Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दूबोको जुस चौलानी पानी र मिश्री मिसाएर सेवन गर्दा पेटको रोग र आँखा कमजोर भएको अवस्था निको हुने दाबी ।
तथ्य: पेट वा आँखा सम्बन्धी रोगहरूको उपचारमा यो मिश्रण उपयोगी हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेन ।
पेटको रोग र आँखाको समस्यासँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा दूबोको जुस चौलानी पानी र मिश्री मिसाएर सेवन गर्दा पेटको रोग र आँखा कमजोर भएको अवस्था निको हुने दाबी गरिएको छ ।
Durga Dhakal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा दूबो घाँस देखिएको छ । साथै उक्त भिडियोको थमनेलमा दूबोको जुस, चौलानी पानी तथा मिश्रीको मिश्रणले पेटको रोग र आँखा, कानको समस्या निको हुने दाबी गरिएको छ ।
दाबीसहितको भिडियोमा एउटा आवाज पनि सुन्न सकिन्छ । उक्त आवाजमा भनिएको छ- ‘पेटको रोग लाग्यो भने र आँखा कमजोर हुँदै गयो भने त्यस्तो बेलामा दूबोको जुस चौलानी पानीमा मिलाएर खायो भने थोरै मिश्री मिसाएर १५-२० दिन खायो भने पिसाबको समस्या, पेट पोल्ने र कान बज्ने टुइटुइ बजिरा हुन्छ, त्यसको लागि पनि उपचारमै कुदिरा हुन्छन् धेरै जना, अनि आँखा अहिले हेर्यो एकछिनमा झ्याप्प-झ्याप्प हुने त्यस्तो रोगमुक्त हुन्छ ।’
दूबोको जुस, चौलानी पानी तथा मिश्रीको मिश्रणले पेटको रोग र आँखा, कानको समस्या निको हुने दाबी गलत छ । कुनैपनि स्वास्थ्य समस्याहरूको लागि अप्रमाणित उपचारहरूमा भर पर्नुको सट्टा उचित निदान र उपचारको लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु अत्यावश्यक छ ।
दूबोलाई साइनोडन डक्टाइलन पनि भनिन्छ, पोथ्रा वर्गमा पर्ने एक प्रकारको घाँस हो । तातो ठाउँहरूमा यो घाँस राम्रोसँग फैलिन्छ । दूबोको द्रुत फैलावटका कारण यसले अन्य वनस्पतिलाई नोक्सान पनि गर्न सक्छ ।
स्वास्थ्य लाभका दृष्टिकोणले दूबोलाई बहुउपयोगी मानिन्छ । यसका धेरै स्वास्थ्य लाभहरू छन् र हर्बल औषधिमा यसको प्रयोग हुने गर्दछ । दूबोका प्रमुख फाइदाहरू यसप्रकार छन्:
मूत्रवर्धक गुणहरू: दूबोमा मूत्रवर्धक गुणहरू पाइन्छन्, जसबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत हुनसक्छ ।
पाचन स्वास्थ्य: दूबोले पाचन प्रणालीलाई स्थिर पार्न मद्दत गर्न सक्छ, ब्लोटिङ्ग तथा ग्यास जस्ता समस्याहरूबाट राहत दिन सक्छ।
एन्टी-इन्फ्लेमेटरी प्रभावहरू: दूबोमा यस्ता यौगिकहरू हुन्छन् जसले शरीरको सूजन कम गर्न मद्दत गर्नसक्छ ।
छालाको स्वास्थ्य: दूबोले कहिलेकाहीँ छालाको जलन कम गर्नसक्छ र अन्य अवस्थाहरूको लागि सामयिक उपचारमा यसलाई प्रयोग गरिन्छ ।
पोषकतत्व: दूबोमामा भिटामिन र खनिजहरू हुन्छन्, जसले समग्र स्वास्थ्यलाई लाभ दिनसक्छन् ।
दूबोमा विभिन्न स्वास्थ्य लाभजन्य यौगिकहरु रहेपनि यसलाई औषधीय उद्देश्यका लागि प्रयोग गर्नुअघि स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्न अति नै महत्त्वपूर्ण छ ।
दूबोलाई परम्परागत रूपमा जडिबुटी औषधिमा प्रयोग गरिन्छ । विशेष गरी मूत्र समस्याहरूको लागि र मूत्रवर्धकको रूपमा यसलाई प्रयोग गर्ने गरिएको पाइन्छ । यसका केही गुणहरूले पाचन असुविधालाई सहयोग गर्ने दाबीहरु फेला परेका छन् ।
दूबोको जुसलाई चौलानी पानी र मिश्रीसँग मिसाउँदा मिठो मिश्रण बन्न सक्छ । चौलानी पानीले पेट दुख्ने समस्या समाधान गर्न मद्दत गर्नसक्छ । यद्यपि पेट वा आँखा सम्बन्धी रोगहरूको उपचारमा यो मिश्रण उपयोगी हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेन ।
दाबीसहितको सामग्रीमा भनिएको मिश्रणले मानव स्वास्थ्यको उपचारमा प्रभावकारिता प्रदान गर्ने सम्भावना छैन । दूबोको जुस सेवनले आँखाको स्वास्थ्यलाई कुनै फाइदा गर्न सक्दैन ।
दूबोको जुस, चौलानी पानी तथा मिश्रीको मिश्रणले पेटको रोग र आँखा, कानको समस्या निको हुने दाबी गलत छ । पेट वा आँखा सम्बन्धी रोगहरूको उपचारमा यो मिश्रण उपयोगी हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेन ।
रिसर्च लेख, tropicalforages.info
रिसर्च लेख, researchgate.net
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, jag.journalagent.com
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025