Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: टोपबहादुर रायमाझी पक्राउ परेपछि गृहमन्त्रीलाई रबि लामिछानेलाई ज्यानमार्ने धम्की आएको दाबी ।
तथ्य: पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको भिडियोलाई छाँटकाँट गरी वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेलेलाई ज्यान मार्ने धम्की आएको भन्दै एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । उक्त भिडियोमा रबि लामिछाने उच्च सुरक्षा घेरामा रहेको दृश्य जोडिएको छ ।
Kapil_brother नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक जना व्यक्तिले रवि लामिछानेलाई हिन्दी भाषामा धम्कीपूर्ण सन्देश दिएको अडियो जोडिएको छ । उक्त अडियोमा ती व्यक्तिले लामिछानेलाई २४ घण्टाभित्र ‘देखाइिदने’ धम्की दिएको सुन्न सकिन्छ ।
साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘गृहमन्त्री रबि लामिछानेलाई कडा सुरक्षा दिइएको छ । टोपबहादुर रायमाझी पक्राउ परेपछि रबि लामिछालेलाई मार्ने धम्की । २४ घण्टाभित्र ज्यान मार्ने धम्की दिनेको खोजी कार्य जारी ।’
के पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेपछि गृहमन्त्रीलाई रबि लामिछानेलाई ज्यानमार्ने धम्की आएको हो त ? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
२०८० वैशाखमा जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा संलग्नता रहेको आरोपसहित रायमाझीलाई पक्राउ गरिएको थियो ।
टोपबहादुर रायमाझी पक्राउ परेको एक वर्षपछि रबि लामिछानेलाई ज्यान मार्ने धम्की आएको दाबीसहितको भिडियो सामाजिक संजालमा फैलाइएको छ । भिडियोको जाँचका क्रममा यसका लागि हामीले ‘रवि लामिछाने’, ‘ज्यान मार्ने धम्की’ ‘कमल न्यौपाने’ लगायतका अनेक वाक्यांशहरू फेसबुक लगायतका सामाजिक संजालमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप पाँच वर्षअघि फेसबुकमा पोस्ट गरिएको एउटा सामग्री फेला पर्यो । २८ नोभेम्बर २०१८ मा देश बिदेशका अनलाइन खबर नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त सामग्री र माथि उल्लेखित दाबीसहितको सामग्री हुबहु मिल्दो छ ।
फेला परेको भिडियोमा न्युज २४ टेलिभिजनको लोगो देख्न सकिन्छ । त्यसैगरी उक्त भिडियोमा सुनिने आवाज ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका तत्कालीन रिपोर्टरसँग मिलेको छ । यही आधारमा हामीले २०१८ नोभेम्बरमा प्रशारित ‘सिधा कुरा जनतासँग’ टिभी कार्यक्रमका श्रृंखलाहरुको जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप News24 Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रमको श्रृंखला नम्बर ३०६ फेला पर्यो । पाँच वर्षअघि अर्थात् २७ नोभेम्बर २०१८ मा पोस्ट गरिएको उक्त श्रृंखलाको शीर्षक छ- ‘रविलाई २४ घण्टामा ज्यान मार्ने धम्की, प्रोफेसर भट्टचार्यकी वकिल अब सानिमायाकै पक्षमा ।’
पाँच वर्षअघि रवि लामिछाने न्युज २४ टेलिभिजनमा प्रशारण हुने तत्कालीन ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोता थिए । सोही समय रवि लामिछानेले कमलकुमार न्यौपाने नामक व्यक्तिबारे सामग्री तयार पारेर ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा प्रशारण गरेका थिए ।
युट्युबमा फेला परेको रिपोर्ट अनुसार प्रमाण बिना आफूबारे सामग्री तयार पारेर टेलिभिजनमा प्रशारण गरेको भन्दै कमलकुमार न्यौपाने आक्रोशित हुन्छन् र उनले अर्कै व्यक्तिलाई फोन दिन्छन् । कमलकुमार न्यौपानेले फोन हस्तान्तरण गरेका व्यक्तिले हिन्दी भाषामा रवि लामिछानेलाई धम्की दिएका छन् । यो धम्की आएको समय रबि लामिछाने न गृहमन्त्री थिए, न टोपबहादुर रायमाझी पक्राउ नै परेका थिए ।
पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको भिडियोलाई छाँटकाँट गरी वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । टोपबहादुर रायमाझी पक्राउ परेपछि गृहमन्त्रीलाई रबि लामिछानेलाई ज्यानमार्ने धम्की आएको दाबी भ्रामक छ ।
भिडियो, देश बिदेशका अनलाइन खबर
भिडियो, News24 Nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
February 4, 2025
Aakash Chhetri
November 15, 2024
Aakash Chhetri
September 12, 2024