Tuesday, September 16, 2025

Coronavirus

के कोरोनाभाइरस संक्रमणको तेस्रो लहरमा बालबालिकालाई ‘बढी जोखिम’ होला?

banner_image

दक्षिण एशियाका भारत र नेपाल जस्ता देशमा भविष्यमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको खतरा कायमैँ रहेको भनी विज्ञहरुले चेतावनी दिइरहेका छन्। तेस्रो लहरका बेला अन्य उमेर समूहका मानिसलाई भन्दा बालबालिकालाई संक्रमणको जोखिम बढी हुने तर्क गरिएका समाचार आलेखहरु पनि बाहिर आइरहेका छन्।

वैशाख र जेठ महिनामा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर भोगेको नेपालमा केही महिनापछि फेरि तेस्रो लहर सुरु हुन सक्ने चेतावनी स्वास्थ्यविद्हरुले दिइरहेका छन्। केही समयअघि भारत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकारले नै तेस्रो लहरको खतरा टड्कारो रहेको बताएका थिए।

अहिले पनि ‘दशैँमा तेस्रो लहर’ आउँदैछ भन्नेजस्ता अफवाह रोकिएका छैनन्।

भारतीय उच्चअधिकारीको चेतावनी समेटिएको न्यूजविकको समाचारको स्क्रिनशट।

भारतसँग खुला सिमाना रहेको र त्यहाँ लाखौँको संख्यामा नेपाली आप्रवासी कामदार रहेकोले त्यहाँबाट नेपालमा सहजै संक्रमण भित्रिने गरेको पाइएको छ। त्यो खतरा अहिले पनि टरिसकेको छैन किनभने सीमाबाट मानिसहरुको आउजाउ फेरि सुरु भइसकेका विवरणहरु बाहिर आइरहेका छन्।

तेस्रो लहरप्रति चिन्ताहरु व्यक्त भइरहेको बेला हालै नेपालको एक प्रमुख राष्ट्रिय दैनिक कान्तिपुरले तेस्रो लहर सुरु भएमा त्यसले बालबालिकालाई ‘बढी जोखिम’मा पार्न सक्ने भन्ने समाचार प्रकाशित गर्‍यो। २०७७ साल जेठ ४ गतेको त्यो समाचारमा बच्चाहरुलाई कोभिडबाट बचाउन तत्कालै तयारी सुरु गर्नु पर्नेमा विज्ञहरुले जोड दिएको उल्लेख गरिएको छ।

२०७८ साल जेठ ४ गते कान्तिपुरमा प्रकाशित समाचारको स्क्रिनशट।

तेस्रो लहरमा बालबालिकालाई थप जोखिम हुन सक्ने भन्दै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई सचेत गराउँदै २० प्रतिशत शैय्याहरु बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको स्वास्थ्यखबरले जेठ २९ गते प्रकाशित समाचारमा उल्लेख गरेको छ।

तथ्य जाँच / प्रमाणीकरण

असारयता भारतसँगै नेपालमा पनि संक्रमणको दर ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक संक्रमण दर मध्य-असारमा झन्डै (११,००० को परीक्षण गर्दा) ३,००० भन्दा कममा झरेको छ। मृत्यु हुनेको संख्या पनि मध्य-असारमा ३३* मा झरेको उल्लेख छ। जेठको सुरुमा कोभिडको दोस्रो लहर उकालो लागेको बेला दैनिक ९,००० को हाराहारीमा संक्रमित पाइएका थिए।

साउनको दोस्रो सातामा पनि दैनिक संक्रमण दर धेरै घटिसकेको छैन। तेस्रो साता त्यो अझै बढ्ने क्रममा रहेको देखियो।

साउन १४ गतेको कोरोनाभाइरस संक्रमणको अवस्था। स्वास्थ्य मन्त्रालयको अपडेटको स्क्रिनशट।

तेस्रो लहरको खतरा

भारतीय विज्ञले यस भेगमा पनि छिट्टै तेस्रो लहर आउन सक्ने चेतावनी दिएपनि त्यो ठ्याक्कै कहिले सुरु हुन्छ त्यो कसैले भन्न सक्ने अवस्था छैन।

काठमाडौँको शुक्रराज सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान प्रमुख डक्टर शेरबहादुर पुनले न्यूजचेकरसँग भने, “तेस्रो लहर भन्ने विषय आउने दिनमा भाइरस कुन रूपमा उत्परिवर्तन हुन्छ त्यसमा निर्भर हुने कुरा हो। त्यो कमजोर भएर जान्छ वा झनै संक्रामक भएर जान्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन। साथै मानिस तथा समुदायले सावधानीका के-कस्ता उपाय अपनाउँछन् त्यो अर्को महत्त्वपूर्ण पक्ष हो।”

नेपालमा पहिलो लहरमा कोरोनाभाइरसको अल्फा प्रकार फैलिएको थियो भने दोस्रो लहरमा डेल्टा प्रकार देखिएको छ। त्यसको अझै उत्परिवर्तित रुप डेल्टा प्लस समेत नेपालमा भेटिइसकेको छ।

बालबालिका ‘बढी जोखिममा’?

नेपालमा गत वर्षको पहिलो लहरदेखि नै १८ वर्षभन्दा कम उमेरका मानिसलाई पनि कोरोनाभाइरस संक्रमण भएको पाइएको छ।  त्यतिबेला पनि १८ वर्षभन्दा कम उमेरका २१ हजार ५२३ जना संक्रमित भएका र ३८ जनाको कोभिडको कारण मृत्यु भएको सरकारी तथ्याङ्क छ।

अब भविष्यमा कोभिडको महामारीको तेस्रो लहर फैलियो भने अज्ञात प्रकारको भाइरसले बालबालिकालाई जोखिममा पार्न सक्ने भनी चिन्ताहरु व्यक्त भइरहेका छन्। ती चिन्ता विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्। तर कोभिडको तेस्रो लहरले बालबालिकालाई बढी जोखिममा पार्न सक्ने भन्ने तर्क वैज्ञानिक रुपमा प्रमाणित भइसकेको छैन।

कोभिडको जोखिमबारे डब्लूएचओको भनाइ।

भविष्यमा आउन सक्न् तेस्रो लहरबाट बच्न सबै उमेर समूहका मानिसले भौतिक दूरी, मास्क र स्यानिटाइजर जस्ता जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्नेमा विश्वका चिकित्सक तथा स्वास्थ्यविद्हरु एक मत छन्। 

शुक्रराज सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान प्रमुख डक्टर शेरबहादुर पुनको बुझाइमा भाइरसले कुनै निश्चित उमेर समूहलाई मात्र संक्रमण गर्दैन। उनले न्यूजचेकरसँग भने, “के कोरोनाभाइरसले को चाहिँ बच्चा हो भनेर छानीछानी संक्रमण गर्छ र? यो त सबै उमेर समूहमा फैलिन सक्छ। ”

गत जेठ ४ गते कान्तिपुरमा प्रकाशित समाचारमा बालरोग विशेषज्ञहरुले बालबालिकालाई बढी जोखिम हुन सक्ने भनी चिन्ता व्यक्त गरेका छन्।

तर सेतोपाटी डिजिटल पत्रिकाका लेख्दै बालबालिकाको रोग प्रतिरोध प्रणालीबारेका विशेषज्ञ (पेडियाट्रिक इम्युनोलोजिस्ट) डक्टर धर्मागत भट्टराईले बालबालिकालाई कोभिडले अरुलाईभन्दा गम्भीर असर पार्ने कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन्।

सेतोपाटी डिजिटल पत्रिकाका लेख्दै बालबालिकाको रोग प्रतिरोध प्रणालीबारेका विशेषज्ञ डक्टर धर्मागत भट्टराई ।

उनी लेख्छन्, “कोभिड गम्भीरताको हकमा महामारी सुरु भएदेखिको तथ्यांक र प्रमाणले त बच्चामा अधिकांशत: लक्षणविहीन (करिब ६०-७०%), या सामान्य लक्षण (करिब २०%) हुने देखाउँछ। सघन उपचार चाहिने त १ देखि २% मात्रै थिए। तसर्थ अब आउने लहरले बच्चालाई अचानक गम्भीर या सिकिस्त  बनाउँछ भन्ने वैज्ञानिक प्रमाण छैन।”

निष्कर्ष:

अहिलेसम्म उपलब्ध वैज्ञानिक तथा चिकित्सकीय जानकारीका आधारमा भविष्यमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर आएमा त्यसले बालबालिकालाई ‘बढी जोखिम’ हुने भन्ने दाबी हाम्रो अप्रमाणित तथा भ्रामक पाइएको छ।

नतिजा: भ्रामक।

यो पनि पढ्नुहोस्: के जोन्सन एन्ड जोन्सनको कोभिड खोप असुरक्षित छ?

हाम्रा स्रोतहरु:


डब्लूएचओ: https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/advice-for-public/myth-busters#older-people

वेबएमडी: https://www.webmd.com/lung/covid-19-delta-variant-what-to-know


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

913

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage