Saturday, May 10, 2025

Coronavirus

‘कोभिड खोपले मानिसको ज्यान लिन्छ’ भन्ने अभिनेताको भनाइ भाइरल

banner_image

Claim

image

Fact

image

नेपाली चलचित्रका अभिनेता विश्व बस्नेतले दाबी गरे जस्तै के कोभिडविरुद्धको खोपले मानिसको ज्यान लिन्छ?

नेपालको न्यूज 24 टेलिभिजनमा हालै प्रसारित एक अन्तर्वार्तामा सिन्दुरअन्याय जस्ता चलचित्रका नायक तथा चलचित्र निर्देशक विश्व बस्नेतले कोभिड१९ विरुद्धका खोपबारे विवादास्पद दाबी गरेका छन्। त्यस अन्तर्वार्तामा बस्नेतले “कोभिडविरुद्धको खोपले मानिसको ज्यान लिन्छ” भन्दै त्यसै भएर आफूले खोप नलगाएको दाबी गरेका छन्।

न्यूज 24 नेपाल टिभीमा बोल्दै अभिनेता विश्व बस्नेत।

अभिनेता विश्व बस्नेतले गरेको दाबीलाई लिएर सामाजिक सञ्जालमा हलचल मचिन थालेपछि न्यूज 24 नेपाल टेलिभिजनले आफ्नो युट्युब भिडिओलाई सम्पादन गरेर, विवादास्पद अभिव्यक्ति काटेर, त्यसलाई पुन: जुन २७ तारिखमा अपलोड गरेको छ।

बस्नेतको फेसबुकको वाल हेर्दा थाहा हुन्छ कि उनले कोभिडको विश्वव्याधि सुरुभएदेखि नै कोभिडका विषयमा उठ्ने गरेका विभिन्न आशंकायुक्त तर्कहरुलाई साथ दिँदै आएका रहेछन्।

न्यूज 24 सँगको अन्तर्वार्तामा बस्नेतले भनेका छन्, “यस विषयमा मैले गहन अनुसन्धान गरेको छु। … कोभिडको खोप लगाएका मानिसको पाँच वा दश वर्षमा मृत्यु हुन्छ। यो खोपले धेरै मान्छे मार्छ, अमेरिकामा मात्र पाँच करोड मानिसको ज्यान जान्छ।”

नेपालमा अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि प्राथमिकताका आधारमा गत चैतयता ज्येष्ठ नागरिकलाई कोभिडको खोप दिन थालिएको हो।  न्यूज 24 टेलिभिजनले आफ्नो युट्युब च्यानलमा त्यो अन्तर्वार्ता राख्ने बित्तिकै त्यहाँ बस्नेतले दिएको विवादास्पद अभिव्यक्ति फेसबुक र टिकटकमा भाइरल हुन थालेका थिए।

बस्नेतसँगको अन्तर्वार्ता टिकटकमा समेत भाइरल भएको थियो।

तथ्यजाँच / प्रमाणीकरण:

अभिनेता विश्व बस्नेतको दाबी प्रमाणित गर्ने कुनै चिकित्सकीय वा वैज्ञानिक आधार भेटिँदैन। उनले गरेको दाबी विश्वका कैयौँ देशमा अहिले देखिएका कोभिडसँग जोडिएका षडयन्त्र वा कोभिड खोप लगाउन आनाकानी गर्ने प्रवृत्तिसँग गाँसिएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन र अक्स्फोर्ड र जोन्स् हप्किन्स् जस्ता विश्वका विश्वसनीय प्राज्ञिक अनुसन्धान प्रतिष्ठान तथा विश्वविद्यालयहरुले गरेका सोध तथा अनुसन्धानका अनुसार कोभिड विश्वव्याधिसँग जुझ्ने सबैभन्दा भरपर्दो उपाय नै कोभिडविरुद्ध तयार पारिएका मान्यताप्राप्त खोप लगाउनु हो।

महामारी देखिएको एक वर्षभित्रै विकास गरिएको भएपनि एस्ट्राजेनेका, कोभिशिल्ड, साइनोफार्म, भेरोसेल र मोडर्ना जस्ता खोप निकै लामो परीक्षणपछि तयार भएका हुन् र पछि तिनले विश्व स्वास्थ्य संगठनको मान्यता पाएका हुन्। 

विज्ञहरुका अनुसार ती खोप लगाउनाले मानिसमा सामान्य स्वास्थ्य समस्या देखिने गरेको भए पनि कुनै गम्भीर प्रकारको असर पर्दैन। नेपालमा केही लाख मानिसले खोप पाइसेकेको भएपनि अझै दुई करोड २० लाख मानिसले खोप पाउन बाँकी नै छ।  

निष्कर्ष:

नेपाली चलचित्रका अभिनेता तथा निर्देश विश्व बस्नेतले दाबी गरे जस्तै कोभिडविरुद्धको खोपले मानिसको ज्यान लिन्छ भन्ने अभिव्यक्ति कुनै वैज्ञानिक अनुसन्धानको निष्कर्षमा आधारित छैन।

नतिजा: भ्रामक / असत्य

यो पनि पढ्नुहोस्: के चीन र नेपाल भारतको बिहार र उत्तर प्रदेशका बाढीका कारक हुन्?

हाम्रा स्रोतहरु:

डब्लूएचओ

जन्सहोप्किन्स् विश्वविद्यालय

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage