Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्लभ पार्किन्सन्स रोग लागेको पुष्टि भएको छ ।
तथ्य: प्रचण्डलाई पार्किन्सन रोग लागेको, वरिष्ठ न्युरो सर्जनले दुर्लभ रोग पुष्टि गरेको वा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने दाबी पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण फेला परेन ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सम्बन्धित जानकारीहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता जानकारीमध्ये केही पोस्टहरुमा ‘प्रचण्डलाई पार्किन्सन रोग लागेको’ जानकारी दिइएको छ ।
Mahan Nepal फेसबुक पेजमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड पत्ता नलाग्ने रोगले थलिएको दाबी गरिएको छ । ४ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा फेसबुक प्रयोगकर्ताले दिएको जानकारीको अंश यस्तो छ-
‘…प्रचण्डलाई अहिले पत्तै नलाग्ने रोगले थलिएर हस्पिटलमा भर्ना भएका छन्, जसरी प्रचण्डको श्रीमती सीता दाहाललाई अहिलेसम्म कुनैपनि रोगको पत्ता नलागेर मृत्यु भएको छ, त्यसैगरी त्यही सेम रोग अहिले प्रचण्डलाई लागेको छ…’

त्यस्तै अध्येता थापा नामक फेसबुक आइडीमा प्रचण्डको तस्बिर देखिने एउटा पोस्टर जोडिएको छ । साथै डाक्टरले प्रचण्डलाई दुर्लभ पार्किन्सन्स रोग लागेको पुष्टि गरेको दाबी गरिएको छ ।
३० मे २०२६ मा पोस्ट गरिएको पोस्टरको क्याप्सनमा लेखिएको छ- ‘वरिष्ठ न्युरो सर्जन डा. सञ्जीव बोहराका अनुसार तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई दुर्लभ पार्किन्सन्स रोग लागेको पुष्टि भएको छ ।’

अर्कोतर्फ jaynepal622 नामक टिकटक आइडीमा एक कदम अगाडि बढेर पुष्पकमल दाहाल ‘प्रचण्ड’बारेको जानकारी पोस्ट पोस्ट गरिएको छ । उक्त पोस्टमा प्रचण्डले अस्पतालमा जाँच गराइरहेको तस्बिर जोडेर उनीप्रति श्रद्धान्जली अर्पण गरिएको छ ।

१६ जेठ २०८३ मा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई अस्पताल भर्ना गरिएको थियो । उनको सचिवालयले संचार माध्यमलाई दिएको जानकारी अनुसार ज्वरो, रुघाखोकी र श्वासप्रश्वास सासम्या बढेपछि प्रचण्डलाई मेडिसिटी अस्पताल पुर्याइएको हो ।
प्रचण्ड अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य सम्बन्धी अनेक जानकारीहरु सामाजिक संजालमा फैलाइएको पाइयो, जसमा उनलाई ‘पार्किन्सन रोग लागेको’ दाबी पनि एक हो । यद्यपी, मेडिसीटी अस्पतालमा भर्ना भएको केही दिनमै, २० जेठ २०८३ मा प्रचण्ड डिस्चार्ज भइसकेका छन् ।

दाबीको जाँचका क्रममा सबैभन्दा पहिले, प्रचण्ड भर्ना भएको अस्पतालले दिएको जानकारीहरु खज्यौँ । ३१ मे २०२६ मा प्रचण्डको स्वास्थ्यबारे नेपाल मेडिसिटी अस्पताल (Nepal Mediciti) विज्ञप्ति जारी गरेको पाइयो ।
अस्पतालको विज्ञप्तिमा ‘पूर्वप्रधानमन्त्री प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण’ देखिएको जानकारी दिइएको छ । साथै उनको स्वास्थ्य अवस्था स्थिर रहेको, उपचारमा सकारात्मक प्रतिक्रिया देखिएको जानकारीसमेत विज्ञप्तिमार्फत् दिइएको थियो ।
अर्कोतर्फ अस्पतालले प्रचण्डलाई पार्किन्सन रोग लागेको जानकारीलाई पुष्टि गरेको पाइएन । अर्कोतर्फ प्रचण्डकी श्रीमती स्वर्गीय सीता दाहाललाई पार्किन्सनसँग मिल्दोजुल्दो रोग लागेको जानकारी सत्य हो ।
निधनअघि सीता दाहाल लामाे समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन् । यद्यपी, यो सरुवा रोग होइन, यो दुर्लभ न्युरोडिजेनेरेटिभ अर्थात् मस्तिष्कका स्नायु कोषहरू क्रमशः क्षति हुने रोग हो, जसले हिँडडुल, सन्तुलन, आँखाको चाल, बोलाइ र निल्नेजस्ता कार्यहरूमा असर गर्छ ।

अर्कतर्फ दाबीसहितका पोस्टहरुमा वरिष्ठ न्युरो सर्जन डा.सञ्जीव बोहरा प्रचण्डलाई दुर्लभ पार्किन्सन्स रोग लागेको पुष्टि गरेको जानकारी दिइएको छ । तर, वरिष्ठ न्युरो सर्जनका रुपमा ‘डा.सञ्जीव बोहरा’को नाम आधिकारिक रुपमा पुष्टि भएन । यस्तो कुनै नाम भएका वरिष्ठ न्युरो सर्जनले प्रचण्डको स्वास्थ्यबारे कुनै अभिव्यक्ति दिएको पाइएन ।
त्यस्तैगरी जाँचका क्रममा प्रचण्डको पुरानो तस्बिर जोडेर उनलाई श्रद्धान्जली अर्पण गरिएको पाइयो । तर, प्रस्तुत तस्बिर वर्तमान सन्दर्भसँग सम्बन्धित छन् ।
मे २०२४ मा तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेका थिए । सोही सन्दर्भमा खिचिएको तस्बिरलाई फरक सन्दर्भमा पोस्ट मात्र गरिएको छैन, गलत दाबीलाई सामाजिक संजालमा फैलाइएको पाइयो ।

फेला परेका तथ्य जानकारीहरुबाट के पुष्टि हुन्छ भने प्रचण्डको स्वास्थ्य सम्बन्धी सामाजिक संजालमा फैलाइएका दाबीहरु गलत र अपुष्ट छन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्किन्सन रोग लागेको, वरिष्ठ न्युरो सर्जनले दुर्लभ रोग पुष्टि गरेको वा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने दाबी पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण फेला परेन । अस्पतालले उनलाई सामान्य निमोनियाको संक्रमण भएको जनाएको छ र उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । साथै, सामाजिक संजालमा प्रयोग गरिएका केही तस्बिरहरू पुराना र सन्दर्भविहीन छन् । त्यसैले प्रचण्डको स्वास्थ्यबारे फैलाइएका यस्ता दाबीहरू गलत तथा अपुष्ट छन् ।
विज्ञप्ति, Nepal Mediciti)
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी, mayoclinic.org
तस्बिर, Clickmandu
समाचार, radionepalonline.com
समाचार, ratopati.com
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
April 28, 2026

Aakash Chhetri
October 15, 2024

Aakash Chhetri
July 15, 2024