Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ‘अनलाइन क्यासिनो गेम’को प्रचार गरेको सन्देश ।
तथ्य: एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा चौधरीले दिएको पुरानो अन्तर्वार्ताको अंशलाई तोडमोड गरिएको देखियो ।
नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा विनोद चौधरीले ‘अनलाइन क्यासिनो गेम’को प्रचार गरेको सन्देश प्रवाह गरिएको छ ।
Marho tanetsʹ नामक फेसबुक पेजमा एउटा भिडियोमा पोस्ट गरिएको छ । उक्त भिडियोमा ‘प्लिनको’ नामक अनलाइन क्यासिनो गेमको प्रचार सामग्री पोस्ट गरिएको देखिन्छ । साथै भिडियोमा सांसद विनोद चौधरीले ‘प्लिनको’ अनलाइन क्यासिनो गेमलाई समर्थन दिएको देखिन्छ ।
८ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा विनोद चौधरी बोलिरहेको दृश्य जोडिएको छ । साथै उक्त भिडियोमा चौधरीले भनेका छन्- ‘प्लिनको ! केबल नेपाली बासिन्दाको लागि, आफ्नो जीवनस्तर माथि उठाउनुहोस्, जब तपाईंसँग अवसर छ, बिना हारे ।’
प्रस्तुत भिडियोलाई करिब ३ हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै उक्त प्रचार भिडियो ५ लाखभन्दा बढी पटक हेरिएको छ । यस तथ्यांकले भिडियोको फैलावटलाई देखाउँछ ।
के चौधरी ग्रुपका अध्यक्षसमेत रहेका विनोद चौधरीले नेपालीलाई अनलाइन क्यासिनो गेम खेल्न उत्प्रेरित गरेका हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सांसद विनोद चौधरी देखिने भिडियोलाई राम्रोसँग नियाल्दा कुनै अन्तर्वार्ताको अंश जस्तो देखिन्छ । त्यसैले जाँचका क्रममा सबैभन्दा पहिला हामीले ‘विनोद चौधरी अन्तर्वार्ता’ ‘Binod Chaudhary Interview’ लगायतका वाक्यांश तयार पार्यौँ र यो वाक्यांशलाई युट्युबमा जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप AP1HD युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो अन्तर्वार्ता भिडियो फेला पर्यो । ३ फेब्रुअरी २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा संचारकर्मी टिकाराम यात्रीले विनोद चौधरीसँग अन्तर्वार्ता गरेका छन् ।
फेला परेको भिडियोलाई हामीले राम्ररी नियाल्यौँ । जसको नतिजास्वरुप दाबीसहितको सामग्रीमा जोडिएको दृश्यसँग मिल्दाजुल्दा दृश्यहरु फेला परे । चार वर्षअघि एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा विनोद चौधरीले अन्तर्वार्ता दिएका थिए । सोही अन्तर्वार्ताको एउटा अंशलाई तोडमोड गरिएको देखिन्छ ।
मूल भिडियोको ५४:०६ देखि ५४:३४ सम्मको अंशलाई तोडमोड गरी ‘प्लिनको’ नामक अनलाइन क्यासिनो गेमको प्रचार सामग्रीमा जोडिएको पाइयो । मूल अन्तर्वार्तामा चौधरीले यस्तो भनेका छन्-
‘जुन प्राइज भ्वाइस फ्री हुन्छ, सिजी टेलिकम आयो भने । इन्टरनेटको प्राइज अहिलेभन्दा आधा हुन्छ, प्रत्येक नेपालीको हातहातमा स्मार्टफोन हुन्छ भनेर हामीले सार्वजनिक रुपमा घोषणा गर्दापनि लाइसेन्स क्याविनेटले पास गरेर, त्यसवापत बुझाउनुपर्ने पैसा बुझाएर, तीन वर्षदेखि त्यो काम गर्नका लागि प्रतिक्षा गर्नुपर्ने स्थितीबाट सिजी गुज्रिरहेको छ ।’
अन्तर्वार्ताको मूल भिडियोमा चौधरीले नेपालीलाई प्लिनको अनलाइन क्यासिनो गेम खेल्न उत्प्रेरित गरेका छैनन् । वास्तविक अन्तर्वार्ताको भिडियोलाई तोडमोड गरी अडियो नै परिवर्तन गरिएको देखियो ।
अर्कोतर्फ भिडियोमा जोडिएको आवाजको थप जाँचका लागि Misinformation Combat Alliance (MCA) को Deepfakes Analysis Unit (DAU) का विज्ञहरूले डीपफेक (Deepfake) पत्ता लगाउने उपकरणहरूको सहायताबाट भिडियो र अडियोको विश्लेषण गरे । साथै Hive Video Detector, Truemedia जस्ता टुलहरुको प्रयोग गरेर अडियोलाई जाँच भयो ।
दाबीसहितको आवाजलाई TrueMedia ले ‘अमूर्त’ मानेको छ । अडियो-भिडियो क्लिप छोटो भएका टुलहरुले पक्का परिणान निकाल्न सक्षम भएनन् । साथै टुलहरुले दाबीसहितको आजाव तथा दृश्यमा छेडखानी भएको संकेत देखाएको छ ।
नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीले ‘प्लिनको’ नामक अनलाइन क्यासिनो गेमको प्रचार गरेका छैनन् । एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा चौधरीले दिएको पुरानो अन्तर्वार्ताको अंशलाई तोडमोड गर्दै असम्बन्धित आवाज (Audio) जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो/अन्तर्वार्ता, AP1HD, 3 Feb 2020
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
October 3, 2024
Aakash Chhetri
September 16, 2024
Aakash Chhetri
September 6, 2024