Sunday, May 11, 2025

Fact Check

Fact Check: कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ?

banner_image

Claim

image

Fact

image

दाबी  : एलोपेथिक औषधिबाट निको नहुने थाइराइड रोग कान्चनार गुग्गुल नामक औषधिले निको हुन्छ । 
तथ्य : कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ भन्ने पर्याप्त प्रमाण भेटिँदैनन् ।

सामाजिक संजालमा एउटा मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त दाबीसहितको सामग्रीमा कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्ने दाबी गरिएको छ ।   

डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा मानव घाँटी र थाइराइड भएको संकेतसहितको चित्र प्रस्तुत गरिएको छ । उक्त चित्रको थमनेलमा दाबीसहितको वाक्यांशलाई प्रस्तुत गरिएको देखिन्छ । थमनेलमा लेखिएको छ-

‘थाइराइड एउटा दिर्घकालीन रोग हो, एलोपेथिक औषधिबाट यो रोगको स्थायी फाइदा भने हुँदैन तर आयुर्वेदमा कान्चनार गुग्गुल दिनमा २ पटक २/२ गोली खान दिनुस्‌ ठिक हुन्छ ।’ 

प्रस्तुत दाबीहरू मानव स्वास्थ्यसँग सम्बन्धित गम्भिर खालको रोगका बारेमा रहेका छन् । त्यसैले हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ भन्ने पर्याप्त प्रमाण भेटिएनन् । उपलब्ध थोरै प्रमाणले कन्चनार गुग्गुलुले हाइपोथायराइडिज्म निको पार्न सक्छ भन्ने देखाएका छन् । तर, यसले एलोप्याथी उपचारलाई प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्ने विषय प्रमाणित हुँदैन । 

आयुर्वेद विशेषज्ञ डा.जनार्दन भी हेब्बरको easyayurveda.com नामक वेबसाइटमा कन्चनार गुग्गुलु औषधि कञ्चनरा, शुन्ति, मारिचा, पिप्पली, हरिताकी, विभिताकी, अमलकी, वरुण, इला, त्वक, पत्रा र गुग्गुलु जस्ता सामग्रीबाट बनेको जानकारी दिइएको छ ।

प्रस्तुत वेबसाइटका साथै अन्य केही अनुसन्धान पत्रहरूमा कञ्चनार गुग्गुलु नामक औषधिले थाइराइडको उपचार गर्न सक्ने दाबी गरिएको छ । तर, यो जाँचका क्रममा हामीले प्रस्तुत जडिबुटी औषधिले थाइराइडलाई पूर्ण रूपमा निको पार्न सक्छ भन्ने पक्का प्रमाण फेला पार्न सकेनौँ ।

हाइपर थाइरोइडिज्मको एलोप्याथिक उपचारमा एन्टी थाइराइड गुण, बीटा ब्लकर, रेडियोआयोडिन थेरापी र थाइरोइडेक्टमी समावेश रहेको हुन्छ । अर्कोतर्फ हाइपोथाइराइडिज्मको उपचारमा थाइराइड हार्मोन औषधि लेभोथाइरोक्सिन (लेभो-टी, सिन्थ्रोइड र अन्य) लिनुपर्नेहुन्छ । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने कन्चनार गुग्गुलु नामक औषधिले थोरै साइड-इफेक्टका साथ एलोप्याथिक उपचारलाई प्रतिस्थापन गर्न भन्ने दाबीलाई कुनै प्रमाणले पुष्टि गर्दैन ।

निष्कर्ष

कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ भन्ने पर्याप्त प्रमाण भेटिँदैनन् । उपलब्ध थोरै प्रमाणले कन्चनार गुग्गुलुले हाइपोथायराइडिज्म निको पार्न सक्ने दाबी गरेपनि यसले एलोप्याथी उपचारलाई प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्ने विषय प्रमाणित हुँदैन । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage