Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: दुईवटा तस्बिर जोडेर जेनजी आन्दोलनले गरेको सत्ता परिवर्तनपछि काठमाडौँ कायापलट भएको सन्देश ।
तथ्य: दक्षिण कोरियाको राजधानी सोल सहरका तस्बिरहरुलाई भ्रामक तरिकाले काठमाडौँसँग जोडिएको पाइयो ।
नेपालको राजधानी काठमाडौँसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । उक्त सामग्रीमा दुईवटा तस्बिर जोडेर जेनजी आन्दोलनले गरेको सत्ता परिवर्तनपछि काठमाडौँ कायापलट भएको सन्देश दिन खोजिएको छ ।

नयाँ नेपाल नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा दुईवटा तस्बिर जोडिएको छ । यी तस्बिरमार्फत् सुशीला कार्की प्रधानमन्त्री भएसँगै काठमाडौँको विकास द्रुत गतिमा अगाडि बढेको र कायापलट नै भएको सन्देश दिइएको छ ।
दाबीसहितको सामग्रीमा दुईवटा तस्बिर जोडिएको छ, जसको थमनेलमा लेखिएको छ- ‘हिजो केपी प्रधानमन्त्री हुँदा, आज सुशीला प्रधानमन्त्री हुँदा ।’
त्यस्तै अर्को पोस्टमा पनि यस्तै दुईवटा तस्बिरसहितको सामग्री देख्न सकिन्छ । टिकटक आइडीमा पोस्ट गरिएका दुई तस्बिरको थमनेलमा लेखिएको छ- ‘बालेन हुँदा टुकुचा खोला, सुशीला कार्की आएपछि ।’

के सामाजिक संजालमा फैलाइएका तस्बिरहरुले सही सन्देश दिएका छन् त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तस्बिरको वास्तविकता जाँच गर्न हामीले सबैभन्दा पहिले दुईवटा तस्बिरलाई एक-एक गर्दै गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप alamy.com मा राखिएको तस्बिर फेला पर्यो ।
१५ डिसेम्बर २०२२ मा पोस्ट गरिएको तस्बिर काठमाडौँ वा नेपालकै होइन । तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘Downtown Seoul city skyline at Dongdaemun Gate, cityscape of South Korea at sunset’

फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने काठमाडौँतर्फ संकेत गर्दै पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश दिएको छ । उक्त तस्बिर दक्षिण कोरियास्थित सोल शहरको तस्बिर हो ।
त्यस्तै दोस्रो टिकटक पोस्टमा ‘टुकुचा खोला’ भन्दै दुईवटा तस्बिर पोस्ट गरिएको छ । काठमाडौँ भन्दै पोस्ट गरिएको प्रस्तुत तस्बिर पनि दक्षिण कोरियाकै रहेको जाँचका क्रममा फेला पर्यो ।
दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिरलाई researchgate.net, wbgkggtf.org, travelersuniverse.com लगायतका थुप्रै वेबसाइटहरुले प्रयोग गरेका छन् । साथै उक्त तस्बिरलाई दक्षिण कोरियाको राजधानी सोलको रुपमा चित्रित गरिएको छ ।

वास्तवमा केही महिनाअघि मात्रै नेपालमा जेनजी आन्दोलनबाट सत्ता परिवर्तन भएको थियो । आन्दोलन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र सुशील कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन (१२ सेप्टेम्बर २०२५) भयो । यही सन्दर्भमा दुईवटा तस्बिर जोडेर ‘पहिले र अहिले’ लेखेर सामाजिक संजालमा भ्रामक सन्देश दिन खोजिएको देखियो ।
काठमाडौँ र टुकुचा खोलाको भन्दै शेयर गरिएका दुवै तस्बिरहरू नेपालका होइनन् । हाम्रो जाँचका क्रममा तस्बिरहरू दक्षिण कोरियाको राजधानी सोल सहरका हुन् भन्ने स्पष्ट हुन्छ । जेनजी आन्दोलनपछि भएको सत्ता परिवर्तनको सन्दर्भ यी तस्बिरहरूलाई भ्रामक तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
तस्बिर, alamy.com
तस्बिर, researchgate.net
समाचार, ekantipur.com/news
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 5, 2024

Aakash Chhetri
September 19, 2022

Aakash Chhetri
September 6, 2022