Monday, May 19, 2025

Fact Check

Fact Check: प्याउली फूलको सेवनले महिलालाई स्तन क्यान्सरबाट जोगाउँछ? 

banner_image

दाबी: प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी ।
तथ्य: प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । यस बिरुवाको सम्भावित स्वास्थ्य लाभ र औषधीय गुणहरूमाथि भएका अनुसन्धानहरु सीमित छन् । 

ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर)सँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी गरिएको छ । 

Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्याउली फूलेको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा प्याउली फूललाई स्तन क्यान्सरबाट बचाउने फूलका रुपमा प्रस्तुत गरिएको छ । 

भिडियोमा जोडिएको अडियोमा पनि यही प्रकारको दाबी सुन्न सकिन्छ । उक्त अडियोमा एक व्यक्तिले भनेका छन्,‘आजभोलि महिला दिदी बहिनीहरुमा ब्रेस्ट क्यान्सरको समस्या बढिरहेको अवस्थामा तपाईंहरु सुरक्षित बस्नको लागि म एउटा राम्रो टिप्स दिँदैछु । यो मैले देखाइराको जाइफल जस्तो देखिने प्याउली फूल हो, यो जंगलतिर प्रशस्त मात्रामा पाइन्छ । तपाईंले यो फूललाई ल्याएर चिया बनाएर खाने गर्नुस् र यसको फूल, पात र जरालाई कुटेर लेप बनाएर तपाईंको ब्रेस्टमा आएको गाँठागुठीमा लगाउनुस् । ३५ दिन लगाएर हेर्नुहोला तपाईको चट्टै निको हुन्छ ।’ 

स्तन क्यान्सरसँग सम्बन्धित प्रस्तुत दाबी अत्यन्तै गम्भिर र संवेदनशील देखिन्छ । के प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सर जस्तो गम्भिर समस्या निदान होला त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

प्याउली फूलको चिया पिउनाले स्तन क्यान्सरबाट बच्न सकिन्छ वा यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन । केही बोटबिरुवा र जडीबुटीहरूमा क्यान्सर-रोधी गुणहरूसहित सम्भावित स्वास्थ्य लाभहरू हुन सक्ने यौगिकहरू हुन्छन् तर यसलाई सावधानीपूर्वक अपनाउन आवश्यक छ ।

प्याउली फूल (Reinwardtia Indica) भारतीय उपमहाद्वीपको मूल निवासी फूल फुल्ने वनस्पति हो । सामान्यतया हिमालय क्षेत्रका साथै पश्चिमी घाट र अन्य पहाडी क्षेत्रहरू सहित भारतका विभिन्न भागहरूमा यो फूल पाइन्छ ।

​​स्तन क्यान्सर एक घातक ट्युमर हो, यो रोग स्तनका कोशिकाहरुमा उत्पन्न भएर बल्झिने गर्दछ । यो रोग तब घातक हुन्छ, जब स्तनमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । यसका लागि स्क्रिनिङ मार्फत प्रारम्भिक पहिचान र समयमै चिकित्सा उपचार आवश्यक छ ।

स्तन क्यान्सर सामान्यत: निको नहुने रोग मानिन्छ तर प्रारम्भिक रुपमै पहिचान हुन सके यसको जोखिम टर्न पनि सक्छ । अमेरिकन क्यान्सर सोसाइटी वेबसाइटका अनुसार प्रारम्भिकमै उपचार पाएका महिलाहरूमा निदानपछि कम्तिमा पाँच वर्ष बाँच्ने उच्च दर रहेको देखिन्छ । यद्यपि, स्तन क्यान्सर बढ्दै जाँदा, रोगीको बाँच्ने दर पनि घट्दै जान्छ । 

प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । यस बिरुवाको सम्भावित स्वास्थ्य लाभ र औषधीय गुणहरूमाथि भएका अनुसन्धानहरु सीमित छन् । 

यदि कोही स्तन क्यान्सर रोकथाम वा कुनै अन्य स्वास्थ्य-सम्बन्धित मुद्दाहरूको बारेमा चिन्तित हुनुहुन्छ भने, चिकित्सा इतिहास र व्यक्तिगत परिस्थितिहरूमा आधारित व्यक्तिगत सल्लाह प्रदान गर्न सक्ने योग्य स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ ।

निष्कर्ष

प्याउली फूलको चिया पिउनाले स्तन क्यान्सरबाट बच्न सकिन्छ वा यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन । प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, cancer.org 
जानकारी, flowersofindia.net
रिपोर्ट,.thip.media


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage