Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी (संसद्को रोष्टममा बोलको दृश्यसहित)
तथ्य: हास्य कलाकारले दिएको प्रस्तुततीजन्य आजावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा बोलिरहेको भिडियोसँग जोडिएको पाइयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
SURESH_DHAMI_SANGAM नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि सभा (संसद)को रोष्टममा उभिएर सम्बोधन गरिरहेका छन् । सोही भिडियोमा रहेको जोडिएको प्रधानमन्त्रीको आवाजमा भनिएको छ-
‘निर्वाचन २०८९ मा धेरै ठाँउमा हामीलाई हलाले जोत्यो र कतिपय ठाँउमा हामी घण्टीद्वारा बजायौँ, यो तथ्य हामीसामु छर्लङ्गै छ । तथापी धेरै मान्छेहरुले भन्ने गर्छन् कि प्रचण्ड जाडो भरी सूर्यसँग र गर्मी लाग्यो भने रुखसँग एकता गर्छ, चिज त्यति सजिलो छैन। अहिलेको सूर्य पनि बढो रापिलो र त्यजिलो छ । रुखमा पनि फकाएर रुखमा चढाउने पछि फेद काट्ने प्रवृत्ति झाङ्गिदै गएको म चाल पाउँछु के । त्यस्तो जटिल परिस्थितिको तँ कसरी सामना गर्छस् भन्छन्, दया भाव कसैले राख्या छैनन् । अरु त म के भनु अहिलेको परिस्थितिमा रबिजीले जति अरु कसैले बुझेको छैनन् । उहाँले संसद्मा उभिएर मतदातालाई धन्यवाद दिन पनि भ्याउनु भो ।’
त्यसैगरी सोही अडियोबाट अन्य भिडियोहरु पुनर्उत्पादन गरिएको छ । उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिनेक्रम जारी ।
प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर उल्लेखित अभिव्यक्ति दिएका हुन् त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्यको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेका भिडियोहरु खोज्यौँ ।
जाँचको नतिजास्वरुप Onlinetv Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको दृश्यमा समानता देख्न सकिन्छ । यसबाट दाबीसहितको पोस्टमा जोडिएको दृश्य र युट्युबमा फेला परेको भिडियो एउटै सन्दर्भका हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
एक महिनाअघि अर्थात् २० मार्च २०२४ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिइरहेको दृश्यसमेत देख्न सकिन्छ ।
६ चैत २०८० मा बसेको प्रतिनिधिसभा बैठक सांसद प्रधानमन्त्रीबीच प्रश्नोत्तर भएको थियो । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का क्रममा सांसदहरुले सोधेका विभिन्न १३ प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । उक्त प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएका छैनन् ।
प्रस्तुत तथ्य फेला परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जस्तै आवाजमा बोलिएको अडियो कहाँबाट आयो भन्ने प्रश्न उठ्छ । अडियो जाँचका क्रममा भिडियोमा जोडिएको आवाज प्रधानमन्त्रीको नरहेको तथ्य फेला पर्यो ।
जाँचका क्रममा OSR Reality युट्युब च्यानलमा पोस्ट गरिएको हास्य कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’को एउटा भाग फेला पर्यो । एक वर्षअघि अर्थात् १६ मार्च २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा हास्य ब्यङ्ग्य कलाकार सुवोध गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतको आवाज नक्कल गरिरहेका छन् ।
हास्य ब्यङ्ग्य कलाकारले दिएको प्रस्तुततीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा बोलिरहेको भिडियोसँग जोडेर सामाजिक संजालमा फैलाइएको तथ्य फेला परेका स्रोतहरुले प्रमाणित गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को रोष्टमबाट २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएका छैनन् । हास्य कलाकारको आवाजलाई फरक सन्दर्भको भिडियोसँग जोडेर भ्रामक सामग्री तयार पारिएको पाइयो ।
समाचार, swasthyakhabar
भिडियो, Onlinetv Nepal
भिडियो, OSR Reality
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
February 4, 2025
Aakash Chhetri
January 30, 2025
Aakash Chhetri
October 15, 2024