Wednesday, May 14, 2025

Fact Check

न्युयोर्क शहरका मेयरको काममा बालेनको नाम, अवैध पार्किङ गरिएका मोटरसाइकल नष्ट गरिएको दाबी  

Written By Aakash Chhetri
Sep 6, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा फैलिएको एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त सामाग्रीमामा जोडिएको भिडियोमा मोटरसाइकहरू देखिएका छन् र ती मोटरपाइकलहरुमा बुलडोजर चलाइएको दृश्य देखिएको छ । सामाजिक संजालमा फैलिएको उक्त दृश्य नेपालकै रहेको दाबी सामाजिक संजालमा गरिएको छ ।

Luv Chan नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा सो दृश्यको थमनेलमा दाबी राखिएको छ । थमनेलमा उक्त दृश्य काठमाडौँको रहेको बताइएको छ । थमनेलमा लेखिएको छ– ‘अवैध पार्किङ बाइक ध्वस्त, गुड जब बालेन ।’ 

६ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब २ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्रीमा ८० भन्दा बढी टिकटक प्रयोगकर्ताले कमेन्ट गरेका छन् भने यही अवधिमा करिब ६० जना टिकटक प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् ।

दाबीसहितको सामग्रीमा देखाइएको दृश्य काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले गरेकाे कामका रुपमा प्रस्तुत गरिएको छ । के अवैध रुपमा पार्किङ गरिएका मोटरसाइकमाथिलाई काठमाडौँ महानगरले बुलडोजर लगाएको हो ? यसको वास्तविकता पत्ता लगाउने जमर्को न्युजचेकरले गरेको छ ।

तथ्यजाँच/प्रमाणीकरण

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ चर्चामा छन् । काठमाडौँ महानगरमा बनाइएका अवैध संरचनाहरुमा डोजर चलाएका कारण उनको चर्चा छ । यही सन्दर्भमा माथि दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिएको हो । तर, मेयर साहले अवैध पार्किङ गरिएका मोटरसाइकलमा बुलडोजर चलाएको भन्ने दाबी भ्रामक छ ।

भिडियोको वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले युट्युबमा ‘bulldozer motorbike’ किवर्ड सर्च गर्‍यौँ । जसको नतिजास्वरुप हामीले थुप्रै नतिजा फेला पार्‍यौँ । दाबीसँग मिल्दोजुल्दाे नतिजा खोजी गर्ने क्रममा हामीले FOX 5 New York युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । 

२२ जुन २०२२ मा पोस्ट गरिएको उक्त भिडियो र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्या‌ंशको सन्दर्भ एउटै देखिन्छन् । अब हामीले उक्त भिडियोमा सन्दर्भको खोजी गर्नतर्फ लाग्यौँ । युट्युबमा दिइएको विवरण अनुसार हामीले ‘Bulldozer’ ‘illegal motorbikes’ ‘New York City’ लगायतका किवर्ड सर्च गर्‍यौँ । 

प्रस्तुत सर्चको नतिजास्वरुप हामीले cbsnews ले प्रकाशित गरेको एउटा समाचार फेला पार्यौँ । स्रोतका रुपमा यसअघि फेला पारिएको युट्युब भिडियो पोस्ट गरिएकै दिन अर्थात् २२ जुन २०२२ मै प्रकाशित गरिएको उक्त समाचारमा न्युयोर्क शहरमा नियम मिच्ने र अवैध मोटरसाइक नस्ट गरिएको जानकारी दिएको छ ।

प्रस्तुत समाचारमा  न्यूयोर्क शहरका मेयर एरिक एडम्सले अवैध सवारी साधनको स्वामित्व लिएका र ती सवारी साधन चलाउने बासिन्दाहरूलाई चेतावनी दिन यस्तो गरेका थिए । समाचारका अनुसार ब्रुकलिन अटो पाउन्डमा आयोजित पत्रकार सम्मेलनमा एडम्सले शहरका सडकहरूलाई अवैध मोटरसाइकलबाट मुक्त गर्न जफत गरिएका अवैध डर्ट बाइक र एटीभीहरूको लाइनअपमा बुलडोजर चलाएका थिए ।

माथि दाबीसहितको सामग्रीमा नेपाली संचार माध्यमको लोगोसहितको भिडियो पोस्ट गरिएको देखिन्छ । हामीले सोही भिडियोको मूल स्रोत खोज्ने प्रयाससमेत गर्‍यौँ । सोही लोगोका आधारमा ‘बुलडोजर’ ‘मोडरसाइक’ ‘nepal times’ किवर्ड सामाजिक संजालहरुमा सर्च गर्दा फेसबुकमा एउटा मिडिया रिपोर्ट फेला पर्‍यो । सोही रिपोर्ट एउटा अंश नै दाबीसहितको सामग्रीमा राखिएको पाइयो । 

Lenin Banjade नामक फेसबुक आइडीमा पोस्ट गरिएको रिपोर्ट गलत भने छैन । माथिकै समाचार स्रोतमा दिइएको जानकारी सोही रिपोर्टमा दिइएको जानकारी लगभग यस्तै छ ।

निष्कर्ष

बलेनले अवैध पार्किङमा राखिएका मोटरसाइकमा बुलडोजर चलाइएको भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य भ्रामक छ । उक्त दृश्य न्युयोर्क शहरको हो । नियम मिच्ने र अवैध मोटरसाइकललाई जफत गरेर त्यसरी बुलडोजर चलाइउको हो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

FOX 5 New York 

Cbsnews

Ekantipur


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage