Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: प्रधानमन्त्री जस्तै देखिने आकृतिले रोहिङ्ग्या शरणार्थी र बंगलादेशीलाई नेपालबाट बाहिर गर्ने अभिव्यक्ति दिइरहेको छ ।
तथ्य: प्रधानमन्त्री सुशीला कार्कीको आकृति जोडिएको दृश्य एआई जनेरेटेड भएको पुष्टि हुन्छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा प्रधानमन्त्री जस्तै देखिने आकृतिले रोहिङ्ग्या शरणार्थी र बंगलादेशीलाई नेपालबाट बाहिर गर्ने अभिव्यक्ति दिइरहेको देख्न सकिन्छ ।
Jaynath.yadav98 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोको क्याप्सनमा ‘प्रधानमन्त्री सुशीला कार्कीको कडा निर्णय’ लेखिएको छ । साथै कार्की जस्तै देखिने आकृतिले भनेको छ- ‘नेपालबाट रोहिङ्ग्या शरणार्थी र बंगलादेशी सबैलाई बाहिर गर्नेछु, जय श्रीराम’ ।

पोस्ट भएको दुई दिनमै दाबीसहितको सामग्रीलाई २० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । प्रस्तुत सामग्री सामाजिक संजालमा द्रुत गतितमा फैलिरहेको देखिन्छ ।
के प्रस्तुत दृश्य प्रधानमन्त्री सुशीला कार्कीको कुनै अभिव्यक्ति र निर्णयसँग सम्बन्धित छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
रोहिंग्या शरणार्थीहरू म्यानमारको रखाइन राज्यका मुस्लिम समुदायका सदस्यहरू हुन्, जो नेपालमा प्रवेश गरी काठमाडौँ लगायतका क्षेत्रमा बसोबास गर्दै आएका छन् । सन् १९९० को दशकदेखि सुरु भएको प्रवेश सन् २०१२ पछि झनै बढ्यो । उनीहरु बंगलादेश र भारत हुँदै पूर्वी नेपाल र काठमाडौं प्रवेश गरेका थिए ।
नेपालमा रोहिंग्या शरणार्थीहरू गैर-औपचारिक रूपमा बसोबास गर्दै आएका छन् । नेपालमा रोहिंग्या बसोबास गर्ने-आउने संख्या निश्चित छैन । सरकारले उनीहरुलाई ‘शरणार्थी’ होइन ‘अवैध प्रवेशकर्ता / अप्रवासी’ को रुपमा हेर्छ ।
केही समयअघि बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको घटनाहरुसमेत सार्वजनिक भएका थिए । केही वर्षअघि
काठमाडौंमा रहेका रोहिंग्या शरणार्थीहरूले पुन:स्थापना माग गर्दै काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयोगको कार्यालयबाहिर प्रदर्शनसमेत गरेका थिए ।
यही सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की जस्तै देखिने आकृति जोडिएको दृश्य सामाजिक संजालमा पोस्ट गरिएको छ । तर यो वास्तविक नभई एआई जनेरेटेड दृश्य हो । विभिन्न डिपफेक (AI-जनरेटेड फेक कन्टेन्ट) पत्ता जाँच गर्ने टुलहरुले यसलाई एआई जनेरेटेड दृश्यका रुपमा चित्रित गरेका छन् ।
सुशीला कार्की नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्री हुन्, जसलाई सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनपछि नियुक्त गरिएको थियो । उनी प्रधानमन्त्री बनेयता रोहिङ्ग्या वा बंगलादेशी शरणार्थीहरूको निर्वासनबारे कुनै आधिकारिक अभिव्यक्ति दिएको कुनै प्रमाण छैन। उनी नेतृत्वको सरकार मुख्य रूपमा निर्वाचन तयारीमा केन्द्रीत देखिन्छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आकृति जोडिएको दृश्य एआई जनेरेटेड भएको पुष्टि भइसकेको छ । यससँग वास्तविक राजनीतिक निर्णयको कुनै सम्बन्ध छैन । प्रधानमन्त्री कार्की नेतृत्वको सरकार हाल मुख्य रूपमा निर्वाचन तयारीमा केन्द्रीत छ र रोहिंग्या वा बंगलादेशी शरणार्थीहरूको निर्वासनबारे कुनै आधिकारिक अभिव्यक्ति सार्वजनिक गरेको छैन ।
समाचार, bbc.com/nepali
समाचार, ekantipur.com
समाचार, ceslam.org
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
May 5, 2026

Aakash Chhetri
October 30, 2025

Aakash Chhetri
October 8, 2025