarnim.wagle
रास्वपा विज्ञप्ति, Rastriya Swatantra Party – RSP