Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चामा छन् । काठमाडौँ महानगरमा बनाइएका अवैध संरचनाहरुमा डोजर चलाउने कदम होस् या ‘टुचुचा’ उत्खनन्काे प्रयास पछिल्ला यी दुबै सन्दर्भले बालेनको चर्चा चुलिएको छ । यिनै चर्चाका बिच मेयर बानेलसँग सम्बन्धित अनेक सामग्रीहरू सामाजिक संजालमा पोस्ट भएको देखिन्छ । तिनै मध्यको एउटा सामग्री tiktoknews नामक टिकटक आइडीमा पोस्ट गरिएको छ ।
सामग्रीमा बलेनको तस्बिर राखिएको छ र त्यहाँ एउटा छोटो भिडियो क्लिप पनि जोडिएको छ । उक्त भिडियोमा एउटा फोहर उठाउने ट्रक देखिन्छ र उक्त ट्रकले सडकमा राखिएको डस्टबिनबाट मानिसको सहायता बिनै फोहर झिकिरहेको छ । यही दृश्यसहितको सामग्रीको थमनेलमा लेखिएको छ– ‘भर्खरै बालेनले लिए फोहर फाल्ने गाडी।’
करिब तीन साताअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा करिब २२ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २२० भन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त सामग्रीलाई सेयर गरिसकेको देखिन्छ । फोहर उठाउने प्रस्तुत आधुनिक ट्रक काठमाडौँ महानगरपालिकाले किनेको हो ? दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दाबीसहितको सामग्रीमा मेयर बालेनको फोटो र फोहरसहितको डस्टबिन उठाउने ट्रकले काम गरिरहेको दृश्य जोडिएको छ । काठमाडौँ महानगरपालिकाले उक्त ट्रक किनेको दाबी भिडियोको थमनेलमा गरिएको छ । हामीले सबैभन्दा पहिले उक्त दाबीसहितको सामग्रीमा जोडिएको भिडियोलाई राम्रोसँग नियाल्यौँ ।
भिडियो नियाल्दै गर्दा हाम्रो ध्यान ट्रकमा लेखिएको एउटा लेखोटमा अडियो । ट्रकको ढोकामा विशेष तरिकाले ‘URM’ लेखिएको देखिन्छ । ट्रकमा लेखिएको सो अंक्षरलाई हामीले गुगल सर्च गर्यौँ । जसको नतिजास्वरुप ट्रकमा लेखिएको URM को पूरा रुप United Resource Management रहेको पाइयो ।
१९७१ मा स्थापित URM समूहले अस्ट्रेलिया सिड्नी समुदायको सानो भागलाई ‘फोहोर सेवाहरू’ प्रदान गर्ने एकल फोहोर सङ्कलन वाहनको रूपमा आफूलाई परिचित गराएको छ । प्राप्त जानकारीबारे खोजविन गर्दै ‘URM’ ‘garbage truck’ किवर्ड सर्च गर्दा युट्युबमा अनेक भिडियोहरू भेटिए । जसमध्येको एउटा भिडियो NSW Garbo18 नामक युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो ।
प्रस्तुत भिडियोमा देखिने ट्रक र दाबीसहितको सामग्रीमा देखिने ट्रक उस्तै देखिन्छ । २९ डिसेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोमा देखिने ट्रकमा रहेकाे ‘URM’ लोगो र दाबीसहितको सामग्रीमा देखिने लोगो पनि उस्तै छ ।
फेला परेका प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने काठमाडौँ महानगरले किनेको भन्ने फोहर उठाउने ट्रक अस्ट्रेलियाको हो ।
बालेनले फोहर फाल्ने ट्रम किनेको भनेर दाबी गर्न गरिएको भिडियो भ्रामक छ । अस्ट्रेलियास्थित URM संस्थाको गाडी र बालेनको तस्बिर राखेर भ्रामक सामग्री तयार पारिएको पाइयो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
June 5, 2024