Wednesday, May 14, 2025

Fact Check

Fact Check: के दलितको घर भनेर शव बोक्न गाउँलेहरु नआएका हुन् ? पढ्नुहोस् वास्तविता

Written By Aakash Chhetri
Sep 6, 2024
banner_image

Claim

image

Fact

image

दाबी: ‘सिन्धुलीमा दमाईको घर भनेर मृत लाश बोक्न गाउँले नआएको’ ।
तथ्य: सिन्धुलीस्थित तीनपाटन गाउँपालिका–७ मा कृष्णमाया पहाडीको मृत्यु हुँदा विभिन्न कारण मलामीको अभाव भएको घटनालाई गलत दाबीका साथ पोस्ट गरिएको छ । 

मलामीको तस्बिर सहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा दलितको घर भनेर शव बोक्न गाउँलेहरु नआएको दाबी गरिएको छ । 

Binaya Koirala नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा केही मानिसहरुले शव बोकेको तस्बिरहरु जोडिएको छ । उक्त तस्बिरहरुमा थोरै मात्र मलामी देख्न सकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘सिन्धुलीमा दमाईको घर भनेर मृत लाश बोक्न गाउँले नआएका छन् ।  जातीय विभेद कहिलेसम्म ?’

४ सेप्टेम्बर २०२४  मा (दुई दिनअघि) पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ सय ४० भन्दा बढी प्रतिक्रिया आएको सामग्रीलाई २ सय ४० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । 

के सिन्धुलीमा दलित भनेर गाउँलेहरु शव बोक्न नआएका हुन त ? तस्बिरको वास्तविकता पत्ता लगाउत हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरमा मानिसहरुले शव बोकेको दृश्य देख्न सकिन्छ । यही दृश्यलाई आधार बनाएर हामीले ‘सिन्धुली मलामी शव’ किवर्डलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप ekantipur.com मा प्रकाशित समाचार फेला पर्‍यो ।

१७ भाद्र २०८१ मा प्रकाशित समाचारमा सिन्धुलीस्थित तीनपाटन गाउँपालिका–७ मा कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभाव भएको जानकारी दिइएको छ । साथै मलामीको अभावमा केही समय शव उठाउन समेत समस्या भएको समाचारमा उल्लेख छ । 

समाचार अनुसार कृष्णमायाको निधन भएपछि उनका छोरासँगै  तीनपाटन गाउँपालिका-७ का वडाध्यक्ष युवराज पहाडी लगायत ४ जना छिमेकीले शवलाई घाटसम्म पुर्‍याएका थिए । कान्तिपुरको समाचारको एउटा अंश यस्तो छ-

सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताए । 

जाँचकै क्रममा सोही सन्दर्भको समाचार baahrakhari.com मा पनि प्रकाशित भएको पाइयो ।  २० भदौ २०८१ मा प्रकाशित समाचारमा पनि तीनपाटन गाउँपालिका–७ का वडाअध्यक्ष युवराज पहाडीलाई उदृत गरिएको छ ।  वडाअध्यक्ष पहाडीको भनाई बाह्रखरीमा यसरी प्रकाशित गरेको छ-  

‘हाम्रो गाउँमा दलित र जनजातिको बाहुल्यता छ । क्षेत्री/ब्राह्मणका ६ घरमात्र छन् । ती घरमा पनि मान्छे छैनन्, कोही काठमाडौं, कोही तराइतिर छन् । आइतबार बिहान कृष्णमाया पहाडी आमाको निधन भयो । उहाँका छोरा, म, एकजना छिमेकी र मनमाया अधिकारी मात्र भयौँ । दुई घण्टा टाढाको घाटसम्म हामी चारजनाले मात्र शव पुर्याउन मुस्किल हुने भयो । मैले गाउँका दलित/जनजाति साथीभाइलाई खबर गरेँ । तर, उहाँहरूले हामीले त ब्राह्मणको शव छुने गरेका छैनौँ भन्नुभयो ।’ 

फेला परेका तथ्यहरु र दाबीसहितको सामग्रीले ठिक अलग-अलग सन्देश दिएको देखियो । तथ्यको जाँचका लागि हामीले तीनपाटन गाउँपालिका-७ का वडाध्यक्ष युवराज पहाडीलाई दाबीसहितको सामग्री पठाएर फोनमार्फत् सम्पर्क गर्‍यौँ ।

दाबीसहितको सामग्री हेरेपछि वडाध्यक्ष पहाडीले उक्त सामग्री पूर्णत: गलत रहेको प्रष्ट पारे । उनका अनुसार मृतक दलित सामुदायकी होइन, ब्राह्मण सामुदायकी महिला हुन् ।    

​​निष्कर्ष

दलित भनेर गाउँलेहरु शव बोक्न नआएको भन्ने दाबी गलत छ । सिन्धुलीस्थित तीनपाटन गाउँपालिका–७ मा कृष्णमाया पहाडीको मृत्यु हुँदा विभिन्न कारण मलामीको अभाव भएको घटनालाई गलत दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : गलत  

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com
समाचार, baahrakhari.com
युवराज पहाडी, तीनपाटन गाउँपालिका-७ का वडाध्यक्ष 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage