Saturday, April 20, 2024
HomeCoronavirusपुरानो ‘समाचार अडियो’सँगै सामाजिक संजालमा भ्रम फैलियो, ‘देशभरका विद्यालय बन्द हुने’ दाबी

पुरानो ‘समाचार अडियो’सँगै सामाजिक संजालमा भ्रम फैलियो, ‘देशभरका विद्यालय बन्द हुने’ दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

एउटा सूचनाजन्य अडियो पछिल्लो समय टिकटक प्रयोगकर्ताहरुमाझ फैलिरहेको छ । अडियोमा ‘देशभरका विद्यालय बन्द हुने’ दाबी गरिएको छ । उक्त अडियोमाथि टिकटक प्रयोगकर्ताले आफूले खिचेको भिडियो राख्दै सेयर गरिरहेका छन् ।

एक दिनअघि सन्देश देवकोटा नामक टिकटक आइडीबाट सोही अडियोसहितको भिडियो पोस्ट भयो । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘भोलिबाट स्कूल बिदा हुनेछ, सबैलाई जानकारी गराउँदछु ।’ 

२४ घण्टामै यो अडियोसहितको भिडियोमा ७२ हजार ३ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियोलाई १ हजार ८ सयभन्दा बढीले सेयर गरिसकेका छन् । 

ठाकुर डाँगी नामको टिकटक आइडीमा पनि सोही अडियोमा स्कुल प्राङ्गणका दृश्यहरू भिडियो र  विद्यार्थीका लागि  ‘दुखको खबर’ भन्ने थमनेल राखिएको सामग्री पोस्ट गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियोमा ३५ हजार ७ सय प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् र करिब ३ सयले सेयरसमेत गरिसकेका छन् ।

यी दुबै भिडियोको सेयर संख्याबाट के प्रष्ट हुन्छ भने यो सूचना द्रुत गतिमा फैलिरहेकाे छ । पछिल्लो समय फैलिएको उक्त अडियोमा यस्तो भनिएको छ- ‘देशभरका विद्यालय अब बन्द हुने भएका छन् । कोभिड-१९ संक्रमणको जोखिम ह्वात्तै बढेपछि विद्यालयहरू बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।’ 

यी अडियोसहितका भिडियोमाथि प्रतिक्रिया राख्दै केही प्रयोगकर्ताले खुसी ब्यक्त गरेका छन् भने केहीले दुख ब्यक्त गरेका छन् । तर, केहीले अडियोमा रहेको सूचनाको सत्यतामाथि प्रश्न उठाएका छन् । त्यसैले हामीले उक्त अडियो सूचनामाथि तथ्यजाँच गरेका छौँ ।

तथ्य जाँच / प्रमाणीकरण

माथि फैलिरहेका अडियोसहितको भिडियोमा विद्यालय बन्द हुन लागेको दाबी गरिएको छ र यसको कारण कोभिड-१९ लाई देखाइएको छ । कोभिड संक्रमण बढेका कारण स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेकोसमेत दाबी अडियोमा छ ।

फैलिरहेका अडियोहरूको मूल स्रोतमा जाँच गर्दा उक्त अडियो नेपालको एक डिजिडिल मिडियाको टिकटक आइडीमा पोस्ट भएको पाइयो । त्यहाँ अर्थ सरोकार नामक उक्त आइडीले ९ महिनाअघि उक्त अडियोसहितको सामग्री पोस्ट गरेको देखिन्छ । ९ अप्रिलमा पोस्ट भएको उक्त अडियो-भिडियोमा सोही सामग्री छ जो अहिले टिकटकमा फैलिरहेको छ । यसको अर्थ हुन्छ पूरानो सन्दर्भको सूचनासहितको अडियोलाई वर्तमान सन्दर्भ बनाएर सामाजिक संजालमा फैलाइएको छ ।    

स्वास्थ्य मन्त्रालयले त्यो समयमा कोभिड-१९ संक्रमण विद्यार्थीमा पनि फैलिरहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलेसमेत लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । यसको एक महिना नबित्दै सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।  

तर, वर्तमान समयमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न कुनै आग्रह गरेको छैन र सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छैन । पछिल्लो समय स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगिता मिश्राले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न आग्रह नगरेको जानकारी दिइन् । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २० गते कोभिड-१९ को अति संक्रामक नयाँ भेरियन्टका सन्दर्भका आम नागरिकलाई सचेत भने गराएको थियो । मन्त्रालयले जारी गरेको वक्तब्य यस्तो छ : 

निष्कर्ष :

वर्तमान समयमा सरकारले विद्यालय बन्द गर्ने कुनै निर्णय गरेको छैन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न आग्रह पनि गरेको छैन । यसकारण पुरानाे समाचारको अडियोलाई वर्तमान सन्दर्भ बनाएर भ्रमक तरिकाले सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कान्तिपुर : देशभरका विद्यालय बन्द गर्ने निर्णय

शिलापत्र : विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अर्थ सरोकारको मूल अडियो-भिडियो 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version