Wednesday, May 14, 2025

Fact Check

Fact Check: संसद्‍को पुरानो भिडियोमा जोडियो भ्रामक दाबी, कांग्रेसका नेता पक्राउ परेपछि संसद् अवरुद्ध भएको हो ?

Written By Aakash Chhetri
Oct 15, 2024
banner_image

Claim

image

Fact

image

दाबी: कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबी (भिडियो)
तथ्य: पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

संसद् भवनभित्रको एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ । कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍‌भित्र हंगामा मच्चिएको दाबी गरिएको छ । 

Kapil_khadka नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली कांग्रेसका सांसद र मर्यादापालकहरुबीच रोष्टम अगाडि असहज परिस्थिति सृजना भएको देखिन्छ ।  साथै भिडियोमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  रोष्टमतर्फ अगाडि बढिरहेको दृश्य देख्न सकिन्छ । 

१४ अक्टोबर २०२४ (एक दिनअघि) पोस्ट गरिएको प्रस्तुत भिडियोमा सभामुख देवराज घिमिरेले मर्यादापालकहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको आवाज सुन्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘रविको खेदो खन्दा कांग्रेसका ४ ठुला नेता पक्राउ परेपछि, सहकारी काण्डले संसद्‍मा मच्चियो हंगामा ।’

दाबीसहितको भिडियोलाई ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब एक सय प्रयोगकर्ताले सेयर गरेको भिडियोमा ३ सयभन्दा बढी प्रतिक्रिया आएको देखिन्छ । आगामी दिनमा दाबीसहितको भिडियोको फैलावट झनै पढ्ने देखिन्छ । 

के कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍‍भित्र हंगामा मच्चिएको हो त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भिडियोको जाँचका क्रममा हामीले ‘पुष्पकमल दाहाल प्रचण्ड भाषण’ ‘संसद अवरोध’ लगायतका वाक्यांशहरुलाई सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप प्रतिनिधि सभाको वेबसाइटमा राखिएको भिडियो फेला पर्‍यो ।  

संसदको वेबसाइट hr.parliament.gov.np मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ-  ‘प्रतिनिधि सभा बैठक, २०८१ जेठ ८ गते, मंगलबार बिहान ११ः०० बजे / सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गर्नुभएका सम्बोधनको प्रति टेबुल गर्नुहुँदै ।’ 

फेला परेको भिडियोकै एउटा दृश्यलाई दाबीसहित सामाजिक संजालमा फैलाइएका पाइयो । तर, भिडियोको वास्तविक सन्दर्भलाई तोडमोड गरी भ्रामक दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

भिडियोको सन्दर्भलाई थप जाँच गर्दा ८ जेठ २०८१ मा बोलाइएको प्रतिनिधि सभा बैठक सत्तापक्ष र प्रतिपक्षको विवादले अवरुद्ध भएको जानकारी फेला पर्‍यो । तत्काली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । 

यही सन्दर्भमा कांग्रेसले छानबिन समितिको कार्यक्षेत्र तयार नभएसम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्‍यो । यस बैठकमा प्रस्ताव प्रस्तुत भइरहँदा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने वेल घेराउ र नाराबाजी गरिरहेको थियो  ।

यो घटनाको भिडियोलाई Setopati ले ‘आज पनि मर्यादापालकले घेरा हालेर रोष्ट्रममा पुर्याए प्रधानमन्त्रीलाई, कांग्रेसको अवरोध कायमै’ शिर्षकमा पोस्ट गरेको छ ।

कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबीसहित पोस्ट गरिएको भिडियो वर्तमान राजनीतिक घटनासँग सम्बन्धित छैन ।

​​निष्कर्ष

कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबी भ्रामक छ । दाबीसहितको भिडियो पोस्ट भएयता संघीय संसद्‍को कुनैपनि सदनमा बैठक बसेकझ छैन । पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, hr.parliament.gov.np
समाचार, setopati.com
समाचार, himalkhabar.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage