Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: राष्ट्रपति पद दिने भएपछि केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसके ।
तथ्य: दाबीसँग जोडिएको भिडियो वर्तमानको नभई ७ असार २०८० मा रास्वपाको स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदा खिचिएको पुरानो दृश्य हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्षसँग सम्बन्धित एउटा भिडियो फेसबुकमा फैलिरहेको छ । उक्त भिडियोमा राष्ट्रपति पद दिने भएपछि केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेको दाबी गरिएको छ ।
Deepak Panday नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको दृश्य जोडिएको छ । साथै उक्त दृश्यमा ओली रास्वपाको कार्यालयमा प्रवेश गरिरहेको देख्न सकिन्छ ।
प्रस्तुत दृश्यबारे जानकारी दिँदै एक कन्टेन्ट क्रियटरले भनेक छन्- ‘रास्वपाले राष्ट्रपति पद दिन्छु भनेपछि, केपी ओली अब रास्वपामा प्रवेश गर्न थाले, गरिसके साथीहरु । अब यही दिन देख्नुथियो? रास्वपामा अरु मान्छे थिएनन्? केपी ओली नै रास्वपामा प्रवेश गराउनुपर्ने !’

२७ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । पोस्ट भएको दुई दिनमै करिब तीन सयपटक सेयर भइसकेको जानकारीलाई चार लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् ।
के भिडियोमा दाबी गरिएजस्तो एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपा प्रवेश गरिसकेका हुन् त? दाबीसहितको पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले ‘केपी शर्मा ओली’ ‘रास्वपा प्रवेश’ जस्ता दाबी वाक्यांशको जाँच गरियो । जाँचका क्रममा केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता पत्र बनेको जानकारी फेला पर्यो । एमालेले आफ्नो अध्यक्षको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्रमा प्रयोग गरिएको भन्दै गम्भीर आपत्ति जनाएका समाचारहरु प्रकाशित भएका छन् ।

प्रस्तुत विषय २८ जेठ २०८३ को प्रतिनिधि सभा बैठकमा पनि उठाइएको पाइयो । एमाले सांसद यशोदा बरालले केपी शर्मा ओलीलाई रास्वपाको सदस्य बनाइएको फर्जी पोस्टर फैलाइएको दाबी गर्दै, नक्कली पोस्टर बनाएर फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् ।
यही सन्दर्भमा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपा प्रवेश गरिसकेको दाबी सामाजिक संजालमा फैलाइएको देखिन्छ । जाँचका क्रममा दाबीसहितको सामग्रीमा जोडिएको दृश्य भने केही वर्ष पुरानो रहेको पत्ता लग्यो ।
वास्तवमा, ७ असार २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो स्थापना दिवस मनाएको थियो । यही अवसरमा (रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा) पार्टीको नयाँ कार्यालय बालाजुमा आयोजित चियापान कार्यक्रममा केपी शर्मा ओली पनि उपस्थित भएका थिए । यही सन्दर्भमा खिचिएको दृश्यलाई वर्तमान समयमा भ्रामक बनाएर पोस्ट गरिएको देखियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली ७ असार २०८० मा रास्वपाको चियापान कार्यक्रममा सहभागि हुँदा खिचिएका केही तस्बिरहरु nepalkhabar.com मा प्रकाशित छन् ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेको दाबीसहित पोस्ट गरिएको दृश्य पुरानो र फरक सन्दर्भको हो । अर्कोतर्फ केपी शर्मा ओली रास्वपामा प्रवेश गरेका छैनन् ।
केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेको भन्ने दाबी गलत छ । दाबीसँग जोडिएको भिडियो वर्तमानको नभई ७ असार २०८० मा रास्वपाको स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदा खिचिएको पुरानो दृश्य हो । साथै, ओलीको नाममा बनाइएको रास्वपाको सदस्यता पत्रलाई एमालेले फर्जी भन्दै आपत्ति जनाएको पाइयो । उपलब्ध प्रमाणले केपी शर्मा ओली रास्वपामा प्रवेश गरेका छैनन् भन्ने पुष्टि गर्छ।
तस्बिर र समाचार, nepalkhabar.com
तस्बिर र समाचार, nepalsamaya.com
तस्बिर र समाचार, yobela.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
January 29, 2026

Aakash Chhetri
January 25, 2026

Aakash Chhetri
November 16, 2025