Wednesday, May 14, 2025

Fact Check

Fact Check: पहिरोका कारण बस दुर्घटना भन्दै पुरानो तस्बिरलाई भ्रामक बनाइयो

Written By Aakash Chhetri
Oct 3, 2024
banner_image

Claim

image

Fact

image

बस दुर्घटनासँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा फेला परेको छ । उक्त तस्बिरमा पहिरोका कारण त्रिशुली नदीमा बस खसेको र ३२ जना यात्रु बेपत्ता भएको दाबी गरिएको छ ।

Manojsah नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा एउटा बस नदीमा दुर्घटनाग्रस्त भएको दृश्य देख्न सकिन्छ । साथै उक्त तस्बिरमा हालसालै पहिरोका कारण त्रिशुली नदीमा बस खसेको जानकारी दिइएको छ ।

प्रस्तुत तस्बिरमा लेखिएको छ- ‘२०८१ असोज ११ गते राति ९:१२ बजे, फेरि पहिरोले त्रिशुली नदीमा बस खस्यो, ३२ जना बेपत्ता ।’ 

के दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर हालसालैको दुर्घटनासँग सम्बन्धित छ त ? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

हालसालै (११ असोज २०८१) त्रिशुली नदीमा बस खसेको र ३२ जना यात्रु बेपत्ता भएको दाबीसहित पोस्ट गरिएको तस्बिरको जाँचका क्रमा हामीले गुगल लेन्स टुलको सहायता लियौँ । उक्त तस्बिरलाई रिभर्स इमेज सर्च गर्दा विभिन्न संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे ।

धादिङको गजुरी गाउँपालिका-२ मा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको सामाचार Setopati मा पक्राशित छ । ६ भदौ २०८० मा प्रकाशित समाचार अनुसार काठमाडौंबाट पाेखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङमा बिहानपख त्रिशूली नदीमा खसेको थियो । 

प्रस्तुत दुर्घटनाको समाचार shilapatra, nepal press, samadhannews लगायतका संचार माध्यममा पनि प्रकाशित भएका छन् ।  

फेला परेको समाचारमा उल्लेख गरिएको तस्बिर र दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर एउटै हो । तर, यो तस्बिर हालसालैको दुर्घटनासँग सम्बन्धित छैन् । 

दाबीसहितको सामग्रीमा २०८१ असोज ११ गते ९ बजे पहिरोले त्रिशुली नदीमा बस खसेको जानकारी दिइएको छ । प्रस्तुत जानकारी कुनैपनि वर्तमान बस दुर्घटनासँग मेल खाँदैन ।

​​निष्कर्ष

बस दुर्घटनाको तस्बिरसहित सामाजिक संजालमा पोस्ट गरिएको दाबी भ्रामक छ । ६ भदौ २०८० मा धादिङको गजुरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको तस्बिरलाई वर्तमान सन्दर्भमा पोस्ट गर्दै भ्रामक दाबी गरिएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

तस्बिर/समाचार, Setopati 
तस्बिर/समाचार, shilapatra
तस्बिर/समाचार, nepal press 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage