Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पक्राउ’ परेको र गृहमन्त्री सुदन गुरुङले ‘उनको घरमा छापा’ मारेको दाबी ।
तथ्य: यो तथ्यजाँच तयार पार्दासम्म पूर्वप्रधानमन्त्री प्रचण्ड पक्राउ परेका छैनन्, उनको घरमा छापा मारिएको वा ठूलो रकम बरामद भएको दाबी आधिकारिक प्रमाणबाट पुष्टि भएको छैन ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित केही पोस्टहरु टिकटकमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा नेकपा संसदीय दलको नेतासमेत रहेका ‘पूर्वप्रधानमन्त्री प्रचण्ड पक्राउ’ परेको र गृहमन्त्री गुरुङले ‘उनको घरमा छापा’ मारेको दाबी गरिएको छ ।

Kuber Neupane नामक फेसबुक फेजमा पोस्ट गरिएको भिडियोमा, सुरुमै गृहमन्त्री सुदन गुरुङ देखिने दृश्य जोडिएको छ । साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’को जस्तै आकृति पक्राउ गरिएको तस्बिरसमेत भिडियोमा जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘गृहमन्त्री सुधन गुरुङले मारे प्रचण्डको घरमा छापा, प्रचण्डको घरमा भेटियो ५१ अर्ब पैसा, भर्खर प्रचण्डलाई घरबाटै थुतेर पक्राउ’ ।
२ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियोमा ३ हजार ६ सय फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै १ लाख २५ हजारभन्दा बढी पटक हेरिएको दाबीसहितको सामग्री अन्य सामाजिक संजालमा पनि फैलिरहेको छ ।

Ramnathrai52 नामक टिकटक आइडीमा सोही पोस्टर र भिडियो सामग्री पोस्ट गरिएको पाइयो । ९ अप्रिल २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई २६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेका छन् । त्यस्तै करिब दुई हजार पटक सेयर भइसकेको भिडियोलाई लाखौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
NAYAK नामक टिकटक आइडीमा पनि उस्तै दाबीसहितको सामग्री पोस्ट गरिएको पाइयो । समाचार शैलीकमा रेकर्ड गरिएको अडियोमा विभिन्न अतिरंजित जानकारीहरुहरु जोडिएको भिडियोमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्राउ परेको दाबी गरिएको छ ।

यतिमात्र होइन, टिकटकमा सोही अडियोबाट यस्ता अन्य सामग्रीहरु पनि पुर्नउत्पादन हुने क्रम जारी छ । के पूर्वप्रधानमन्त्री प्रचण्ड पक्राउ परेको र गृहमन्त्री गुरुङले उनको घरमा छापा मारेको दाबीको सत्य के हो? दाबीसहितको भिडियोमा जोडिएको दृश्यको वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले, गृहमन्त्री सुदन गुरुङ देखिएको दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि ‘गृहमन्त्री सुदन गुरुङ’ ‘Homeminister Sudan Gurung’ वाक्यांश र रिभर्स इमेज सर्च गरियो, जसको नतिजास्वरुप फेला परेका गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित पछिल्ला भिडियोहरु एक-एकगरी नियाल्यौँ ।
Ratopati TV र ICT Frame युट्युब च्यानलहरुमा पोस्ट गरिएका भिडियोहरु फेला परे । क्रमश: १ अप्रिल २०२६ र २९ मार्च २०२६ मा पोस्ट गरिएका भिडियोमा देखिने सुदन गुरुङको दृश्य र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा समानता देखिन्छ ।
उपलब्ध जानकारीका आधारमा हामीले थप भिडियोहरु जाँच गर्यौँ । यही क्रममा Karobar National Economic Daily, Online Patrika र Sabaikopatrika Media Mirror News नामक फेसबुक पेजमा पोस्ट गरिएका थप भिडियो फेला परे । २९ मार्च २०२६ मा पोस्ट गरिएका भिडियोहरुसँगै गृहमन्त्री सुदन गुरुङ विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगेको जानकारी दिइएको छ ।
वास्तवमा, १५ चैत २०८२ मा गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पुगेर निरीक्षण गरेका थिए । पदभार सम्हाले लगत्तै गृहमन्त्री गुरुङले राजधानीका विभिन्न प्रहरी निकाय र विभिन्न कार्यालयहरुको निरीक्षण गरेका हुन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित दृश्यलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । थप जाँचका क्रममा युट्युबमा पोस्ट गरिएका केही भिडियोहरु फेला परे ।
यिनै भिडियोका थमनेलहरुलाई नै दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।

यिनै थमनेलमा प्रष्ट रुपमा ‘गृहमन्त्री सुधन गुरुङले प्रचण्डको घरमा छापा मारेको, प्रचण्डको घरमा ५१ अर्ब पैसा भेटिएको र प्रचण्ड पक्राउ परेको’ दाबी गरिएको छ । यस पोस्टरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा हतकडी लगाइको तस्बिरसमेत जोडिएको छ । तर यो तस्बिर एआईबाट जनरेटेड दृश्य रहेको पुष्टि हुन्छ ।

अर्कोतर्फ केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ल नेपालका तीन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डको सम्पत्ति सम्बन्धी अनुसन्धान अघि बढाएको समाचारहरु प्रकाशित भएका छन् । तर, प्रचण्ड पक्राउ परेको दाकी गलत छ ।
सार्वजनिक पदमा बसिसकेका कुनैपनि व्यक्तिको सम्पत्ति सम्बन्धी अनुसन्धान अघि बढ्नु छापा वा पक्राउ होइन, नियमित अनुसन्धान प्रक्रिया हो । यो तथ्यजाँच तयार पर्दैगर्दा प्रचण्डले ‘छानबिनका लागि तयार’ रहेको सन्देश जारी गरेका थिए । २८ चैत २०८ पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्राउ परेका छैनन् । गृहमन्त्री सुदन गुरुङ देखिएको भिडियो वास्तविक भए पनि त्यसलाई भ्रामक दाबीमा प्रयोग गरिएको छ । उक्त दृश्य १५ चैत २०८२ मा उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गरेको निरीक्षणसँग सम्बन्धित हो, यो दृश्य कुनै छापा वा पक्राउ कारबाहीसँग सम्बन्धित छैन । यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा छापा मारिएको वा ठूलो रकम बरामद भएको दाबी कुनैपनि आधिकारिक प्रमाणबाट पुष्टि भएको छैन । दाबीसहितको सामग्रीमा प्रयोग गरिएका केही तस्बिरहरु एआईबाट तयार पारिएका हुन् ।
समाचार, english.onlinekhabar.com
समाचार, nepalkhabar.com
समाचार, setopati.com
समाचार, shilapatra.com
भिडियो, Karobar National Economic Daily
भिडियो, Online Patrika
भिडियो, Sabaikopatrika Media Mirror News
भिडियो, Ratopati TV
भिडियो, ICT Frame
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
May 12, 2026

Aakash Chhetri
April 6, 2026

Aakash Chhetri
September 17, 2025