Sunday, May 11, 2025

Coronavirus

जाडो बिदाको सूचनासँग जोडियो भ्रामक दाबी, भनियो ‘पुस २६ गतेदेखि सबै स्कुलहरू बन्द’

banner_image

Claim

image

Fact

image

पछिल्लो समय सामाजिक संजालमा शैक्षिक संस्थाले सार्वजनिक गरेका सूचना राखेर तयार पारिएका भिडियोहरु फैलिरहेका छन् । ती भिडियोहरूमा कोभिड-१९ संक्रमण जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ ।

बुधबार बिहान (पुस २१) अनन्या नामक टिकटक आइडीमा सोही दाबीसहितको भिडियो पोस्ट भयो । जसमा पुस २६ गतेबाट नेपालका सबै विद्यालय बन्द हुन लागेको दाबी गरिएको छ । भिडियोमा रौतहट जिल्लास्थित माधव नारायण नगरपालिकाको एउटा सूचनासमेत राखिएको छ । उक्त सूचनामा विद्यालय बन्द हुने ब्यहोरासहितको जानकारी दिइएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘पुस २६ गतेदेखि सबै स्कुलहरू बन्द हुन्छ, पुस २६ गते नेपाल बन्द हुन्छ ।’

पोस्ट भएको ८ घण्टामै उक्त भिडियोमाथि २० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको देखिन्छ । त्यस्तै यही समयमा भिडियो सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब १८ सय छ । यसबाट के प्रष्ट हुन्छ भने टिकटक प्रयोगकर्ताहरूमाझ यो पोस्ट द्रुत गतिमा फैलिरहेको छ ।

भिडियोमा एउटा अडियो पनि सुनिन्छ । जसमा कोभिड-१९को संक्रमण जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ । उक्त अडियोमा समाचार वाचिकाले भनेकी छन्,‘देशभरका विद्यालय अब बन्द हुने भएका छन् । कोभिड-१९ संक्रमणको जोखिम ह्वात्तै बढेपछि विद्यालयहरू बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।’ 

त्यस्तै सोही अडियो राखेर अर्को शैक्षिक संस्थाको सूचनालाई पनि यसैगरी फैलाइएको छ । पृथ्वी नारायण क्याम्पस पोखराले जारी गरेको बिदाको सूचना राख्दै भिडियो बनाइएको छ र यसमा पनि देशैभरका विद्यालय बन्द हुन लागेको दाबी गरिएको छ । बुधबार बिहान (पुस २१) सुस्मिता शर्मा नामक टिकटक आइडीबाट पोस्ट भएको उक्त भिडियोमा ५ घण्टाभित्रै ११ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् भने यही अवधिमा उक्त भिडियोलाई करिब एक सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

भिडियोमा गरिएको दाबीको वास्तविकतामाथि सामाजिक संजाल प्रयोगकर्ताहरूले शंका गरेपछि हामीले तथ्यजाँच गरेका छन् । 

तथ्य जाँच / प्रमाणीकरण

पहिलो भिडियोमा दुई तरिकाबाट दाबी पेस गरिएको छ । यो भिडियोमा राखिएको माधव नारायण नगरपालिकाको सूचना नै पढ्दा थाहा हुन्छ नगरभित्र दिइएको बिदा कोभिड-१९ का कारण होइन । सूचनामा शीतलहरका कारण दैनिक जनजीवन प्रभाविक भइरहेको र यही कारण बालबालिकाको स्वास्थ्यमा समस्या परेकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।

भिडियोको थमनेलमा दाबी गरेजस्तो पुस २६ गतेदेखि विद्यालय बन्द गरिएको भने होइन । उक्त सूचना अनुसार शीतलहरका कारण पुस २१ गतेदेखि पुस २५ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द गरिएको हो । त्यसैले यो सूचना राखेर कोभिड-१९ संक्रमण जोखिमका विद्यालय बन्द हुन लागेको दाबी गर्नाले यो भिडियो भ्रामक बनेको छ । 

त्यस्तै दोस्रो भिडियोमा पोखरास्थित पृथ्वी नारायण क्याम्पसमा संचालिन पठनपाठनका कार्यक्रम केही समयका लागि बन्द गर्ने सूचना राखिएको छ । उक्त सूचना पढ्दा के थाहा हुन्छ भने यो क्याम्पसले पुस २३ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द गरेको छ । यो सूचना राखिएको भिडियोमा कोभिड-१९ संक्रमण जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ । 

तर, यो दाबीलाई क्याम्पसले स्वीकार गरेको छैन । क्याम्पसका फ्याकल्टी हेड निर्मल कार्कीले कोभिड-१९ का संक्रमण जोखिका कारण यो बिदा दिइएको भन्ने दाबीलाई अस्वीकार गरे । उनले न्युजचेकरसँग भने,‘वर्सेनी हामीले हिउँदे बिदा दिन्छौँ । यही अन्तर्गत हामीले जाडो बिदा दिएको हो ।’

यी दुबै जाँचबाट के प्रष्ट हुन्छ भने अर्कै सन्दर्भमा दिइएको बिदाको सूचनालाई कोभिड-१९ सँग जोड्दै भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । बाँकि रह्यो भिडियोमा जोडिएको अडियोको विषय । उक्त अडियो अहिलेको होइन । ९ महिनाअघिको टिकटक अडियोलाई अहिले नयाँ जसरी प्रस्तुत गरिएको छ ।  अर्थ सरोकार नामक टिकटक आइडीले  ९ अप्रिलमा पोस्ट भएको उक्त अडियो-भिडियोलाई अहिले फैलाउन खोजिएको देखिन्छ ।   

निष्कर्ष : दुबै टिकटक भिडियोमा गरिएका दाबी असत्य र भ्रामक छन् । भ्रामक दाबीलाई सत्य जस्तो देखाउन पूरानाे समाचार र अर्कै सन्दर्भमा दिइएका बिदाका सूचनालाई यहाँ राखिएको पाइयो । 

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

पृथ्वी नारायण क्याम्पस 

माधव नारायण नगरपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage