Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: कालो चुकलाइ पकाएर दुखेको ठाउँमा लगाउँदा गडेको पिनास निको हुन्छ ।
तथ्य: कालो चुकलाइ पकाएर दुखेको ठाउँमा लगाउँदा पिनास निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा कालो चुकलाइ पकाएर दुखेको ठाउँमा लगायो भने जस्तो सुकै गडेको पिनास निको हुने दाबी गरिएको छ ।
Shiwani batala नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक महिला बोलिरहेको अडियो र कालो चुकको दृश्य जोडिएको छ । उक्त अडियोमा कालो चुकलाई पकाएर पिनास प्रभावित ठाउँमा लगाउँदा पिनास रोग निको हुने दाबी गरिएको छ ।
अडियोमा भनिएको छ- ‘हेलो एभ्रीवान, म जस्तै पिनास रोग को-को पीडित हुनुहुन्छ ? मैले अस्ति टिकटकमा देखेको, मैले कालो चुकलाइ पकाएर अलि बाक्लो बनाएर दुखेको ठाउँमा लगायो भने रेगुरल जस्तो सुकै गडेको पिनास पनि जान्छ भन्नु भएको थियो एकजनाले । हजुरहरुलाई पनि यस्तो समस्या छ भने ट्राइ गर्न सक्नुहुन्छ है ।’
कालो चुकलाई पकाएर दुखेको ठाउँमा लगाएमा पिनास निको हुन्छ भन्ने दाबीलाई कुनै पनि प्रमाणले पुष्टि गर्दैन । त्यसैले पकाएको कालो चुकको प्रयोगले पिनास निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक अनुसन्धानमा आधारित नभएर किस्साजन्य देखिन्छ ।
पिनास हड्डी वा अन्य तन्तुभित्रको समस्या हो, विशेष गरी अनुहार वा खोपडीको हड्डीमा रहेको नाकको समस्यासँग यो रोग सम्बन्धित छ ।
पिनासको उपचार सलाइन नाक स्प्रे, नाकको कोर्टिकोस्टेरोइड्स, डिकन्जेस्टेन्ट्स, एलर्जी औषधिहरू, ओभर-द-काउन्टर दुखाइ कम गर्ने औषधिहरू, ओरल वा इन्जेक्टेड कोर्टिकोस्टेरोइड्स, एलर्जी औषधिहरू, एस्पिरिन डिसेन्सिटाइजेशन उपचार, एन्टिफंगल उपचार र अन्य औषधिहरूले गरिन्छ ।
उपलब्ध केही प्रमाणहरूमा पिनास भएको विरामीले कालो चुकको प्रयोग हुने असरबारे उल्लेख गरिएको छ । यी मध्ये कुनै पनि कागजले प्रभावित क्षेत्रमा पकाएको कालो चुक लगाउँदा पिनास निको हुन्छ कि हुँदैन भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन ।
कालो चुकलाई पकाएर दुखेको ठाउँमा लगाएमा पिनास निको हुन्छ भन्ने दाबीलाई कुनै पनि प्रमाणले पुष्टि गर्दैन । त्यसैले पकाएको कालो चुकको प्रयोगले पिनास निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक अनुसन्धानमा आधारित नभएर किस्साजन्य देखिन्छ ।
Acute Sinusitis : ncbi.nlm.nih.gov
Sinusitis : ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025