Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी ।
तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ ।
नेपालमा प्रतिबन्धित टिकटक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा दाबीसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी गरिएको छ ।
Bppokharel नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् । उक्त सम्बोधनमा उनले टिकटक प्रतिबन्धको विषयमा पनि बोलेका छन् । साथै सोही भिडियोको थमनेलमा लेखिएको छ,‘कहिले खुल्छ टिकटक ? सबै बुढा पार्टी मिलेर बन्द गरेका रहेछन् टिकटक आज खुलाए प्रधानमन्त्रीले, कति सारो डराको सरकार टिकटकदेखि ।’
एक दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा ३ हजार १ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब एक सय प्रतिक्रिया आइसकेको उक्त दाबीसहितको भिडियोलाई २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
प्रस्तुत एकदिने तथ्यांकले दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको पुष्टि हुन्छ । त्यसैले प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी र भिडियोको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
२७ कात्तिक (२०८०) मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध दुई दर्जनभन्दा बढी रिट दायर भइसकेका छन् । यस मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको छ । पछिल्लो समय समयमा टिकटक प्रतिबन्ध विरुद्धका मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन छन् ।
टिकटकमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भएको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द नै रहेको अवस्थामा सबै पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबीसहितको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ ।
माथि उल्लेखित दाबीसहितको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरिरहेका छन् । सबैभन्दा पहिले हामीले सोही भिडियोको मुल सन्दर्भ जाँच गर्ने काममा जुट्यौँ । यसका लागि हामीले ‘संसद् जवाफ’ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल’ ‘प्रचण्ड’ ‘टिकटक’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप ६ फागुन (२०८०) मा संचार माध्यमले प्रकाशित गरेको समाचार फेला पर्यो । इकागजमा प्रकाशित समाचार अनुसार फागुन ६ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका थिए ।
फेला परेको प्रस्तुत स्रोतका आधारमा जाँच गर्दा हामीले Kantipur TV HD मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यौँ । यो सामग्री तयार पार्दै गर्दाको एक दिनअघि अर्थात् १८ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा बोलिरहेका छन् ।
फेला परेको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्- ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएको र यसलाई नियमन नगरिएको भन्ने जन गुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो । यसबीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ र पुन:संचालन सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन् । टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन ।’
प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एकै सन्दर्भका हुन् । तर, दुबै भिडियोले दिएको सन्देश भने धेरै फरक छ । फागुन ६ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने आशय व्यक्त गरेका थिए ।
सोही भिडियोलाई जोडेर सबै पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी गरिएको देखिन्छ । प्रस्तुत दाबीलाई कुनैपनि तथ्य-प्रमाणले पुष्टि गर्न सकेनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ । प्रधानमन्त्रीको सम्बोधन र प्रस्तुत दाबीबीच तथ्यगत सम्बन्ध छैन । प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने सामाजिक संजाल पोस्ट भ्रामक छ ।
भिडियो, Kantipur TV HD
समाचार, himalkhabar
समाचार, ekagaj
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 30, 2024
Aakash Chhetri
September 3, 2024
Aakash Chhetri
July 15, 2024