Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा सन्दीप लामिछानेका बारेमा अर्को दाबीसहितको सामग्री फैलिएको छ । अडियोसहितको उक्त सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछाने निर्दोश सावित भएको दाबी गरिएको छ ।
Manish kumar bhurer नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा आरोपी सन्दीप लामिछानेका विभिन्न तस्बिरहरू देखाइएको छ । उक्त सामग्रीमा जोडिएको अडियोको सुरुमै सन्दीप लामिछाने निर्दोश सावित भएको दाबी गरिएको छ ।
‘सन्दीप लामिछाने निर्दोश सावित भए, युवतीले दिइन् यस्तो बयान, चर्चित क्रिकेटर क्रिकेटबाट नै तीन करोड नेपालीको गौरव बढाउन सफल सन्दीप लामिछाने दसैँको दिनमा नै थुनामा परेका थिए, आज भने सन्दीपलाई अनुसन्धान गर्न अदालत लगिएको थियो, यसैबीच युवतीले पनि आफू १९ वर्ष पुगेको कुरा खुलाएकी छिन भन्दै सन्दीपले बताएका छिन्।’
सोमबार पोस्ट गरिएको दाबीसहितको सामग्री दुई दिनमै सामाजिक संजालमा फैलिएको छ । दाबीसहितको सामग्रीमा ३ हजार ७ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सयभन्दा बढीले सामग्रीमा प्रतिक्रिया जनाइसकेका छन् । प्रतिक्रिया जनाउने अधिकांश टिकटक प्रयोगकर्ताले खुसीसमेत व्यक्त गरेको देखिन्छ । यसले के देखिन्छ भने टिकटक सामग्रीमा गरिएको दाबीलाई आम प्रयोगकर्ताले वास्तविकता नै बुझेर प्रतिक्रिया दिइरहेका छन् ।
दाबीसहितको प्रस्तुत सामग्रीमा जोडिएको अडियोबाट अन्य थप सामग्रीसमेत पुनर्उत्पादन गरिएको पाइयो । सन्दीप निर्दोश सावित भएको दाबी गर्ने अडियोबाट थप १२ वटा टिकटक भिडियो पुनर्उत्पादन गरिएको छ । ती पुनर्उत्पादीत भिडियोहरुमा ‘सन्दीप लामिछाने निर्दोश भएको सावित’, ‘सन्दीप निर्दोश भएको खबर साँचो होस्’, ‘के यो न्युज साँचो हो’ लगायतका थमनेल राखिएको छ ।
सन्दीप लामिछानेलाई मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । सन्दीपलाई नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरेको हो ।
पीडित भनिएकी किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो । बलात्कारको घटना भने भदौ ५ भएकाे बनान पीडितले प्रहरी समक्ष दिएको जानकारी दिइएको छ । पक्राउपछि सन्दीपलाई सोमबार (असोज २४) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । न्यायाधीश दयाराम ढकालसमक्ष सन्दीपले बयान पनि दिएका थिए । बयानपछि अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिँदै संचारमाध्यमले त्यस दिनको अदालती रिपोर्ट तयार पारेको भेटिन्छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सन्दीप लामिछानेमाथि लागेको आरोपको अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहुन्जेलका लागि काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा पठाएको छ ।
सन्दीप लामिछाने निर्दोश सावित भएका छैनन् । भ्रामक तरिकाले सन्दीपका तस्बिर, अडियो र थमनेलहरु प्रयोग गरिएको छ । सन्दीप लामिछानेमाथि लागेको आरोप छानविन प्रक्रियामै छ र उनी प्रहरीको थुनामा छन् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 3, 2024
Aakash Chhetri
May 3, 2024
Aakash Chhetri
March 7, 2024