Monday, May 12, 2025

Fact Check

Fact Check: प्रधानमन्त्रीको तस्बिर जोडेर पोस्ट गरियो गलत सूचना

Written By Aakash Chhetri
Sep 3, 2024
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा ‘हार्दिक श्रद्धाञ्जली केपी बा’ लेखिएको छ ।
तथ्य: ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएका सामग्रीले गलत सन्देश प्रवाह गरेका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भ्रामक पोस्टहरु सामाजिक संजालमा फेला परेका छन् । यी सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

HELLO FRIEND नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि जोडिएको छ । उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘हार्दिक श्रद्धाञ्जली केपी बा’ ।

त्यसैगरी lovely gautam नामक टिकटक आइडीमा पनि प्रधानमन्त्री ओलीको तस्बिरसहितको सामग्री पोस्ट गरिएकको छ । उक्त पोस्टको थमनेलमा लेखिएको छ- ‘हार्दिक श्रद्धाञ्जली केपी शर्मा ओली.., किनकि केपी ओलीले गर्दा बंगलादेशमा जस्तै हुँदैछ ।’

तथ्यजाँच/प्रमाणीकरण

टिकटकमा पोस्ट गरिएका सामग्रीहरुको जाँचका क्रममा हामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित आधिकारिक सामाजिक संजाल खाताहरु नियाल्यौँ । केपी शर्मा ओलीको फेसबुक खाता K P Sharma Oli एक दिनअघिसम्म सक्रिय रहेको पाइयो ।

यही क्रममा हामीले ekantipur.com मा प्रकाशित ताजा समाचार फेला पर्‍यौँ । १८ भाद्र २०८१ (आज) प्रकाशित समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा (एमाले)को पोलिटब्यूरो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको जानकारी दिइएको छ ।

त्यस्तै Nepalpress युट्युब च्यानलमा प्रधानमन्त्रीले आजै सम्बोधन गरेको भिडियोसमेत फेला पर्‍यो । उक्त भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सम्बोधन गरेका छन् ।   

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि श्रद्धाञ्जली अर्पण गर्दै पोस्ट गरिएका सामग्रीहरु गलत छन् । 

​​निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएका सामग्रीले गलत सन्देश प्रवाह गरेका छन् । प्रधानमन्त्री सरकार र सामाजिक कार्यमा सक्रिय रहेको तथ्य-प्रमाणहरुले प्रमाणित गर्दछन् । 

नतिजा : गलत  

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com  
भिडियो, Nepalpress 
फेसबुक, K P Sharma Oli


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage