Thursday, July 3, 2025
नेपाली

Fact Check

Fact Check: प्रधानमन्त्रीले टिकटक खुलाएका हुन्? संसद्‍को भिडियोमा अस्पष्ट दाबी 

Written By Aakash Chhetri
Feb 20, 2024
banner_image

दाबी: सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी ।
तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ ।

नेपालमा प्रतिबन्धित टिकटक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा दाबीसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी गरिएको छ ।

Bppokharel नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् । उक्त सम्बोधनमा उनले टिकटक प्रतिबन्धको विषयमा पनि बोलेका छन् । साथै सोही भिडियोको थमनेलमा लेखिएको छ,‘कहिले खुल्छ टिकटक ? सबै बुढा पार्टी मिलेर बन्द गरेका रहेछन् टिकटक आज खुलाए प्रधानमन्त्रीले, कति सारो डराको सरकार टिकटकदेखि ।’ 

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा ३ हजार १ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब एक सय प्रतिक्रिया आइसकेको उक्त दाबीसहितको भिडियोलाई २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

प्रस्तुत एकदिने तथ्यांकले दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको पुष्टि हुन्छ । त्यसैले प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी र भिडियोको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

२७ कात्तिक (२०८०) मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध  दुई दर्जनभन्दा बढी रिट दायर भइसकेका छन् । यस मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको छ । पछिल्लो समय समयमा टिकटक प्रतिबन्ध विरुद्धका मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन छन् ।

टिकटकमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भएको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द नै रहेको अवस्थामा सबै पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबीसहितको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । 

माथि उल्लेखित दाबीसहितको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरिरहेका छन् । सबैभन्दा पहिले हामीले सोही भिडियोको मुल सन्दर्भ जाँच गर्ने काममा जुट्यौँ । यसका लागि हामीले ‘संसद् जवाफ’ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल’ ‘प्रचण्ड’ ‘टिकटक’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप  ६ फागुन (२०८०) मा संचार माध्यमले प्रकाशित गरेको समाचार फेला पर्‍यो । इकागजमा प्रकाशित समाचार अनुसार फागुन ६ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका थिए ।

फेला परेको प्रस्तुत स्रोतका आधारमा जाँच गर्दा हामीले Kantipur TV HD मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यौँ । यो सामग्री तयार पार्दै गर्दाको एक दिनअघि अर्थात् १८ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍‍मा बोलिरहेका छन् ।   

फेला परेको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्- ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएको र यसलाई नियमन नगरिएको भन्ने जन गुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो । यसबीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ र पुन:संचालन सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन् । टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन ।’ 

प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एकै सन्दर्भका हुन् । तर, दुबै भिडियोले दिएको सन्देश भने धेरै फरक छ । फागुन ६ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने आशय व्यक्त गरेका थिए । 

सोही भिडियोलाई जोडेर सबै पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी गरिएको देखिन्छ । प्रस्तुत दाबीलाई कुनैपनि तथ्य-प्रमाणले पुष्टि गर्न सकेनन् । 

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ । प्रधानमन्त्रीको सम्बोधन र प्रस्तुत दाबीबीच तथ्यगत सम्बन्ध छैन । प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने सामाजिक संजाल पोस्ट भ्रामक छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, Kantipur TV HD
समाचार, himalkhabar
समाचार, ekagaj


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

881

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.