Saturday, May 10, 2025

Coronavirus

के दादुराविरुद्धको एमआर खोपले कोभिडबाट बच्न सहयोग गर्ला?

banner_image

Claim

image

Fact

image

एक नेपाली चिकित्सकले दाबी गरेझैँ के दादुराविरुद्धको एमआर खोपले साच्चै मानिसहरुलाई कोभिडबाट बच्न सहयोग गर्ला?

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सन् १९८९ देखि सबै बालबालिकाका दादुराविरुद्धको खोपको एक मात्रा दिन थालियो। सन् २०१३ पछि दादुरा र रुबेलाविरुद्ध लड्न सघाउने एमआर खोपको दुई मात्रा सबै बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दिन थालियो। ती खोप नि:शुल्क छन्।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी। -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल

तर गत वर्षको अक्टोबर १९ तारिखमा चिकित्साविज्ञ एवं डक्टर आरके धौगोडाले टिकटकमा राखेको एक भिडिओको कोरोनाभाइरसको दोस्रो लहरका बेला फेरि चर्चा भइरहेको छ। उनले त्यस भिडिओमा एमआर खोप नलगाएका ५० वर्षभन्दा बढी उमेरका मानिसले एमआर खोप लगाउने हो त्यसले उनीहरुलाई कोभिड रोगबाट बच्न सघाउ पुर्‍याउने दाबी गरेका छन्।

डक्टर आरके धौगोडाले टिकटकमा राखेको एक भिडिओ।

त्यो भिडिओमा डक्टर धौगोडा भन्छन्, “हाइ गाइज आज म तपाइँहरुलाई कोरोनाको बारेमा एकदम जरुरी कुरा भन्न गइरहेको छु। कोरोनाभाइरस लागेर पनि २० वर्षभन्दा कम उमेरका मानिसको मृत्यु किन भएन त?  किनभने २० वर्षभन्दा कम उमेरका अधिकांश मानिसले बच्चा हुँदा एमआर खोप लगाएका हुन्छन्। कोरोना संक्रमण भएपनि उनीहरु गम्भीर बिरामी पर्दैनन्।”

“अहिले कोरोनाबाट पीडित भएका धेरै मानिस ५० वर्ष वा त्यो भन्दा माथि उमेरका छन् जसले दादुराविरुद्ध खोप लगाउन पाएका थिएनन्। त्यो खोप नेपालका अस्पताल र स्वास्थ्य चौकीमा सहजै उपलब्ध छ। तपाइँले यो खोप लगाउनु भयो भने तपाइँलाई कोरोना संक्रमण हुँदैन र भइहाल्यो भने पनि गम्भीर बिरामी पर्नुहुन्न। कोरोना भाइरस र रुबेला भाइरसको आकार उस्तैउस्तै हुन्छ। त्यसैले रुबेला विरुद्धको खोप लगाउँदा पनि दादुराविरुद्ध लड्न तपाइँलाई सहयोग पुग्छ।”

तथ्य जाँच / प्रमाणीकरण

यसअघि पनि यस्तै खोपहरुले कोभिडविरुद्ध काम गर्नसक्ने तर्क अन्य स्वास्थ्यविद्हरुले गर्ने गरेका थिए। तर ती पुस्टि हुने आधार भने छैनन्। केही समयअघि डक्टर आरकै धौगोडाले एमआर खोपले कोभिडविरुद्ध काम गर्न सक्ने दाबी गरेको भएपनि त्यसबारे कुनै वैज्ञानिक प्रमाण भेटिएन। 

उदहारणको लागि एमआर खोप दिएका बालबालिकाहरुलाई पनि अहिले कोभिड भएको पाइएका विवरणहरु सार्वजनिक भइसकेका छन्।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महासाखाका पूर्व निर्देशक डक्टर बाबुराम मरासिनीले न्यूजचेकरसँग भने: “अहिले एमआर खोपलाई कोभिडविरुद्धको निदान भनेर प्रचार गर्नु गलत हुनेछ किनभने एमआर खोपले कोभिडविरुद्ध काम गरेको कुनै वैज्ञानिक प्रमाण हामीसँग छैन।”

विश्व स्वास्थ्य संगठनले पनि एमआरविरुद्धको खोपलाई कोभिड रोकथामका लागि प्रयोग गर्न हुने नहुनेबारे केही बोलेको छैन।

निष्कर्ष

कोभिड रोग लाग्न नदिन एमआरविरुद्धको खोप प्रयोग गर्न सकिने सुझाव अवैज्ञानिक तथा अप्रमाणित छ।

नतिजा: भ्रामक

यो पनि पढ्नुहोस: ‘कोभिड खोपले मानिसको ज्यान लिन्छ’ भन्ने अभिनेताको दाबी भाइरल

हाम्रा स्रोतहरु

डब्लूएचओ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage