Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
दाबी: नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको छ, नागढुङ्गाको हालत (भिडियो)
तथ्य: इन्डोनेशियाको सिटिन्जाउ लौइक सडकको दुर्घटनालाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
सडक दुर्घटनाको एउटा छोटो भिडियो (रिल) सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै जोडिएको अडियोमा नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको दाबी गरिएको छ ।
Abhimanu Ambedkar नामक फेसबुक आइडीमा पोस्ट गरिएको रिलमा घुमाउरो सडक देख्न र उक्त सडकमा ट्रक पल्टिएको दृश्य जोडिएको छ । सोही भिडियोको थमनेलमा ‘नागढुङ्गाको हालत’ लेखिएको छ । भिडियोसँगै जोडिएको अडियोमा भनिएको छ- ‘नागढुङ्गा छेउमा चाहिँ एउटा मालवहाक ट्रक ब्याक गर्दागर्दै पल्टिएको छ, पल्टिदाखेरी त्यहाँ सामान सबै छरपस्ट भएको छ भने ट्रकले तीन बल्ड्याङ खेलेको छ ।’
केही समयअघि मात्रै पोस्ट गरिएको भिडियोमा २२ हजार ५ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै करिब १ सय ५० भन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई फेसबुक प्रयोगकर्ताले २ सय २० भन्दा बढी पटक सेयर गरिसकेका छन् ।
के दाबीसहितको भिडियो नागढुङ्गा क्षेत्रकै हो त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
ट्रक दुर्घटना भएको भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको रिलबाट केही स्क्रिनसट लियौँ । ती स्क्रिनसटलाई क्रमश: गुगल लेन्समा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Sitinjau Lauik ID नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२१ नोभेम्बर २०२३ मा पोस्ट गरिएको भिडियोमा ट्रक दुर्घटना भएको दृश्य देख्न सकिन्छ । साथै भिडियोको शिर्षकमा लेखिएको छ- Detik-detik Truk Terguling di Sitinjau Lauik ।
फेला परेको युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो र दाबीसहित पोस्ट गरिएको रिलको दृश्यहरुमा समानता देखिन्छ । यही आधारमा हामीले युट्युबमा ‘Sitinjau Lauik’ ‘Indonesia’ ‘Truck Accident’ लगायतका वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप सिटिन्जाउ लौइक (Sitinjau Lauik) सँग सम्बन्धित थुप्रै युट्युब च्यानल र दुर्घटनाका भिडियोहरु फेला परे ।
सिटिन्जाउ लौइक (Sitinjau Lauik) इन्डोनेशियाको पश्चिमी सुमात्रा प्रान्तमा पर्दछ । यस क्षेत्रको पानोरमा १ राष्ट्रिय सडक खण्ड भौगोलिक अवस्थाका कारण जटिल मानिन्छ । सिटिन्जाउ लौइकको सडकमा अधिक दुर्घटना हुने क्षेत्रका रुपमा परिचित छ । अत्याधिक घुमाउरो सडक भएकाले यहाँ गुड्ने गाडीहरुको ब्रेक फेल हुने एक अध्ययनमा उल्लेख छ ।
फेला परेका तथ्यका आधारमा जाँच गर्दा सिटिन्जाउ लौइक सडक केन्द्रीत विभिन्न युट्युब च्यानल फेला परे । जसमा गाडी दुर्घटना लगायतका भिडियोहरु पोस्ट गरिएको पाइयो । तिनै युट्युब च्यानलमा माथि उल्लेखित दाबीसहितको रिलसँग मेल खाने दुर्घटनाको भिडियोहरु पनि फेला परे ।
भिडियो-१: Sitinjau Lauik Truck Video नामक युट्युब च्यानल, पोस्ट भएको मिति: २२ नोभेम्बर २०२३
भिडियो-१: Sitinjau Lauik नामक युट्युब च्यानल, पोस्ट भएको मिति: २२ नोभेम्बर २०२३
फेला परेका भिडियोहरुले के प्रष्ट पार्छन् भने नेपालसँग असम्बन्धित भिडियोहरुलाई नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।
निष्कर्ष
नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो नेपालसँग सम्बन्धित छैन । नोभेम्बर २०२३ मा पोस्ट गरिएको इन्डोनेशियाको सिटिन्जाउ लौइक सडकको दुर्घटनालाई नेपालसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Sitinjau Lauik ID
भिडियो, Sitinjau Lauik Truck Video
भिडियो, Sitinjau Lauik
रिसर्च लेख, researchgate.net
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.