HomeFact CheckFact Check: भारतीय विद्यार्थीले हप्तामै १५ किलो तौल घटाउने औषधि पत्ता लगाएका...

Fact Check: भारतीय विद्यार्थीले हप्तामै १५ किलो तौल घटाउने औषधि पत्ता लगाएका हुन्? 

दाबी: भारतका एक विद्यार्थीले केमिकल, उपवास वा व्यायाम बिना एक हप्तामा १५ किलोग्राम तौल घटाउने औषधि पत्ता लगाएका छन् । 
तथ्य: स्मार्टडाइट नामक औषधिको आधिकारिकताबारे कुनै प्रमाण फेला पारेनन् । मोटोपना घटाउने र तीन महिनामा मानिसलाई स्लिम बनाउने स्मार्टडाइट नामक औषधिको अस्तित्वबारे गलत दाबी
गरिएको पाइयो । 

सामाजिक संजाल तथा इन्टरनेट मानव स्वास्थ्य र औषधिसँग सम्बन्धित एउटा विज्ञापन फेला परेको छ । उक्त विज्ञापनमा भारतका एक विद्यार्थीले केमिकल, उपवास वा व्यायाम बिना एक हप्तामा १५ किलोग्राम तौल घटाउने औषधि पत्ता लगाएकाे दाबी गरिएको छ ।

एउटा वेबपेजमा फेला परेको उक्त विज्ञापनमा विभिन्न मानिस तथा मुसाका तस्बिरहरु राखिएको छ । साथै स्मार्टडाइट (SmartDiet) नामक औषधिले एक हप्तामा १५ किलो तौल घटाएको दाबी गरिएको छ ।    

भारतीय विद्यार्थीले द्रुत गतिमा मोटोपन घटाउने स्मार्टडाइट नामक औषधि बनाएको दाबीबारे हामीले तथ्यजाँच गर्‍यौँ । जाँचका क्रममा उक्त दाबी गलत रहेको पाइयो । 

तथ्यजाँच/प्रमाणीकरण

भारतका एक विद्यार्थीले हप्तामा १५ किलो तौल घटाउने स्मार्टडाइट (SmartDiet) नामक औषधि बनाएको भन्ने दाबी गलत छ । यसले तीन महिनामै मानिसको मोटोपनलाई स्लिम बनाउन सक्छ भन्ने दाबी पनि प्रमाणित हुँदैन ।

जाँचका क्रममा हामीले स्मार्टडाइट नामक औषधिको आधिकारिकताबारे कुनै प्रमाण फेला पारेनन् । जाँचका क्रममा हामीले फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) वेबसाइटमा नियाल्यौँ, यहाँ त्यस्तो कुनै औषधिको बारेमा उल्लेख गरिएको छैन । मोटोपना घटाउने र तीन महिनामा मानिसलाई स्लिम बनाउन सक्ने स्मार्टडाइट नामक औषधिको अस्तित्वबारे गलत दाबी गरिएको पाइयो ।  

यदि कसैले तौल घटाउने उपचार खोजेको छ भने शरीरको जाँच गर्न डाक्टरसँग परामर्श गर्नुपर्ने हुन्छ । तौल घटाउने औषधिको जथाभावि प्रयोगले गम्भीर शारीरिक समस्या निम्तिन सक्छन् । त्यसैले तौल घटाउने कुनै पनि औषधि सेवन गर्नुअघि डाक्टरसँग परामर्श लिनु महत्त्वपूर्ण हुन्छ ।

निष्कर्ष

स्मार्टडाइट नामक औषधिको आधिकारिकताबारे कुनै प्रमाण फेला पारेनन् । मोटोपना घटाउने र तीन महिनामा मानिसलाई स्लिम बनाउने स्मार्टडाइट नामक औषधिको अस्तित्वबारे गलत दाबी गरिएको पाइयो ।  

नतिजा : गलत

हाम्रा स्रोतहरू

Health.harvard.edu


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version